Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
धनकुटाको सेरोफेरो (डा. विश्वनाथ भण्डारी) - [2008-09-14]

धनकुटा, ओ मेरो धनकुटा । तिम्रो काखमा रहेर म दङग छु । फुरुङग छु । तिमीले पनि मलाई पाएर आनन्दको अनुभूत गरेका रहेछौ । तिम्रो व्यवहारले यसलाई पुष्टि गरेको छ । यो कुरा म आफैा पनि अनुभव गर्दैछु । आˆना अग्रज, अनुज र दौातरीसाग आˆना अनुभूति साटासाट गर्दैछौा । हामीले जुनसुकै र जतासुकैको कुरा गरे पनि हाम्रो कुराको चुरो भने संविधानसभाको चुनाव नै हुन्छ । हामी त्यसैलाई केन्द्रमा राखेर छलफल, संवाद र कुराकानी गर्ने गर्छौं ।



सल्लेरीको सुसाइसागै धनकुटा सुस्ताइरहेछ-विगतका क्रियाकलापले । पूर्वको गौाडा भनेर चिनिने धनकुटा तिमीले कति नाम कमायौा, कति बद्नाम कमायौा । छिन्ताङको घाउ आलै छ । जनमतको वेदना ताजै छ र नयाा नेपालमा नयाा धनकुटा बनाउने सोच कायमै छ । हाम्रो आगमन त्यसैका लागि भएको छ ।



पााच दशक भएछ म सिभुवा-धनकुटामा 'चिहााचिहाा' गरेको । दामोदर स्कूलमा पाइला टेकेको पनि ४६ वर्ष भइसकेछ । त्यो बेलाका मेरा साथी डा. गोविन्द सुब्बा, टंक लिम्बु र ईश्वरी अधिकारी शिक्षण पेशामा संलग्न छन् भने अरु कति थिए कता पुगे सम्झनाको तरेलीमा र आाखाको परेलीमा अड्न सकेनन् । 'बौद्धिक गुरु'का रूपमा ख्यातिप्राप्त भण्डारी परिवारको पुख्र्यौली सम्पति भनेको बुद्धि, विवेक र सद्व्यवहार नै थियो र धनी सामन्तहरू, पनि गुरुको भनाइलाई काट्न सक्तैनथे । तर्कको अगाडि नतमस्तक बन्थे । धार्मिक प्रवृतिको मेरो हजुरबाको प्रभाव पनि मनग्गे नै थियो- समाजमा भने बुवा दामोदर स्कूलको संस्थापक प्रधानाध्यापकको प्रभाव पनि सिभुवा धनकुटामा कम थिएन । कमरेड सुदर्शनले भूमिगत कालमा यी यावत कुराको राम्रै अनुभूत गर्नु भएको रहेछ- 'सेल्टर' लिने सन्दर्भमा ।



समय बित्दै गयो । त्यसताका सिभुवामा पिउने पानीको हाहाकार भयो २०४० तिरको कुरा थियो त्यो । म पनि नवौा वसन्त पार गर्दा नगर्दै धरानमा र्झन पुगेा । निमावि र माविको अध्ययन धरानमा नै गरी कलेजको नलेज लिन चाहिा पुगियो- बनारस । बनारसमा पढ्दा पढ्दै त्यो बेला सन् १९७६ ई.मा कमरेड पुष्पलालसाग बस उठ् हुनपुग्यो । निरन्तरको भेटघाट र बस उठ्ले नेकपाका महासचिव 'माल्दाइ' क.पुष्पलालबाटै पार्टी सदस्यता ग्रहण गर्दा आकासका तारा झारे झैा गौरवको अनुभूति भयो । अन्याय, अत्याचार विरुद्ध हुाकार गर्ने सपथ लिादा नै मेरा घैाटामा घाम लाग्यो र म दङ्गदास भएा । माल्दाइसागको सङ्गत र उहााको प्रवचनले बनारसबाटै मेरो मानसपटलमा नेपाली क्रान्तिको 'बिउ' रोपियो र समयानुसार फैलिदै गयो । त्रिविबाट स्नातकोत्तर गर्दा माले निकटको अनेरास्ववियुमा र २०३८-३९ सालमा धनकुटा-काठमाडौा हालका सम्पर्क मञ्चमा रही धनकुटाका क्याम्पस प्रमुख विष्णु मादेनसागै विद्यार्थी फााटमा समेत काम गरियो । विचार र व्यवहारमा तालमेल हुादासम्म त २०५७ सम्म सागै रहियो तर जब फरक फरक व्यवहार हुादै गयो र विचार एवं व्यवहारमा औासी र पुर्नेको फरकपन पाइादै गर्‍यो तब भने आफूले एमाले पार्टीबाट छुट्ट िलिई 'स्वतन्त्र वाम'का रूपमा मैले आफूलाई राख्नु नै उचित ठाने । अध्ययन अध्यापनका साथ यसरी तीन दशक बिताउादा बिताउादै क्रान्तिकारी धारमा आफूलाई रूपान्तरित गरियो र प्रचण्डपथमा समाहित गरियो ।



हो, दशवर्षे जनयुद्धको म प्रत्यक्ष योद्धा नभएपनि परोक्ष समर्थक र शुभचिन्तक रहेको पक्कै हो भने जनआन्दोलन एक र दुईमा मात्र होइन, त्यसपछिका हरेक सङ्घर्ष र मोर्चामा अग्रपङ्क्तिमा रहेको पनि सम्पूर्ण जनसमुदायले देखे बुझेकै हो । निश्चय नै हरेक गणतान्त्रिक क्रान्तिकारी योद्धाले एक आपसमा नजिकबाटै अनुभूत गर्नु पनि बेशै हो भने धनकुटा-काठमाडौा र सुनसरी काठमाडौा गणतान्त्रिक मञ्चको सल्लाहकारको जिम्मेवारीमा राख्नु पनि बेठीक होइन भन्ने नै मरो बुझाइ हो ।



बनासरसमा पढ्दादेखि सन् १९७७ई. देखि नै 'कोशीको लहर' पत्रिकाबाट प्रकाशित हुादै आएका मेरा रचना र सिर्जना 'कोशी' मासिकसम्म फैलिन पुगे । कोचिलाका क. प्रवीणसागको सहकार्यले मात्र होइन, किराात राज्यका इन्चार्ज क. साइलादाइ र 'कोशी'का सम्पादक इन्द्र राउतसागको भावनात्मक सान्निध्यताले पनि यी सब कार्य सहज बन्न पुगे । यसरी संवेदनाले मूर्तिने अवस्था आयो र सहकार्यको सास्कृतिले निकास पायो भने मरो अग्रगामी सोचले गति पायो । पतझड सकिइ वसन्त आयो । जीवन जीवन्त बन्ने अवस्था आयो । क्षितिजमा देखिएको बाक्लो बादल फााट्नै लाग्यो । प्रकाशपुञ्ज उद्भाषित हुादै आयो ।



संविधानसभाको निर्वाचनले सबैलाई छुनसम्म छोयो । सबैले आ-आˆनो बुद्धि लगाए । विवेक लगाए । अर्थ लगाए । जसले जे सक्थ्यो त्यही लगाए । मसाग कलम थियो । त्यसैलाई तिखारेा । मुख थियो- त्यसैलाई सकेसम्म गणतन्त्र र परिवर्तनको पक्षमा आवाज दिएा । बर्गत र बुताले, चेतना र दिमागले छोएसम्म ललितपुर र धनकुटामा प्रतिगामीको धज्जी नै उडाइयो भने सुनसरी र मोरङमा पनि प्रतिगमनलाई सिस्नोपानी लगाउन पछि परिएन । यसरी संविधानसभाको रणस ङ्ग्राममा मैले आफूलाई जीवन्त बनाएा । हो, मेरा क्रियाकलापले मेरा बैरी छट्पटाए भने विरोधीहरू लड्खडाए । कैयौा 'मै हुा' भन्ने हात्ती पाइलेहरू तिलमिलाए । सामन्त र महासामन्तहरूले मलाई धारेहात लगाए । फेरि पनि अग्रगामी र परिवर्तनको पक्षमा रूपान्तरित भए मेरा दौातरीहरू, अभिभावकहरू र पछिल्लो पुस्ताका सारा भाइबैनीहरू ।



एक जुगमा एकदिन एकचोटी आएको संविधानसभाको निर्वाचनको परिणाम आयो । परिणाम प्रतिगामी र प्रतिक्रियावादीको सोचको उल्टो आयो । परिणामले प्रतिक्रियावादी खेमामा ज्वरो आयो, ज्वरो नउत्रेसम्म जनताका बैरीहरू बर्बराए । धेरैदिन उनीहरूको होस हरायो । न्यायप्रेमी र जनतन्त्र-गणतन्त्रप्रेमी समुदायमा भने आशाको बत्ती झर्झरायो । माओवादी पार्टी नेपालको एक नम्बर ठूलो पार्टीका रूपमा २२० सिट ल्याएर महत्वपूर्ण राजनैतिक शक्तिको रुममा नेपाली धर्तिमा प्रस्तुत भयो र शोषित-उत्पीडित साराको ध्यान आफूमा केन्दि्रत गरायो । शोषणरहित समाजको आशा-पुञ्ज बनायो । काङ्ग्रेसलाई माओवादीको आधा ११० सिटमा झारेर रूपान्तरित हुने मौका नेपाली जनताले प्रदान गरे भने एमालेलाई अझ ७ सिट कम १०३ सिट दिएर 'वाम तालमेल' नगर्दाकोे स्वाद चखाए । नेपाली जनतालाई आˆना पिछलग्गु ठान्ने दलहरूलाई उनीहरूको हैसियत देखाए- सारा नेपाली जनताले । तराईमा काङ्ग्रेसको बर्चस्वलाई पनि फोरमले चकनाचुर बनायो र चौथो शक्तिको रूपमा ५२सिट लिएर संविधानसभामा उभ्यायो भने महन्थ ठाकुरको तमलोपा पनि २० सिटका साथ पााचौा राजनैतिक शक्तिका रूपमा नेपाली धर्तीमा उदायो । सिपी मैनालीको मालेले चाहिा प्रत्यक्षमा एक सिट पनि नजिती समानुपातिकको च्यााखे थाप्दा ८ सिटमा बाजी मार्‍यो । छैटौा नम्बरमा पुग्न सफल हुनु मालेको लागि गर्वकै विषय हो नेपाली जनताले सबैलाई यथायोग्य स्थान दिएकोमा सारा नेपालीलाई धन्यवाद नदिने त ? । ठीक न्यायकर्ता रहेछन् - नेपाली जनता ।



संविधानसभाको निर्वाचनको परिणाम काङ्ग्रेस र एमालेको सतही सोचको उल्टो आयो । उनीहरूको विश्लेषण क्षमतामा ह्रास आयो । धरातलीय यथार्थताबाट टाढा भई कल्पनाको संसारमा नरमेका भए न त संविधानसभाको निर्वाचन हुन्थ्यो न परिणामको कुरा नै हुन्थ्यो । अतः जे भयो ठीकै भयो । काङ्ग्रेस-एमाले निर्वाचनको परिणामले तिल्मिलाइ्ए । अनि त उनीहरू बाटाघाटामा, घरगोठ र चौतारीमा जहाा जोसाग भेट भयो, उसैतिर बम्कन्छन् । आˆनो हारलाई सहज ढङ्गले पचाउनु भन्दा कााचो वायु ˆयाक्तै वातावरण दूषित पार्छन् । सबै हारको दोष वाइसिएलको थाप्लोमा हाल्छन् । लाग्छ उनीहरू उहिले देखिनै दुधै दुधले नुहाएर यहाासम्म आइपुगेका हुन् । उनीहरूको कुनै दोष छैन । भोट नदिने जनसमुदाय नै दोषी हुन्- जसले उनीहरूका विगतलाई कोट्याएर सबक सिकाए । ती दोषी हुन् । काङ्ग्रेस एमाले त 'रामनामी' जप्दै संविधानसभाको निर्वाचनमा गएको हो । उनीहरूले त निर्वाचनको सेरोफेरोमा दाङ, अर्घाखााची, कपिलवस्तु, सोलुखुम्बु अदि जिल्लाहरूमा करिब ३ दर्जन वाइसिएलको हत्या गरेकै होइनन् । तिनीहरूलाई गोलीले भुटेकै होइन । ती आफैं गोली खोज्दै बन्दुकको अगाडि उभिन पुगेका हुन् । बन्दुक आफै पड्क्यो र तिनीहरूको ज्यान गयो । यसमा काङ्ग्रेस-एमालेको पटक्कै दोष छैन ? काङ्ग्रेस एमालेले गौरवपूर्ण काम सिवाय अरु केही गल्ती गरेकै छैनन् ? दशवर्षे जनयुद्धका क्रममा शासनससत्तालाई आˆनो बपौती ठान्ने काङ्ग्रेस-एमालेले करिब १५ हजार नेपालीलाई भुटेको र करिब ५ हजार नेपालीलाई घाइते र वेपत्ता पारेको कुन सच्चा न्यायप्रेमी गणतन्त्रवादी नेपालीले बिर्सेको छ ? सबैकुरा आाखा अगाडि झल्झली देखेका जनताले कुन स्वार्थले उनीहरूलाई सत्ताको चावी सुम्पिउन् । तसर्थ नेपाली जनताले काङ्ग्रेस एमाले लगायतका पार्टीलाई माओवादीको नेतृत्वमा बसेर काम गर्न अह्राएका हुन् । राम्रो, जनताको हित गर्ने संविधान बनाउन योग्यता अनुसार खटाएका हुन् । राजनैतिक पार्टीहरू सुधि्रएर जाउन् । गणतन्त्र र न्यायको पक्षमा खुलेर लागुन भनेरै जनताले जनादेश दिएका हुन् । गणतन्त्र नेपालको मौलिक संविधान बनाउन सबैको क्षमता प्रदर्शित होस् भनेर नै जनताले सबैलाई भाग दिएका हुन् ।



समग्रमा नियाल्दा के धनकुटा, के अन्य जिल्ला सबैतिरका न्यायप्रेमी सारा नेपाली गणतन्त्रको उज्यालो पथमा लम्कन चाहन्छ, अन्याय, अत्याचारका विरुद्धरहित न्याय, समानता, स्वतन्त्रता र भातृत्वलाई आत्मसात गर्न चाहन्छन् । नयाा नेपाल बनाउन नयाा नेतृत्व र नयाा गतिशील विचारले सुसज्जित हुादै शान्ति र आर्थिक क्रान्तिको मार्गमा अग्रसर हुन चाहन्छन् । सबैलाई सम्पूर्ण नेपालीले स्थान र क्षमता निर्धारण गरी संविधानसभमा निर्वाचित गरेर पठाएको पनि हेक्का छ । नेपाली आम जनसमुदायको ताजा जनादेशलाई आत्मसात गरी हामी सबैले संघीय गणतन्त्रको विशाल मार्गमा अगाडि बढेर आफूलाई सुधार्दै र रूपान्तरित गर्दै गतिशील बनाउनु नै सम्पूर्ण सचेत जनसमुदायको भावनालाई कदर गर्नु हो । नयाा नेपाल बनाउने नयाा सङ्कल्प लिनु हो । संविधानसभाको निर्वाचनले केवल 'म' मात्र नभएर 'हामी' सबैलाई अग्रगामी रूपान्तरणको लागि निर्देश गरेको छ हाम्रो कल्याण पनि त्यसैमा अन्तर्निहित छ । बेलैमा सबैलाई चेतना भया ।





from: gorkhapatra







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम