Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
इराकका रातहरु (केदार सड्केत) - [2008-09-07]

रातको ड्युटीले गर्दा दिनमा सुत्नु स्वाभाविकै ठान्छु म । तापनि रातमा सुत्नुको मज्जा जस्तो दिनमा के खाएर होस् ? टेक्स म्यासेज हो या भ्वाइस मेसेजको हो, मोबाइलले सङ्केत दिन्छ । म अल्छे पाराले आखाको ढकनी उर्घार्छु । मोबाइलको भ्वाइस म्यासेज रहेछ । म्यासेज सुनेर एकछिन किकर्तब्यबिमूढ हुन्छु म दिनरात गृहयुद्धले विक्षत भएको शहर इराकमा जानु पर्दा । त्यसो त मेरो यो बाध्यता थियो अनि एउटा नया यात्राको अर्को पाटो पनि । मनमनै साधुबाद दिंए मित्रलाई । जसले मप्रति बिश्वास गरेर सबै डकुमेन्टहरू तम्तयार पारिदनुभएको थियो । रेलमा यात्रा गर्नुभन्दा भन्दा टयाक्सीबाट नै ब्राइज नर्टन आर्मी एयरपोर्टसम्म जाने निधो गरे । घरबाट विदाई हुदा एक्कासि मन भक्कानिएर आयो । छोरी दुवैलाई अंगालोमा बाधे । सम्भब थियो त त्यो चाहन्थे म सधै यसरी नै अंगालोमा बाँधिरहू, बसिरहूं । तर, त्यो खालको समयले कहिल्यै पनि साथ दिन भने सकेन । अन्ततोगत्वा, ब्ल्याक वाटर रििडङ हुदै टयाक्सी चालक लोकदाइ र म बत्तिन थाल्यौं अक्सफोर्डसाइरतिर पानीको दर्काइसङ्गै ।



बाटोमा देखिने प्राकृतिक दृष्यहरूले वसन्त निम्त्याउदै थिए । पालुवाका मुजुराहरू उकुसमुकुसिंदै हरयिIलीमा परिणत हुने तरखरमा थिए । सडकबाटोको छेउबाट देखिने नजिकको घरहरूका बगैचाहरूमा ड्याफोडिल र आरुबखडाका फूलहरूले मेरै यात्राको स्वागत गरेजस्तै लाग्थ्यो मलाई ।



एक घण्टापश्चात हामी ब्राइजनर्टन एयरपोर्ट पुग्छौ, एयरपोर्ट पुग्दा अरु साथीहरू नन्द, जीत, खड्क र देवेन्द्रजीहरू पनि पुगिसकेका थिए ।



पासपोर्ट र कम्पनी कार्ड देखाएपछि चेकिङ कक्षसम्म त्यहीको क्याम्पको बसले पुर्‍यायो । भोलि बिहानैको उडान भएकाले आजै चेकिङ गर्ने खबर पाइयो । चेकिङ गरे पश्चात बोर्डिङ पास र कोठाको चाबी पाएपछि बेलुकीको आठ बजे ट्रान्जिट भान्साघरतिर लाग्यौ । खाना खाने ठाउमा ब्रिटिस आर्मीमा कार्यरत केही नेपाली साथीहरूसग पनि भेट्ने अवसर पाइयो । उंहाहरू कुबेतमा छ महिनाको लागि आफ्नो ड्युटी पूरा गर्न जादै गरेका रहेछन् । सबैले मरुभूमिमा लगाउने फुस्रा खालका कम्ब्याट लुगा लगाएका थिए । गोर्खाली निकै चड्के देखिन्थे ।



धेरै दिनपश्चात; घरदेश छाडेर परदेश, परदेश पनि छाडेर विदेश लाग्नुको पीडालाई केही हदसम्म क्याम्पकै पबमा गएर एक दुइ क्यान गंहूको रस तानेर बिर्सने झिनो निर्णय गर्‍यौ । रात पनि छिप्पिदै गयो अनि जिब्रो पनि लटपटिंदै गएपछि हामी रातको न्रि्रा फकाउन कोठातर्फलाग्यौ ।



बिहान हामी सबै करबि ७ बजेतिर बस चढेर विमानस्थलतिर लाग्यौ । हामी जम्मा ५ जनाको ग्रुप थियौ । बडिआर्मोर (आधुनिक ढाल) र हेलमेट (फौजीले लगाउने नीलो हेलमेट) को झोला हातमा झुण्डाउदै ओमानी एयर इन्टरनेसनल नामक जहाजतर्फलाग्यौ । ब्राइज नर्टंन आर्मी एयरपोर्टबाट करबि ९ बजेतिर कुबेततर्फउड्यौ । जहाजमा प्रायः आर्मीका जवानहरू थिए । घर छाडेर जानुपरेकाले होला, सबैको अनुह।रमा फिकापन छाएको देखिन्थ्यो । करबि ६ घन्टा १५ मिनेटपश्चात कुबेतको अन्तर्राष्टिय विमानस्थलमा अवतरण हुने खबर पाउछौ । किन हो कुन्नि तीन चारपटक आकाशमा नै फन्को मार्र्छौ । जमिन आकाशबाट एकदमै नजिक भएको कारण गर्दा कुवेतको धरातल र शहरहरू प्रत्यक्ष रुपमा घुम्न नपाए पनि आकाशबाटै केही हदसम्म अवलोकन गरयिो । चट्ट-चट्ट मिलेका समुद्रनजिकका ठूला-ठूला महलहरू, चौडा सडकहरू र सडकका दायांबांया रोपिएका हरयिा रुखहरूले सजिसजाउ थियो कुवेत ।



एक घन्टासम्म हामी कुबेतको विमानस्थलमा नै बस्नु पर्‍यो किनकि हाम्रो सामानहरू अर्को हवाइजहाज सी वन थर्टर्ीीसैनिक तथा माल सामान ओर्सार्ने बेलायतको फौजी जहाज) मा सारयिो । रात परसिकेको थियो । मधुरा बत्तीहरूले कुबेत शहर झिलिमिलिन लागेको थियो । केही यात्रुहरू कुबेतमा नै उत्रिए । हामी भने फेरी सि वान थर्टि चढेर इराकको यात्रा छोट्याउन लाग्यौ ।



बडिआर्मार र हेलमेट अवतरण हुनुभन्दा १५ मिनेटअगाडि नै लगायौ । जहाजका सबै बत्तीहरू झयाप्प निभाइयो अनि उडेको उचाइ बाट एक्कासि जमिनको सतहतिर ह्वात्तै खसालियो । आङ् नै सिरङि्ग भयो ।



बत्ती निभाउनको कारण रहेछ । इराकी आतंववादीले जमिनबाट नदेखोस् र जमिनबाट प्रक्षेपण गरनि आरपीजी (रकेट प्रिपल ग्रिनेड) रकेट प्रहारबाट बच्नुको खा"तिर । इराकको बाज्रा अन्तर्रर्ााट्रय विमानस्थलमा १ घन्टा २५ मिनेटमा उत्रियौ । एउटा सेतो र्फममा आपmनो डिटेल्स भरेर हामी एउटा सेतो बसमा चढ्छौ । बसमा नीलो पर्दा लगाइएको थियो । अन्धकार थियो बसभित्र । एकजना ब्रिटेनका नायकबाट छोटो ब्रिफिङ पाउछौ । बसमा जांदा कथड्काल बम अथार्त् कतैबाट हमला आएमा त्यही नै निहुरेर उसको अर्डर पर्खिएर बस्नु रे । निक्कै टाढा रहेछ अब हाम्रो जाने ठाउ भनेको त पा"च मिनेटपछि हामी हाम्रो गन्तब्य स्थानमा पुग्यौ ।

हामीलाई लिन शाही दाइ र उहांका टिम युवराज र याम भाइहरू आएका थिए बाज्रा विमानस्थलमा । बाटोमा जादाजादै यहाको बिभिन्न वातावरणको बारेमा जानकारी पाउछौ शाही दाइबाट ।



भोलिपल्ट बाज्रा क्याम्पको हाताभित्र रहेका आर्मी क्याम्पदेखि लिएर हाम्रा काम र कर्तब्यहरूका बारेमा जानकारी गराइयो । क्याम्प घुम्न मिनी बसमा एक घन्टाभन्दा बढी लाग्यो । क्याम्प घुम्दै जांदा सद्दामको भत्किएको सालिकनेर पुग्ने मौका पनि पाइयो । मात्र टेलिभिजनमा भत्काइएको देखिएको थियो । आज प्रत्यक्ष रुपमा आफ्नै आंखाले देख्न पाउंदा सपना जस्तो लाग्यो मलाई । जिन्दगीमा यसरी यो ठाउ" मा आइन्छ भन्ने सोचेको पनि थिइन मैले । यात्रा न हो जीवन । कहां पुगिंदो रहेछ, रहेछ ।यहा काम गर्दा इराकी इन्जिनियरदेखि कुल्ली कामदारहरूस"ग घुलमिलिने मौका पाइयो । मैले उनीहरूलाई गफैगफमा सद्दाम हुसेनको कार्यनीतिदेखि लिएर जनताप्रतिको उदारताको बारेमा सोधे र ८० प्रतिशतभन्दा बढीले सद्दाम इराकी जनताका लागि उदार नीति लिएर हिड्ने व्यक्ति भनेर बोले । उनी राष्ट्रपति हुदा इराकी जनताका लागी सहुलियतस्वरुप प्रत्येक महिना जियाको दुइ लिटर खानेतेल, एक किलो चिनी, एक बोरा चामल, टेलिफोन सेवा, बिजुली बत्ती र खानेपानी जस्ता जनतालाई सित्तैमा उपलब्ध गराएका थिए रे । तर, आज इराकी जनताले न सित्तैमा चामल पाएका छन्, न एक थोपा तेल नै ।

इन्जिनियर इसाम थप्तै थिए- हो, उनीले कुर्दिसहरूलाई दुःख दिए र बिषाक्त केमिकल छरेर निर्दाेष जनतालाई मारे, त्यो नै सबैभन्दा सद्दामको गल्ती थियो र पतनको बाटो पनि ।



धेरै दिन भएको थियो रकेट नआएको । आज एक्कासी इनडाइरेक्ट फायर मिसाइल आएको साइरन बज्यो । एकदम अत्यासलाग्दो ध्वनि । म चिप्लेकिरा जसरी भुइमा टा"सिन्छु । तीन मीनेटसम्म यसरी बस्नुपर्छ यहाको नियममा त्यसपछि मात्र टे्रन्चमा गएर माइकमा अल क्लिएर नभनेसम्म पर्खिनु पर्छ । त्यतिखेर अरु राष्ट्रहरूका भारत, बङ्गला देश, श्रीलङ्का र पाकिस्तानका साथीहरू पनि तछाडमछाड गर्दै आएका थिए ट्रेन्चमा आफ्नो ज्यान जोगाउन । साइरन झण्डै तीन मिनेटसम्म बज्छ । पांच मिनेटपछि साइरनबाट नै अल क्लिएर भन्ने सुन्छौ ।



हामी त्यसपछि आआफ्नो कोठातर्फलाग्यौ । त्यो नै हामी गएपछिको पहिलो रकेट प्रहार थियो । पूनः भोलिपल्ट दुइचोटी हाम्रैै हाताभित्र बम खस्यो । तर, कसैलाई पनि चोटपटक भने लागेन । यी बम खसाउनेहरूमा यहांका सीया उग्रवादीहरूको ठूलो हात भएको रहेछ भने बम पैठारी गर्ने गराउनेमा छिमेकी राष्ट्र इरानको दर्‍हो हात भएको स्थानीय बासिन्दालगायत बेलायतका गुप्तचर विभागबाट सुन्न पाइयो ।



आज तीन दिन भयो साइरनको कर्णप्रिय धुन सुन्न नपाएको । खैः कति दिनसम्म हो चिप्लेकिरा बन्नपर्ने हेन बाकी नै छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम