Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
नारीहरु पिल्सिरहेछन् (ममिता मर्मस्पर्शी) - [2008-09-12]

जाँतोको घुमाइसँगै

मन पनि उतै घुमिरहेछ

कतिबेला सकेर अर्को काम भेट्ने

अनि घर धान्ने भनेर

जाँतोबाट सामल हरहरी झरिरहेछ

झराइसँगै मन पनि झरिरहेको छ

पहिरोसरि

गहिरो-गहिरो हुँदै झरिरहेको छ

आमालाई आपत छ

बालबच्चा भुलाउने

यसरी नै आमाको

दिनचर्या चलिरहेको छ

शिक्षाको अभावले

आफैलाई झारिरहेको छ

डाक्टरको हैन यहाँ

धामीको विश्वास छ

छोरा निमोनिया भएर मर्न लाग्दा

धामीले बोक्सी लागेको देख्छ

झारफुक गर्दा गर्दै

छोरीले डाँडा काट्दा

बोक्सीले सलक निलेको रे

पुलिङ्गीय समाजबाट

यस्तै पाठहरु सिकेका छन्

यसरी नै नारीहरु पछि परेका छन्

अशिक्षाले आफैलाई

गिराइरहेका छन्

पुलिङ्गीय समाजमा

यसरी नै नारीहरु

पिल्सिरहेका छन्

जाँतोको समालसरी

पिसिएर झरिरहेका छन्

शिक्षाको अभावले यसरी नै

नारीहरु पिस्सिरहेका छन्





ममिता मर्मस्पर्शी

बुइपा-२, खोटाङ





तपाईंको प्रतिकृया

Mamita g,
Sachchai tapaiko yo kavita tapaiko naam jastai marmasparsi 6. Samaj ma mahila haru purusko tulanama pilsinai rahe 6an. Samaj samagra rupantaran ko baato pakhirahe ko 6. hami nai hau samajko kurup bichar ra chintan lai hataune, lagau aajai baata yo abhiyana ma....

धन्यवाद कबिता को लागि ममिता जि,

हजुरको कबिता राम्रो छ, खुशी लाग्यो, तर ममिता जि, साहित्य र समाज धेरै फरक छ, हजुरको यो शब्द लाई समाजमा पोख्यौनपाए शायद हाम्रो समाज सस्कार् को बिचार र चिन्तन को रुप बद्लिने थियो कि, " बादलनु छ संसार सुरु आँफैबाट,,,,,, मलाई लाग्छ हजुर कोशीश गर्नु हुने छ,
दुर्गा
हाल ईराक
sisir_saajh@hotmail.com



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम