Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
तन्देरी युग (मुना निश्चल) - [2008-09-08]

कैयौं परीहरुले

त्यो निरंकुश अदीप्त हिरासतभित्र

त्रासमग्न दीप बाल्दै

लुकीछिपी गाँसेका बरमाला

मौसमानुकुल पुष्पहरुको

केवल तिम्रो बग्दो उमेरको

उदाउँदो यौवन देखेर

तर बिडम्बना

परिवर्तित युग सेपीहरु

दबाइरहे नयाँ रुप

आदिम युगको घुम्टो ओर्ढाई

ढुङ्गे युगका परीहरु

जलाइरहे खोजी-खोजी

समयशील बरमालाहरु

तीनै कुसंस्कार र कुरीतिको

जन्जिरभित्र

खुन र पसिनाको पुष्पगुच्छा

बिना स्वयम्बर सेलिरहे

प्रतिगामी षड्यन्त्री पन्जामा

ज्यूँदै मरिरहे

अग्रगामी ठेलागाडाहरु

योग्य प्रमाणपत्रको

अयोग्य प्रतिलिपिसँगै दुःखेर

तर युग तिमी त ज्यूँदै रै'छौ नि हैन ?

बग्दो गतिको तन्देरी

अब म विश्वास्त.............निश्चय नै

नव युग

दमनकारी वक्ष

विच्छेदक एटम

नयाँ प्रजातीय अंकुरण

हिमपातीय क्रुर ज्यादतीहरु छिचोल्दै

धमाधम टुसाउँदैछन्

गल्ली-गल्ली

नयाँ-नयाँ संरचना सूचक

बरमाला लिई

तिम्रो स्फटिक तुल्य यौवन चुम्न

तछाडमछाड यज्ञ घरमा परीहरु

ए तन्देरी युग !

यो पल तिम्रो स्वयम्बर निश्चित................

अनि तिमी वैज्ञानिक विधिको बेहुलो

तन्देरी युग ।





तपाईंको प्रतिकृया

muna g
your creation is very nice keep in touch.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम