सबै उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले गाउं छाड्नु अघि
चौतारीमा विच्छयाइएका बम,
विस्थापित सुन्य गाउं,
कांडेतारले घेरिएका शहर
र
डुबान पिडित तर्राई
सबै उस्तै, उस्तै छन् ।
संविधान सभाका फुस्रा गफ ,
गाउंमा बाडिएका खोक्रा आश्वसन,
श्रीपेच रहित राजा
र
अन्यौल बीच प्रजा
बांकि सबै उस्तै, उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।
फाट्दै गएको धार्मिक सहिष्णुता,
विखण्डनका काला योजना,
सत्ता लिप्साका नयां खेल,
र
पुरानै कोट भिरेका नयांहरु,
बांकि सबै उस्तै, उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।
च्याउ झै पलाएका सयौ आतंक विरुवाहरु,
सडकमा जलेका टायरका मुस्लो,
प्रतिशोधले दोबाटोमा तेसाइएका गन्धे लासहरु
र
नङ्गयाइएकी नेपाल आमा
बांकि सबै उस्तै,उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।
टोप बहादुर राइ
संखुवासभा, हाल हङ्गकङ्ग
तपाईंको प्रतिकृया
प्रतिक्रियाको लागी तपाईहरुलाई धेरै धेरै .............धन्यवाद छ !
Very Nice poem Top ji. Keep it up
top bd. dai
namaskar,
kabita ko shirsak ra kabits ko bhab dherai sundar ra ek arka ko paripurak 6.
asha 6 agami dinharuma pani astai sundar creation padhna pai rakhau.