Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
मोती र बागमती (नदीश) - [2008-09-08]

काकाकुलहरु छट्पटाउँदा

बागमतीको ढल पनि सफा हुँदोरैछ

इतिहासहरु खोज्दै-खोज्दै

वर्तमानका स्वप्नहरु

विगतको वास्तविकता बन्दोरैछ



जड पानीमा डुबुल्की मारेर

मोती निकाल्नेहरु

ढाडमै ढल बगाउँदा रैछन्

र,

सबैलाई विश्वास छ

बग्ने पानी कहिल्यै फोहोर हुँदैन

त्यसैले,

उनीहरुलाई लुतो चिलाउँदैन



अर्काको बागमती बगाउनेहरु

स्वार्थी हुँदारैछन्

कहीँ यो उल्टो नबगोस्

मुहानमै ढल जम्ने गरेर

बागमती जसको हो

उसैले बगाउनुपर्छ

मोती जसको हो

उसैले टिप्नुपर्छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम