Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
सम्ब्रिद्दिको गरो खन्न मिलोस ( भोजराज बराल) - [2008-09-15]

हामी नेपाली बहादुर छौं

तर्साउनेका अघी गर्जन्छौ

आइलाग्ने माथि बज्रन्छौं

देशका लागि सबथोक गर्छौ



कातर त मलाई नठान साथी, मेरो दृष्‍टिकोण फेरिएकोछ:



म भन्छू, कम्तिमा पनि,



मार काट र युद्धहरु ईतिहासमा थन्किनुपर्छ,

मेहनतका बाजाहरु घर घरमा घन्किनुपर्छ

बहादुरिको रगत भन्दा बिबेकको आगो नशा नशामा सल्किनुपर्छ

गफका पसल खुल्नु भन्दा पाखुरामा जाङर दन्किनुपर्छ



सके, अझै:



साँझ परेपछी दिनभरीको प्रगती गन्न मिलोस

"अरुको बिनाश होइन आफ्नै बिकास गरेको छु" भन्न मिलोस

खाचो पर्दा हिउको थुप्रो, स्वाभिमानको भकारी वा बहादुरिको तक्मा भन्दा

सम्ब्रिद्दिको गरो खन्न मिलोस

साथी, खाचो पर्दा सम्ब्रिद्दिको गरो खन्न मिलोस







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम