Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
निर्वाचनमा पराजय पछि अर्धपागल सोच युथफोर्स (सुहिम) - [2008-09-14]

नेतृत्व तहमा लाचारवादको कारण कम्युनिष्ट विचारबाट पतन भएका नेकपा एमाले माओवादीले सिर्जना गरेको हूरिहुण्डरीमा बाँध्यात्मक रुपले उड्दै अन्ततः काँग्रेस सहित राजाको शासन हटाउन छेडिएको जनआन्दोलन दोस्रोमा सहभागि बन्यो। त्यो आन्दोलन पूर्णत एमाले र काँग्रेसको लागि बाँध्यात्मक र निर्विकल्प थियो। माओवादीले नेतृत्व गरेको गणतन्त्र नेपाल स्थापनाको आन्दोलनमा सहभागि नभएको भए यी दुवै पार्टी सम्भवत इतिहासमै मात्र रहने सम्भावना थियो। मर्नु भन्दा बहूलाउनु निको झै त्यसवेला बहूलाएका थिए।



ब्याप्त शंका र त्रास हुदाहुदै पनि संविधान सभा सम्पन्न भयो र अप्र्रत्याशित रुपमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो। माओवादीले प्रच48डलाई प्रस्तावित प्रथम राष्ट्रपति बनाउदा भित्ते राष्ट्रपति भनेर खिल्लि उडाउने एमाले महासचिव माधवकुमार नेपाल साच्चै नै समयको ठिक विपरित चले अन्ततः १३ बर्ष अघि देखि प्रतिपक्षको रुपमा स्थापित ठूलो पार्टी एमाले लज्जास्पद तवरले हार्नुपर्‍यो। काँग्रेसले पनि आफ्नो समय सकिएको महशुस गर्दै विक्षिप्त हुनु पर्‍यो तर जति एमालेलाई पीर पर्‍यो त्यति काँग्रेसलाई परेन।



एमालेलाई बढि पीर पर्नुको कारण अलि फरक छ। पार्टीको धेरै विचार र सिद्धान्त एकै भएको माओवादीमा आफ्नो कार्यकर्ताको प्रवेशले दिनानुदिन पार्टी कमजोर हुदै जानु मुख्य समस्या हो भने त्यसको छेकथुनको लागि र सानो पार्टी हुनुको आवेग भनौ वा आक्रोस नै युथ फोर्सको स्थापना हो।



एकपटक डा. बाबुराम भट्टराइले भनेका थिए एउटा जंगलमा एउटै मात्र सिंह मालिक हुनुपर्छ। उनले भने माओवादी यो देशमा रहनु हुदैन या एमाले। चुनावले एमालेलाई विदाई गरेको संकेत देखिन्छ यहि झोकले एमालेले युथफोर्स गठन गरेको देखिन्छ। अब एमालेलाई देश बनाउनुमा भन्दा आफ्नो आक्रोस पोख्न दायित्व महशुस भएको देखिन्छ, यो सरासर पागलपन हो, नत्र किन वाइ सि एल विघटनको माग उठिरहेको वेला फेरी युथफोर्सको गठन गर्नु?



एमालेमा सरसर्ति हेर्ने हो भने अन्य पार्टीहरुको तुलनामा धेरै आस गर्न सकिने नेता नेतृत्वहरु छन् यद्यपी विसाइतको यात्रा झै आफै गाँठो पर्दै बसेको एमालेलाई श्राप्नुपर्ने कारण पनि धेरै बनेका छन्। पछिल्लो समयको एउटै मात्र उद्धाहरण लिउ नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झालाई जिताएर सबै भन्दा गद्दारी गर्‍यो। जसले अत्यन्तै निच चरेसको कारोबार गरि आफ्नो पदबाट बर्खास्त भएका परमानन्द उपराष्ट्रपति हुनु इतिहासमै सबैभन्दा ठूलो गल्ति भयो। एमालेको सहयोगले उपराष्ट्रपति बनेका चरेसे झाले हिन्दीमा सफथ लिनु र एमालेबाटै भारतीय नागरिक सभासद बन्नु, पार्टीको नेतृत्व तहमा रहनु ज्यादै चासोको विषय बनेको छ।



हाम्रा देशका धेरै नेताहरु वेरोजगार छन्। काम छैन, सिर्फ टायमपासको लागि राजनीति गर्नेहरु धेरै छन हामी त्यस्तालाई बेगारी बन्ने गर्छौ उनीहरुको लागि एमालेले ल्याएको युथफोर्स लाभदायक भए पनि समग्र नेपालको लागि आवश्यक छैन। आसा गरौ देश बिगार्नु र भत्काउनुमा सधै यसरी नै एमाले अघि नबढोस एमालेलाई पनि देशको माया लागोस, जनता प्रति उत्तरदायी हुनुपर्छ भन्ने सद्बुद्धि आओस।





- सुहिम







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम