Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
एकान्त रातमा (बिकल्प अनुराग) - [2008-09-10]

तिमी थियौ,म थिए,अनी सुनसान रात थियो,

जवानीको जोशसगै यौबनको मात थियो।



सुस्त-सुस्त छोयौ शरीर वासनाको ज्वार उठाइ,

बन्द आँखा खोली हेर्दा छातीमा त्यो हात थियो।



करेन्ट ले छोएजस्तो सारा शरीर काप्दै गर्दा,

मनलाई मेरो बहलाउने तिम्रो मिठो बा त थियो।



पसिनाको भेलमा थिए,धड्कन मेरो बढ्दै जाँदा,

रमाइलो नै माने मैले त्यहा तिम्रो साथ थियो।



दुई ज्यान,एक प्राण्,वाचा-कसम सबै थिए,

तन मिल्यो,मन मिल्यो,नमिल्ने त्यहा जात थियो।



मायाको त्यो नाटक गरी लुट्यौ सारा शरीर मेरो,

विश्वाश गर्नु दोश मेरो तिम्रो ठुलो घा त थियो।



बादल सारी उड्यौ तिमी,आशुमा नै डुबे म त,

यो भाव मैले कोर्दा साक्षी पत्रको त्यो खात थियो।



--------------------------------------





कलेजिमा बास दिए आफ्नो कहिले भैनौ तिमि,

स्म्रितिको पनाबाट मेटिएर गैनौ तिमि,



खुशि थिए तिमिबाट पएको त्यो मायाले म,

ह्रिदयमा पस्यौ तर अङगालोमा रहिनौ तिमि,।



हासो छर्दै,खुशि बाड्दै जीबनसङ्गी रोज्नु तिमि,

दिवस्वोप्न थियो मेरो धोकेबाज हैनौ तिमि



रुनु कहिले हुन्न भनि सन्त्वोनाको भाव दिन्थ्यौ,

नदिसरि आशु झर्दा पुछिदिने छैनौ तिमि,



कलेजिमा बास दिए आफ्नो कहिले भैनौ तिमि

स्म्रितिको पानाबाट मेटिएर गैनौ तिमि







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम