Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
मधेश र स्वायत्तता (मिलन वगाले) - [2008-09-12]

सिङ्गो मधेश,

बाढीको लप्काले लपक्कै भिज्दा

बाकी नेपाली मन

नराम्ररी चिमोटियो

र त ,

तिमी देशै छुट्याउने

काला ढुंगा थुपार्दै गर्दा

हामी,

तिम्रो सारङ्गी पेटमा

संगीत भर्न

रातदिन सडक नापिरहेछौ ।



हे गोईत र ज्वाला सिहहरु,

नेपाली मन,

फक्लक्क फुट्ने

चरक्क चिरिने

चुनढुंगा होइन ।

देश फोरेर होइन,

तिमीलाई वर्षोनी सोत्तर पार्ने

ति काला बाधहरु फोर्दा

बल्ल तिमी स्वायत्त हुन्छौ ।







मिलन वगाले

तनहु





तपाईंको प्रतिकृया

Dherai ramro .



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम