Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
निर्देशक मिलन चाम्सको मेहनेत (भूमिराज राइ) - [2008-09-06]

फरक धार,गाह्रो बिधा अनी चुनौती पूर्ण बिषय अंगालेर चर्चा लोकप्रियता र सफलता हांसिल गर्दै अघी बढीरहेका परीश्रमि युबा निर्देशक मिलन चाम्सको सन्दर्भ थोरै कोट्याउने प्रयास गरिरहेको छु ।

ब्रिटिश सेनाका जागिरे उनी आफ्नो जागीरबाट उब्रिएको थोरै समयलाई सदुपयोग गर्दै सिर्जना गर्छन् ,कथा लेख्छन,कन्सेप्ट तयार बनाउछन अनी सुटिङ्को निम्ती लोकेसन र कलाकारको खोजी गर्छन् ,अरु लाहुरे साथीहरु भन्दा बिल्कुल फरक जिबन बाचिरहेका थोरै लाहुरेहरु बिचका सफल युबा सर्जक हुन उनी ।



सानै देखिको कला प्रतिको लगाब र रुचिलाई निरन्तरता दिन थालेको पनि छ सात बर्ष बितिसकेको छ ,यस बिचमा नेपाली सिने क्षेत्रका चर्चित नायक धिरेन शाक्य , सुरबीर पन्डित , गोपाल भुटानि,बिबेक जङ बस्नेत , नायिका मेलिना मानन्धर , भिन्तुना जोशी ,नम्रता श्रेष्ठ ,मुना कार्की जस्ता कलाकारहरु लाई अभिनय गराइ सकेका छन । राजेश पायल राई, मौसमी गुरुङ , उदय,मनिला सोताङ देखी उदित नारायण र साधना सरगम जस्ता सांगितिक हस्तीहरुका गीतहरुको म्युजिक भिडियो निर्देशन गर्न भ्याइ सकेका चाम्सले फिल्म सम्बन्धी प्राबिधिक ज्ञान हासिल गर्नको निम्ती पनि समय र आर्थिक लगानी गरिरहेका छन । लन्डनको फिल्म एकेडेमी बाट उच्च शिक्षाको अध्ययन पनि अघी बढाई रहेकाछन उनले । सम्भवत युके का ब्याबस्थित र ब्याबसायिक निर्देशक मध्यका अगुवा भन्दा फरक पर्दैन , हुनत यो क्षेत्रमा अन्य ब्यक्तिहरु नभएका होइनन तर सम्पूर्ण सामाग्री र आवश्यकिय उपकरण सहीत् "चाम्स फिल्म्स प्रोडक्सन"कम्पनी दर्ता गरी सकेकाले कानुनी रुपमा फिल्म बनाउने सम्बन्धि बैधानिक ब्यवसायको प्रमाण पत्र प्राप्त उनलाई निर्धक्क रुपमा ब्यवसाय अघी बढाउने बाटो खुल्ला छ ।

चाम्स फिल्म्सको पहिलो प्रस्तुती मा भर्खरै मात्र नेपाली कथानक चलचित्र "पश्चाताप" को निर्देशन गरिसकेका मिलन चाम्सले केही समय अघी मात्रै पहिलो पल्ट युके बाट आफ्नो पहिलो फिल्मको प्रिमियर गरेका छन ।



महँगो क्यामेरा लगायत लाखौं रुपैया खर्च गरेर उपकरण लगायत अन्य आवस्यकिय सामाग्री जोडीसकेका छन । नेपाली चलचित्रको बिकासको निम्ती नयाँ सोंच, नयाँ प्रबिधी र अर्काको नक्कल नगरि मौलिकतालाई प्राथमिकता दिनु पर्नेमा जोड दिदै नेपालको मनोरम सुन्दरता र बिबिध सास्कृतिक बिषय बस्तुहरु समेट्न सके विश्वलाई नै नेपाली सिनेमाको बजार बनाउन सकिने तर्क अघी सार्छन । युकेमा दक्ष कलाकार,प्राबिधिक र जनशक्तिको अभाबका कारण सोचे जस्तो परीणाम हासिल गर्न धेरै गाह्रो हुने दुखेसो छ उनको । "अवस्य एकदिन यहाँ पनि नेपाली कलाकारहरु ब्याबसायिक रुपमै कलालाई ब्यवसाय बनाएर ढुक्क संग बाँच्न सक्ने दिन आउने छ" उनी आशाबदी छन ।



फुर्सद भन्ने एक छिन हुँदैन,समय अभाबका कारण खाना बेलामा खान नभियाएका कारण केही बर्ष अघी एपेन्डिक्स को अपरेसन गर्नु परेको घट्ना ताजै रहेको भुल्दैनन र पनि समय नमिलेर काम कै कारण धेरै जसो समय भोकै काम गर्नु पर्ने धेरै अनुभब भएकाले भोकलाई प्राथमिकता नदिने ठट्टा गर्छन् । "आफ्नो भाषा , कला , संगीत र समग्र देशको निम्ती म आफ्नो बिबेक र शक्तिले भ्याए सम्म सदा मेहेनतका साथ डटेर काम गरिरहनेछु", उनी अठोटका साथ बाचा गर्छन्, उनको लगाब र मिहिनेतलाई हेर्दा उनले गरेको बाचा पुरा गर्ने कुरामा संका छैन; अहिलेको परीप्रेक्षमा नयाँ उमँग, शिप र जांगरका साथ अघी बढीरहेका चर्चित सफल युबा निर्देशक मिलन चाम्सलाई अझ सफलता र प्रगतिको कामना सहीत् सलाम !!!






तपाईंको प्रतिकृया

kunai naulo kuro hoina yoo 21 centuary Bhumi bhai. paisa ko kuro ta chha yoo bitrsnna sansarma.

ram karkaihal aghgan

सही ब्याक्तित्वको उपयुक्त र सटिक टिप्पनि ।



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम