Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गीत
देशकै छोरो भन्नलाई (नरेश माङपाङ राइ) - [2008-09-12]

देशकै छोरो भन्नलाई, शिरै बाजी राख्नु पर्‍यो

विरहमा परीन आमा, हजारौको आशु झर्‍यो



मिठामिठा सपनाहरु, मनभरी साच्दै गए

फर्की आउने वाचा छाडी, सधैभरी टाढाभए

कसको भरपर्ने होला, सबैवाट माया मर्‍यो

विरहमा परीन आमा, हजारौको आशु झर्‍यो



जीवन यहाँ हटियाको पशु भन्दा सस्तो भयो

मानवता र संवेदना, कता तिर हराइ गयो

मान्छे भित्र खै के पस्यो, हृदयमा ढुंगा पर्‍यो

विरहमा परीन आमा, हजारौको आशु झर्‍यो





नरेश माङपाङ राइ

पाचथर कन्यटार

हाल: यू.के.





तपाईंको प्रतिकृया

Naresh jee, nepali jana-jeewanko eutaa yathaartha chitra geetko maadhyam bata prastut garnu bhay. Thanks alots for it, plz keep it up.....



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम