Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
कस्ले ठग्यो ? (अनन्त यात्री) - [2008-09-16]

मैले त्यो पल बिर्सेंछु ,

खै के भएछ,थाहा छैन

एउटा कुरा मनभित्र नै

गुम्सिएर पाकिसकेछ ।



आसु नझारेको पनि बर्ष भएछ

कतै भित्र-भित्र नै उम्लियो झै लाग्छ

के सोचे मैले , तर यहाँ त

अर्कै भएछ ।



आफ्नै कोठाभित्र छिर्छु तब लाग्छ ,

कतै सुन्य पाउछु कि भनेर

शान्ति त दुरको कुरा नै भयो मित्र

कोठाले त आँफै मलाई खान्छ ।



अ ! हल्ला चलेको छ रे मेरा नाममा

बस् सुन्छु , बुझ्छु अनी उदाइदिन्छु

तर , कहिलेकही यस्तो लाग्छ कि

तेही हल्लाले नै मलाई उडाइलान्छ जस्तो।



अब त अती भो , सक्दिन सहन

तर अडिएर एकपटक पुन:सोच्छु;

अझै म नसाको बिचलनमा त छैन ?

सोचे के ? भने के ? अनी गरे के ?



वास्तबमा कस्ले ठग्यो त मलाई ?

तिमिले ? उसले ? मैले या मेरो मनले ?







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम