Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
काठमाण्डौं यात्रामा मेरा - रंगीन बास र छुटेको बस (परिहास) - [2008-09-16]

बस आफ्नै गतिमा दगुरीरहेको थियो । मेरो छुटेको अर्को बसको भेटाउने आशा - डाँडा माथी बाट घाम अस्ताई सकेको थियो । खलाँसी तत्काल चढेका यात्रीहरुलाई भाडा उठाउँदै मेरो सिट सम्म आईपुग्यो । मैल पहिले नै पटक पटक केहि छिन पछि दिन्छु भनि पठाएको थिएँ । त्यसैले मैले त्यो भन्दा धेरै, हरेक बहानामा छल्ने प्रयास गरिन । म बसको सबै भन्दा पछाडी अन्तिम सिटको देब्रे झ्यालमा लुस्रुक्क बसिरहेको थिएँ । अलिकति आफु आफै भित्र कता कता हिनताबोधले ढिपी कसिरहेको थियो म मा ।



"भाई ! भाडा दिनुस् ।"

झ्यालको पर्दा काँधमाथी पन्छाएर, झ्याल बाहिरका दृष्य संग मोहकता मा हर्राईरहेको बहाना बनाइरहेको थिएँ मैले, ता कि उसले मेरो एकाग्रता भंग नगरोस् ।

"ए ! पख्नुस् है ।" उसको आवाजले मेरो एकाग्रता भंग भएको नाटक गर्दै मेरो झोलाको र्साईड पकेट खोलें र सोधें ।

"दाई ! बिर्तामोडबाट आएको काठमाण्डौं को हिमाल फस्ट गाडी भेटाउँछ कि भेटाउँदैन यो गाडीले?"

"गाह्रो-गाह्रै पर्छ भाई । भेटाउन पनि सक्छ नभेटाउन पनि सक्छ ।"

"किन भाईको बस छुटेको हो ?" छेवैका एकजना बोले ।

"यदि भेटायो भने म चढाएर पर्ठाई दिउँला ।" खलाँसीले सहानुभूती देखाउने कोशिस गरे ।

हामी बीचको अन्तरक्रिया बाट निर्धारीत २५० रुपैयाँ मैले थमाई दिएँ । गह भरी आँशु सलबलाईरहेको थियो । भीत्र भीत्रै आत्मा बेजोडले रोईरहेको थियो । रोएका मनहरुलाई तर्राईका सम्थर खेतहरु हेरेर, पहिलो चोटी देख्दा अनौठो लाग्ने, पहिले मैले चित्रमा देखेका मन्दिर जस्ता बिजुलीका खम्बाहरु, एक पछि अर्को गर्दै हुइँकिएको दृष्यमा भूलाउने प्रयास गरिरहेको थिएँ । थुप्रै बाटा भरी घरहरु, बजारहरु, शहरहरु हुँदै म चढेको बस एक ठाउँमा पुगेर थचक्क रोकियो । मैले बुझेँ बिहानको नास्ताको लागी रोकिएको रहेछ । त्यो ठाउँ पुर्व बाट काठमाण्डौं हिंडेका बसहरुको बिहानीको खाजा खाने ठाउँ रहेछ भनेर अनुमान काट्न मलाई गार्ह्रो परेन, किनभने त्यहाँ लहरै दिवा बसहरु रोकिईरहेका थिए र यात्रुहरु पनि यताउती उस्तै गरि । बसहरुको लस्करमा मैले आँखा डुलाएँ । सब भन्दा अगाडी 'बिर्तामोड देखि काठमाण्डौं सम्म' लेखिएको 'हिमाल' बस थियो । मेरो छेउमा बसेका एक तर्राईबासी शिक्षित देखिने मधेशीले हिमाल फष्ट बस यहि हो , छिटो जाऊ भनेर दिशाबोध गरे । म हतार हतार ओर्लेर टिकटको अर्धकट्टी हातैमा च्याप्दै त्यो बस तर्फलम्कें । बस धोन्द्रो आवाजमा स्र्टार्ट भई सकेको थियो । खलाँसी अघि नै त्यहाँ पुगेका रहेछन् । उसले मलाई ५० रुपैयाँ काटेर २०० फिर्ता दियो । बस भीत्र चढें । आफ्नो सिट खोजेर बसें । दाईले बिदेश बाट पर्ठाई दिनुभएको हातको घडिनेर आँखा घुमाएँ । बिहानको ७:४५ भएको रहेछ । लामो आरामको सास तानेर सानो आवाजमा एक्लै बोलें ।

"उफ् ! साला बस छुटेर दिमाग खराब ।"

"कहाँ बाट छुटेको भाई ?"

"बिर्तामोड बाट ।"

म सिट नं. ७ ए मा बसेको थिएँ, ७ बी मा एक त्यस्तै ३०/३५ का एक ब्यक्ति बसेका थिए । सामान्य गफगाफ भयो । ऊ पाँचथर ओयामको रहेछ तर परिवार संगै काठमाण्डौं बाँसबारी बसोबास रहेको उनले बताए । छुटेको बस भेटाए पछि म भित्र फुरुङ्ग-मात निकै नै चढको र निकै नै हल्का महशुस भएको थियो मलाई । पैसा पनि त अलिकति गईसकेर घुरेको थियो । बसकै गति बीच बाहिर बिल्डिङ्गहरुमा झुण्ड्याईएको र्साईनबोर्ड तिर हेरें । 'माहुरीघार' वा यस्तै के रहेछ त्यो ठाउँको नाम ।



आमा लगभग एक महिना अघि उपचार्रार्थ दाईहरुको साथमा काठमाण्डौं जानुभएको थियो । बाहिर रहनु भएका एक जना दाई बाहेक सप्पै दाईभौजु हरु काठमाण्डौ मै हुनुहुन्छ । जेठा दाईले आमाको स्वास्थ्य स्थिती ठिक भएको र आमाले गाँउ आउन चाहेकोले बुबालाई लिन आउनु भनि गाउमा फोन गर्नुभएको खबर, बजार चढेर साँझपख गाउँ झर्दा तल्लो गाँउका एक जना काका ले ल्याउनु भएको थियो । गाउँमा सुबिधाको नाउँमा अझै सम्म एउटा प्राथमिक तहको बिद्यालय बाहेक केहि छैन । स्वास्थ्य एवं बाँकि सामान्य सुबिधाको लागी लगभल एक घण्टाको उकालो बाटो चढेर कुम्मायक कुस्सायक को काखमा रहेको यासोक बजार पुग्नु पर्छ । कक्षा ६ देखि १२ सम्मको अध्ययन हरेक दिन यहि उकालो ओह्रालो गर्दै पुरा गरेको हुँ । गाउँका निम्ती साँचेका सपनाहरु कम्ता छैनन् म संग ।

बुबाले, आमालाई लिन काठमाण्डौं मलाई जान भन्नुभयो । भित्र भित्रै म खुशीले गदगद भएँ । त्यो ता का काठमाण्डौं जान पाउनु मेरो निम्ती आफैं मा खुशीको कुरा त थियो नै त्यसमा पनि हाम्रो क्लास इलेभन मै म कामाण्डौं टेक्नेमा दोश्रो ब्यक्ति हुनेछु भन्ने कुराले अझ बिशेष खुशी पारेको थियो ऊ बेला ।

पहिलो पटक राजधानी जाँदै थिएँ । म हिडे पछि घरमा केहि दिनको लागी बुबा र भाउजु मात्र रहनेछन् । बिहानै उठें । सधै झैं भाउजुले घिउमा बासीभात भूटेर दिनु भयो । खाएर बाटो लागें समय बिहानको ६:४० भई सकेको रहेछ । फाल्गुन १८ गते २०५९ साल । घर देखी अलिक टाढा हिंड्न लागेको पहिलो पटक, म एक्लै थिएँ ।



गाडीको सुबिधा पाँचथर र इलामको सिमानामा रहेको बजार, राँके भञ्ज्याङ्ग बाट मात्र पाईन्थ्यो । कच्चि रोड भने भर्खरै हाम्रो स्थानिय बजार यासोकमा पनि पुगी सकेको थियो । र ट्याक्टरहरु ट्रक भएर बजारमा धुलो उडाउँदै आफ्नो हैकम देखाउँथे । केहि दिन यता यी गँगटे ट्याक्टर र फट्याङग्रे मोटरर्साईकलहरुले यासोक बजारको रङ्ग नै बदलि दिएको कथा पनि सुनाउनु थियो मैले, काठमाण्डौं मा भेटे जतिका आफन्तहरुलाई । कम्ता रोचक र रमाईला थिएनन्, पहिलो पटक ट्याक्टर आउँदा बाटो बाटोमा स्थानिय बासिले अबिर र फूलमालाले स्वागत गरेका दृष्यहरु । बस्ति नै थर्काउने ट्याक्टरको आवाज र उडाएको धूलोको मुस्लो , कम्ता सुन्दर लाग्थेनन् ऊ बेला र स्थानिय गाउँलेका फुरुङ्ग मन र अनुहार पढिसक्नु थिएनन् । तर अर्को तिर भने सयौंको छाक टार्ने बाटो यता तिर बाट बन्द गरेको थियो, ट्याक्टरको आगमनले । माथी आङसराङ् का र केहि मात्रामा यासोक आसपासका कतिपय निम्नबर्गीय परिवारहरु बर्षा होस वा हिँउद, भारी बोकेर यासोक बजार लाई आबस्यक सामानहरुको पूर्ति गर्दै, ज्यालाले आफ्नो जिवीका चलाईरहेका थिए । दिनमा एकपटक लाम देख्न पाईन्थ्यो १२/१५ बर्षदेखि ५०/६० बर्षसम्मका आईमाई, केटाकेटी, बृद्घ हरु को जिर्ण पिठ्युँमा आ-आफ्नो सुहाउँदा भारीहरु । उनीहरुलाई भने मनमा झिनो संकट छाएको थियो ।



ट्याक्टरहरु फर्किने बेलामा उत्ति सामान हुदैनथ्यो । प्राय खाली नै । त्यसैले पछाडिको डब्बामा पनि मान्छे खचाखच हुन्थे । कतै भेटियो भने हिंड्नु भन्दा त निको हुन्छ भन्ने मनसायले सट्कट् बाटो छोडी यासोक बजार तिर उकालो चढें । तर दुर्भाग्य १५ मिनेट जति ढिलो भएछु । निकै पर धुलो उडाउँदै गएको सम्म देखि पठाएँ । स्याण्डल अलिकति उध्रिएकोले मर्मत गर्नु थियो । सार्की माईलाको दोकान तर्फलागें । स्याण्डल मर्मत गर्न लगाई थचक्क बसें ।

"भाई ! तिमी त टाढै हिंड्न लागे जस्तो छ नि ?"

"हजुर दाई ! काठमाण्डौं सम्म ।"

"काठमाण्डौं ! - अनि तिमी एक्लै ?"

"हजुर ।"

"डर लाग्दैन ?- सुब्बा कै छोरो रहेछौ ।"

सायद म भर्खरको कलिलो बिद्यार्थी त्यसमाथी गाउँले, त्यति टाढा जान लाग्दा उसलाई शंका लाग्दो हो, बाटोमा कतै केहि भईहाले के गर्दो हो यो फूच्चेले भनेर । यी सार्की माईला पनि कम्ता भाग्यमानी होईनन् असली नाम भने प्रेम हो उसको । बजारमा 'सार्की माईला' का नामले चिनिन्छन् । प्रेम जुत्ता स्टोरका मालिक पनि हुन उनी । उत्ति बेला लाखको कम्ता महत्व थिएन, त्यति बेला टुबोर्ग बियरमा मोटरर्साईकल चिठ्ठा पारेर वरपर एकाएक चर्चामा आएका थिए, जतिबेला हामी सानै थियौं । र यासोक बजारमा सिमेण्टको पक्की घर, सररर बेरिने जस्ताको आधुनिक सटर् भएको पहिलो घर चिट्टीक्क बनाए उनले । र प्रेम जुत्ता स्टोर मा आज सम्म छालाको जुत्ता मर्मत देखि लिएर नयाँ जुत्ता बनाउनुमा तल्लिन रहन्छन् उनी ।



केहि समय पछि बाटो लागें । साढे ११ बजे, उकालो ज्यादा र घुमाउरो, तेर्र्सो बाटो हुँदै पञ्चमी डाँडा पुगें । त्यहाँ फाक्तेपका आफन्त हेमराज नेम्वाङ्ग संग भेट भयो र सत्कार स्वरुप केहि खान कर गरे । नाताले उनी मेरा भतिज हुन् । म हतार थिएँ । राँके भञ्ज्याङ्ग बाट छुट्ने काठमाण्डौंको नाईट बस सकेसम्म भेट्नु थियो । चाऊ चाऊ माथीको अण्डाको सुप सिध्याएर भतिज संग बिदा मागी पुन बाटो तताएँ । राँके भञ्ज्याङ्ग पुग्न अझै केहि उकालो चढ्नु पर्छ, करिब २ घण्टाको बाटो । एउटै पनि उत्ता जाने ट्रक ट्याक्टर केहि पाईन त्यो दिन, खालि यतै आउने मात्र । हिड्दै कतै दगुर्दै १:१५ बजे राँके भञ्ज्याङ्ग पुगें । त्यो दिन काठमाण्डौं जाने बस पनि अलिक छिटै छुटेछ त्यहाँबाट, भर्खर गयो भन्थे । त्यसपछि बिर्तामोड सम्म झरेर बस्ने सोच बनाएँ र गाडी कुर्दा कुर्दा ४५ मिनेट पछि एउटा बस फिदिम बाट आई पुग्यो । हतार हतार चढें । सिट यौटै खाली थिएन त्यसैले आधा घण्टा जति उभिएर जानु पर्यो । चढ्ने ओर्लनेको धेरै घुइँचो लाग्थ्यो । यसै क्रममा एक बहिनी संग चिनजान भएको थियो । उनी सहित अर्को एक जना गरी हामी जम्मा तीन जना, दुईजनाको सिटमा आँटीनआँटी बसेका थियौं । उनी इलाममा पढ्दा रहेछिन् । नाम रेणुका र्राई बताएकी थिईन । नरम स्वभावका देखिने उनले यासोक का इलाम क्याम्पस पढ्ने साथीहरु सुर्य, पावन, जितेन हरुलाई राम्ररी चिन्दारहेछिन ।



यात्रा खुब रमाईलो लागीरहेको थियो मलाई । कतै राजनितिका त कतै साहित्यका कुरा चलिरहेका थिए । अनेरास्ववियू क्रान्तिकारी संगठन इलामका बिद्यार्थीहरु पाँचथर, फिदिममा कार्यक्रम भ्याएर फर्किरहेका थिए भने त्यसै बसमा झापा दमक का एक साहित्यकार मेघराज तिम्सिना पनि आफ्नो जन्मथलो पाँचथर चढेर कर्मथलो दमक झरिरहेका थिए । उनि एउटा साहित्यीक बाषिर्क पत्रिका 'प्रतिभा' पनि चलाउँदा रहेछन । यी सब कुराहरु मुक दर्शक रहेरै मैले, मात्र बुझिरहेको थिएँ । त्यहाँ एउटा मेघराज तिम्सिना को कुरा मलाई निकै नै घत लागको थियो - 'संस्थाहरुमा सबभन्दा गरिब संस्था साहित्यीक संस्था हो ।' स्वयं मलाई आफ्नो मातहतमा रहेको 'दोबाटो' पत्रिकाले अनुभूत गराएको तितो अनुभूति थियो यो मेरो । अप्रत्यक्ष रुपमा समाजलाई डोर्याउने, वा समाजको प्रतिनिधित्व गर्ने साहित्यको लागी अलिकति लगानी गर्न जो कोहि पनि एक पाईला अघि र्सन हिचकिचाउँछन्, कथित शिक्षित भनाउँदाहरु सम्म । यसको मुख्य कारण जननीवन प्रत्यक्ष लाभमा निर्भर रहनु नै हो ।



र्इलाम पुगे पछि रेणुका बहिनी ओर्लिईन् । अरु अरु ओर्लिए । धेरै ओर्लिए, थोरै चढे । बस अलिकती खुकुलो भयो । ठिक साढे ३ बजे हाम्रो बस त्यहाँ थियो । गति लिए पछि ४ बजे माई खोला झर्यो । माई खोला हिन्दु धर्म प्रति आस्थावान ब्यक्तिहरुका लागी क्षतक्षती रुपमा पुज्ने गरिन्छ । गाउँका बुढापाकाहरु भन्ने गर्थे - 'देउमाई जान्छु भनेर मुखले बोली सकेपछि, एक पटक जसरी पनि जानै पर्छ, होईन भने आफ्नो जीवनमा वा आफ्नो सन्ततीलाई कुनै अनिष्ट हुन्छ रे ।' बिहा गरेको निकै बर्ष पनि सन्तान नभएका, सन्तान भएर पनि नरहेका, छोरी छोरी मात्र भएर छोराको रहर भएका, छोरै छोरा मात्र भएर छोरीको रहर भएका दम्पतीहरुलाई देउमाईमा गई भाकल चर्ढाई माई माता संग सन्तान माग्ने सल्लाह दिन्थे गाउँघरमा बुढापाकाहरु र - 'फलाना फलाना देउमाई मा गई, माई माता संग मागेर जन्मेका हुन ।' भन्दै औंला भाँची भाँची गनेर देखाउँथे । पुल नटेक्दै छाति छोएर धेरैले ढोगे । मैले पनि त्यसै गरें ।



फिक्कलमा खाजा खान ओर्लियौं । मैले जिन्दगीमै एक छुट्टै परिबेश भोगीरहेको थिएँ ऊ बेला । कन्यामको चिया बगान लाई चिरेर मधेस झरेका नागबेली सुन्दर पक्की सडक मा हाम्रो बस दगुरी रहृयो । लाग्यो, घामले नाक मुख नलुकाउञ्जे बसले यतैकतै, यताउता घुमाईरहोस् । साँच्चै कति सुन्दर, ती चियाका बुट्टाहरुले भरिएका कन्यामका ठूलासाना श्रीङ्खलाबद्ध डाँडाकाँडाहरु ? कति सुहाएको, ती कोणधारी धुपी सल्लाका रुखहरुले पनि? ।



रमार्इला रमाईला दृष्यहरु झ्याल-झ्याल बाट यात्रुहरुको आँखा सँग जुधाउँदै गाडीले आफ्नो गतिमा कायम लिईरहृयो । फाल्गुनको महिना न हो, असार साउन जस्तो घाम कहाँ ढिलो लुक्छ र - जाँदा जाँदै अँध्याराले छोप्न थाल्यो । बाटो भरि जताततै घरघरमा बत्तीहरु बल्न थाले । हुँदा हुँदै सम्थर बाटोमा बस दगुर्न थाल्यो । तब मन भीत्र अलिकती सन्त्रास फैलिन थाल्यो । अब यत्तिका रातमा बिर्तामोड पुगेर अलपत्र पो भईने हो की? - यस्तै सन्त्रासले थिचिरहेको बेला छेवैका यात्रुले संगै एकै ठाउँमा बस्नलाई सोध्यो । ऊ पनि एक्लै नै रहेछ । ऊ चाहिं तर्राई सम्म मात्र झर्दै थियो । मेरो यात्रा बारेमा उनले पनि आश्चार्य पोखेका थिए । म गाउँलेको अनुभूतमा बस. आकाश खसेको, जस्तो ठाउँमा पुगेर रोकियो । उल्का खसे झैं अगाडी लाईट बालेर मोटरर्साईकलहरु दगुरीरहेका थिए । समय बेलुकाको ७ बजेछ ।



होटल होटल बाट कामदारहरु ग्राहक, यात्रु खोज्न, लिन यत्तिकै आए । एउटाले अर्को भन्दा घटि मुल्यमा मिलाई दिन्छु भन्दै यात्रु फकाईरहेका थिए । यो पनि मलार्इ यौटा बिल्कुल नौलो अनुभूति, आयाम एवं पाठ थियो, मेरो सन्त्रासको बिरुद्धमा । तत्काल हामी दुई आशीर्बाद होटल तर्फ कामदारलाई पछ्याउँदै प्रबेश गर्यौं । चार वटा बेड भएको रुम तिर हामीलाई देखाईयो । एक जना युवक र अर्को ५५/६० का दुई जना गरी हामी जम्मा चारजनाले आ-आफ्नो ओछ्यान सिमित गर्यौं । त्यसपछि काठमाण्डौं मा दाईलाई फोन गरें । ८ बजे तिर खानपिन भयो र ९ बजे तिर ओछ्यानमा पल्टियौं हामी र हाम्रो कोठाको बत्ति निभ्यो । केहि पछि दुई पाकोहरु निद भित्र घुर्न थाले । पंखाको आवाजले हल्का बाधा पुर्याउने हुनाले युवक सुते वा सुतेनन्, थाहा पाउन सकिन ।



जब रात लम्कदै गयो । मैले आफूले आफैंलाई ठम्याउन सकिरहेको थिईन - कुनै एक होटलमा सुतिरहेको छु या त कुनै उपन्यास पढ्दै जाँदा बीच भागको एक कामुक खण्डमा पुगेको छु ? - । बिपरित लिङ्गी बीच अङ्गालो हालेको समेत प्रत्ययक्ष आजसम्म नदेखेको मान्छे म ।



पल्टेको बेडबाट झ्याल तिर हेर्दा, सिधै अर्को रुमको ढोका देखिन्थ्यो । ढोका खोलेर मान्छेहरु पस्दा निस्कँदा भीत्रकै दृष्य पनि देखिन्थ्यो । ढोकामा भएको पर्दाले अलिकती बाधा पुर्याउँथ्यो । त्यो कोठामा एक किशोरी र एक युवती छिरेका थिए, जो हामी भन्दा केहि पछि आएका थिए । कोठामा खाने कुरा, पेय पदार्थ सबै त्यतै ओसारिन्थ्यो । २/४ जना केटाहरु पस्थे निस्कन्थे, हाँस्थे, जिस्कन्थे संगै टाँस्सिएर बस्थे । कान चिमोट्थे , नाक निचोर्थे, अरु अरु पनि । झ्यालमा लागेको काँचको कारण आवाज कमै मात्र सुनिन्थ्यो । वाथरुम तिर गएको, सबै सबै देखिन्थ्यो । निदाउन ढलेको म, मेरा आँखाहरु त्यतै मात्र केन्द्रीत रहे । आँखाहरु निन्द्रालाई त्यागेर, उतै बाट एक आनन्द लुटिरहेका थिए ।



बुरुक्क हुत्तिएर बाहिर निस्किन् किशोरी । लगत्तै यौटा केटा आएर च्याप्प समाते उनले । दबाएको आवाजमा 'नाई छोड्नुस् भन्या' भन्दै बल गर्दै थिईन । केटाले त वाथरुम तिर पो हुइँक्याए । निकै बेर पछि, जिङग्रीङ्ग हुन गएको केशराशी सम्याउँदै किशोरी अघि अघि आईन, केटा पछि पछि । यता म भने झन झन कामुक हुँदै गईरहेको थिएँ । यस्तो अबस्थामा एउटा किशोरलाई हस्तमैथुनको साहारा बाहेक कुनै बिकल्प पक्कै रहदैन । वाथरुम गएर फर्कें । समय ठिक रातको १२ भएको रहेछ । स्खलन पछि केहि गलेंछु क्यार । त्यस पछि भुसुक्क निदाएँछु ।



भोलिपल्ट बिहान ३ बजे आँखा उघ्रियो, उठें, हातमुख धोएँ, उति बेला सम्म मा अरु पनि सबै ब्युँझिए । साँझ सँगै खायौं, पियौं, वर पर घुम्यौं तर औपचारिक चिनजान भएको थिएन युवक संग हाम्रो । मैले सोधें । उसको नाम निर्मल खालिङ्ग, सुरुङ्गा-८, झापा बसोबास बताए उनले । सबै संग बिदा मागी म हिड्न लागेको थिएँ । युवक पलङ्ग बाट उत्रँदै बोले - 'यो होटलको चाला मलाई ठिक लागेन ।' मैले पनि भ्याई नभ्याई देखेका सबै बताई दिएँ । ' जमाना पनि के आयो आयो? -' बृद्धले मुख खोले । अर्को अर्ध-बृद्धले सहि थापे । म त्यहाँ बाट बाहिरिएँ ।



निक्कै पर सम्म हिंडे पछि बल्ल टिकट काउण्टर भेटें । हिमाल फष्ट बसको लागी टिकट काटें । काँकडभित्ता बाट बस आई पुग्नु पर्छ, समय अझै बाँकि छ, एकछिन यतै वरपर घुम्दै गर, बस आए पछि हामी आफैं बोलाउँछौं, भनेका थिए काउण्टरवालाले । म ढुक्क थिएँ । लाग्यो कति जाती यी मान्छेहरु । यता उता हिंडिरहें । र्सार्बजनिक शौचालय कतै छ कि भनेर आँखा डुलाएँ, कतै देखिन । अन्त्यमा अरु अरु उभिई रहेको खुल्ला शौचालय गएर फर्कें । टिकटमा लेखिएको समय हेरेर बस छुट्ने र्टाईममा काउण्टरकै वरीपरी रहें । समय भए पछि सोधें । अलिकती अझै र्टाईम् लाग्छ भने । १५ मिनेट पछि फेरी सोधें । काँकडभित्ता बाट अझै बस नआई पुगेको जानकारी दिए । एक किसिमले म हतास भएको देखेर मलाई भने - 'तिमी चिन्ता नगर, गाडी आईपुगे पछि, भाईलाई हामी आफैं बोलाउँछौं । ' होला त नि भनेर म पनि काउन्टर छेउ बसेर वरपरका दृश्यहरुमा हराउने प्रयास गरें । घडि हेर्दै उनीहरुकै मुख ताक्दै बसिरहें । टिकटमा लेखिएको समयमा त ४५ मिनेट काटी सक्यो अझै बोलाउँदैनन् । यसो उठेर फेरी काउण्टरको दाईलाई मुख खोलेको त छाँगा बाट पो खसें । 'बस त गई सक्यो, कहाँ थियौ भाई'- पो भन्छ । रुनु न हाँस्नु पो बनाए मलाई त । दमक तिर सायद भेट्छ होला त्यहाँ सम्म अहिले भाडा नदिनु, यो गाडीले, भेटे पछि त्यै बसमा चढाउने भन्दै अर्को बसमा चढाएर पठाए । सिट खाली थिएन । त्यसैले उभिएरै जानु पर्यो । उज्यालोले अँध्यारो लाई मास्दै गयो । बस आफ्नै गतिमा हुइँकिदै थियो, म भित्र भने नरमाईलो दिक्दारी छल्किरहृयो र हिमाल फष्ट बस भेट्ने हो कि होईन भन्ने कुराका तरंगहरु उठदै किनारा लाग्दै रहे ।



बस दमक आई पुग्दा पुरै उज्यालो भई सकेको थियो । बस एकछिन रोक्कियो । ओर्लेर यताउता हेरें । मेरो छुटेको बस त्यहाँ थिएन । फेरी उहि बसमा चढें । केहि समय पछि खलाँसीले -'अब यो बसले हिमाल फष्ट गाडी भेटाउँदैन' भन्दै भाडा माग्न आई पुग्यो । तै पनि भेर्टाई हाल्ला कि भन्ने आशा उत्तिकै थियो म भित्र । र मैले नाटकिय ढंगले -'अब के गर्नु त ! तपार्ँइकै गाडी चढेर काठमाण्डौं पुग्नु लेखेको रहेछ । झोला भित्र छ पैसा उभिई उभिई निकाल्न अप्ठ्यारो छ । एकछिन भरै मिलाउँला नि हुन्न -' आदी इत्यादी भनेर टारी पठाएँ ।



र्इटहरी पुगेर बस रोकियो । आँखा हुत्याएँ वरिपरी तर अहँ थिएन मेरो छुटेको बस । अगाडी तीन वटा लहरै काठमाण्डौं जाने बसहरु थिए । म चढेको बस चौंथो स्थानमा थियो । अगाडीको बस स्र्टार्ट भई सकेको थियो । अरु लाममै पालो पर्खेर बसिरहेका थिए । सोचें -'यो अगाडीको बसले कतै भेर्टाई पो हाल्छ की? -' खलाँसीको आँखा छलेर त्यो अगाडीको बसमा हतपत छिरें । सौभग्य नै भन्नु पर्ला, पछाडी देब्रे झ्यालमा एउटा सिट खाली रहेछ । गएर बसें । कण्ट्याक्टर भाडा उठाउँदै आईपुग्यो । हातमा सानो डायरी लिएर ब्यस्त रहेको बहाना पार्दै, केहि छिन पछि दिन्छु भनेर टारी पठाएँ । उहि खस्रो आवाज सँगै बसले आफ्नै गतिमा खिईसकेका पुराना पाङग्राहरु, बुढो राजमार्गमा घिसारीरहृयो । गह्राहरुमा सुनौलो रंग पोतेर खेत भरी गहुँ लहलहाई रहेको थियो । झारका बुट्टाहरुमा टल्किने शित् सुक्दै गई रहेका थिए । यता भने मेरो आँखाको नानीमा हिनताबोधले भित्र भित्रै आँशु अलि-अलि गर्दै टिलपिलाई रहेको थियो । अझै पनि आँशु सलबलाई रहेका आँखाले अगाडी सडकका रेखाहरुमा आशातित नजरले हेरिरहृयो । तर पलपल आशाका स्तम्भहरु जिर्ण हुँदै गए, भत्किँदै गएका सडकहरु जस्तै गरी । मेरो छुटेको अर्को बसको भेटाउने आशा - डाँडा माथी बाट घाम अस्ताई सकेको थियो । म बसको सबै भन्दा पछाडी, अन्तिम सिटको देब्रे झ्यालमा लुस्रुक्क बसिरहेको थिएँ । फेरी, खलाँसी तत्काल चढेका यात्रीहरुलाई भाडा उठाउँदै मेरो सिट सम्म आईपुग्यो । मैल पहिले नै पटक पटक केहि छिन पछि दिन्छु भनि पठाएको थिएँ ।त्यसैले मैले त्यो भन्दा धेरै, अनेक बहानामा छल्ने प्रयास गरिन । आफ्नै गतिमा दगुरीरहेको थियो, बस ।





तपाईंको प्रतिकृया

kati lamo ho b a ba



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम