Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
दुधको भारा तिर्ने बेला आयो (कपिल न्यौपाने) - [2008-09-12]

दश धारा दुधको भारा तिर्ने बेला आयो छोरा

दुश्मनको छाती तिम्ले चिर्ने बेला आयो छोरा ?



फेरि पनि सम्झौतामा कुठाराघात भएको छ

स्वाभिमान नै बचाउन भिर्ने बेला आयो छोरा र?



सधैभरि बाचुन्जेल कैले यस्तै होला र खै ?

नेपालीका दुःख अब फिर्ने बेला आयो छोरा



एक एक पहिचान राष्टिरुयता सब जोगाउन

शत्रु चिनि शत्रुलाई नै गिर्ने बेला आयो छोरा ?



दिन दुखी सबैलाई शान्तिको बिगुल फुक्दै

गाउँगाउँ बस्तीबस्ती छिर्ने बेला आयो छोरा ?

-----------------------------------------



लाख सलाम



लाख सलाम छ जय नेपाल

म हुनेछु मेरो भए नेपाल



त्यो सीमा कसैले मिच्दै छ रे

स्वयम् गरेर आउँछु तय नेपाल



ए नेपाली कसैको अघि नझुक्नू

बाँच्नुपर्छ हजारौं, सय नेपाल



सबै बिर्स जे-जे भयो विगतमा

अब त बन्नुपर्छ नय नेपाल



फेरि जन्मन पाउँ यही माटोमै

कामना छ मंगलमय नेपाल





कपिल न्यौपाने

कोहलपुरर २, विद्यानगर बाँके





तपाईंको प्रतिकृया

राष्ट्र भावनाले ओतप्रोत गजल पक्कै पनि राम्रो छ ।



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम