Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
घरमा स्वास्नी सुत्केरी छ (इखालु रमेश गेलाल+ सि. एम. शर्मा नविन) - [2008-09-11]

सवाल



घरमा स्वास्नी सुत्केरी छ साली पाए हुन्थ्यो

खानलाई हर्जा भाछ थाली पाए हुन्थ्यो



ओ हो !! कस्तो लत बस्यो जाँड रक्सी भन्दा ठुलो

केहि दिन हो गोरी नभए काली पाए हुन्थ्यो



मतलव छैन अरुबेला दर्जन हुन उसको पछी

हालचाललाई पोइ नभाको खाली पाए हुन्थ्यो



साली पाए सजिलो थ्यो काली आए अप्ठ्यारो छ

घर जाँदा स्वास्नी रुन्छे पाली पाए हुन्थ्यो



खडेरीमा जीउनु पर्दा उकुस मुकुस भाको बेला

शित्तल हावा वहने त्यो हरियाली पाए हुन्थ्यो



एक हातले ताली बज्दैन कथन साँच्चै सत्य नै हो

यो हात सँगै बजी दिने ताली पाए हुन्थ्यो



घरमा स्वास्नी सुत्केरी छ साली पाए हुन्थ्यो ।

खानलाई हर्जा भाछ थाली पाए हुन्थ्यो ॥



- सि. एम. शर्मा नविन

सुरुङ्गा, ४,झापा ।







जवाफ



सुत्केरी स्वास्नी घरमा छे त साली खोज्ने तिमी कस्तो ?

भोक भए पातमा खाइन्छ थाली खोज्ने तिमी कस्तो ?



जाँड रक्सी भन्दा ठुलो अर्को कुलत समाएर

पशु मति देखाउँदै काली खोज्ने तिमी कस्तो ?



पशु भन्दा निच हौ की बथान बथान गन्दै हिड्ने

हाक्का हाक्की जार बन्दै खाली खोज्ने तिमी कस्तो ?



साली काली होइनन् नविन गुडीया जस्तो किन्न पाइने

घरकी स्वास्नी रुवाएर पाली खोज्ने तिमी कस्तो ?



मती बिग्रीए खडेरीमा निस्सासीएर जीउनु पर्छ

घरको बाग बिर्सीएर हरियाली खोज्ने तिमी कस्तो ?



ताली बज्न दुइ हात चाहिन्छ तिन भए लात खाउला

घरमै स्वास्नी दुइ हात हुँदा ताली खोज्ने तिमी कस्तो ?



सुत्केरी स्वास्नी घरमा छे त साली खोज्ने तिमी कस्तो ?

भोक भए पातमा खाइन्छ थाली खोज्ने तिमी कस्तो ?





- इखालु रमेश गेलाल

खोटाङ बजार-१ खोटाङ







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम