Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
पाहुनाको स्वागतमा युवतीहरू - [2008-09-20]

तपाईंको घरमा कोही पाहुना आयो भने के गर्नुहुन्छ ? चिनजानको रहेछ भने दुःख सःखका कुरा गर्ने र आˆनो गच्क्षले भ्याएसम्म मिठो मसिनो खान दिएर बिदा गर्नु होला । पाहुना अपरिचित नै रहेछ भने स्वागत सरकार त अवश्य गर्नुहोला तर, ताप्लेजुङको उत्तरी सीमावर्ती ओलाङ्चुङगोला गाउामा भने पाहुनालाई सत्कार गर्ने चलन फरक शैलीको छ । कसैको घरमा पाहुना आयो भने गाउा भरीका युवती भेला भएर स्वागतमा जुट्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, ताप्लेजुङको पर्यटकीय गाउा ओलाङचुङ्गोलामा भने पाहुनाको सत्कार यसरी नै गरिन्छ ।



नौलो पाहुनाको आगमनसागै गाउाभरीका युवती भेला हुन्छन् र कठाङ्ग्रीने चिसोको कुनै परवाह नगरी नुहाई धुवाई गरेर सिङ्गारिन्छन् । जसको घरमा पाहुना आएका छन् त्यही घरमा गाउाभरीबाट युवती भेला हुन्छन् र उनीहरूका सत्कारले रातमा रोमाञ्चकारी मात्र बनाउादैन सारा थकाई र तनाव मेटाउाछ पनि ।



ओलाङ्चुङगे सेर्पा युवतीले नाच्ने नाच धुन्जयाङ्बाट पाहुनालाई सत्कार गर्ने परम्परासागै छ । अभिभावककै अगाडि पाहुनासाग छमछमु नाच्दै अङ्माल जुठो साटासाट गर्छन किशोरीहरू । तातो तोङ्वा र याक चौरीको सुकुटी उनीहरूका साथमा हुन्छ । अनि त थकाइमरेको, रात बितेको र खल्ती रित्तीएको पत्तै हुादैन । पाहुनालाई यसको अर्थ किशोरीहरू पैसा लुट्छन् भन्ने होइन तङ्वा र सुकुटीको रनक र स्याउ जस्ता गाला भएका किशोरीको अङ्कमाल सहितको नृत्यले मन्त्रमुग्ध भएर स्यावासी स्वरूप फाल्न थालिएको पैसा कतिबेला सकिन्छ अधिकांश पाहुनालाई थाहै हुादैन । कतिपय अवस्थामा खानपिन र नाचगानले मात्तिएका पाहुना र युवतीहरूले नाचगान गरेरै उज्यालो बनाउने समेत गर्छन् । अर्को रमाइलो पक्ष के छ भने ओलाङ्चुङ्गोलामा पुग्ने जो कोहीले खाना र बस्नको लागि पैसा तिनुपर्दैन । तर, धुञ्ज्याङ् भने नाच्नु अनिवार्य पर्छ । रातभरीको मनोरञ्जनमा आफूखुसी खर्चिएको पैसा फिर्ता आउाला भन्ने सोचाई कसैले राख्दैनन् तर खर्चिएको रकम बिहान सबेले भोटेचियाको चुस्कीसागै फिर्ता गरिादा पाहुनाहरू अचम्मित हुन्छन् । अनि पाहुनाहरू आफूसागै नाच्ने किशोरीलाई स्नेहपूर्वक इच्छा लागेजति पैसा दिएरहिाड्छन् ।



धुञ्जाङ् नाचमा पाहुना र आफूले खाादा नाच्दा लागेको खर्च पाहुनाले स्यावासीवापत दिएको रूपियााबाट हिसाव मिलाइन्छ तर जति खर्च लागेको छ त्यो भन्दा बढी भएको रहेछ भने फिर्ता गरिन्छ ।



स्थानीय किपा सेर्पा धुञ्ज्याङ् ओलाङ्चुङवासीको पाहुना स्वागत गर्ने परम्परा निकै पुरानो हो भन्नुहुन्छ । धुञ्ज्याङ नाचमा गाइने सेलो आजकालको युवतीले गाउन नसक्ने र जुनसुकै गीत मिसाएकोले उहाा चिन्ता व्यक्त गर्नुहुन्छ ।



धुञ्ज्याङ्मा पाहुनाको लागि स्वागत गर्न तयार पारिएको तङ््वा र सुकुटीको परिमाण पनि अनौठो छ । अर्थात् पाहुनालाई खान सके जति खुवाउनु आˆनो धर्म सम्भिmन्छन् स्थानीयवासी । खाादा खाादै सकियो भने छिमेकबाट पैचो ल्याएर भएपनि पाहुनालाई सनतुष्ट पान सकिएन भने आˆनो ठूलो बेइज्जत भएको ठान्छन् । याक र चौरीको सुकुटी नखानेको घर हुादैन । तिब्बतबाट ल्याएको खाद्यान्नबाट बनाएको कोदोको तड्वा हरेक घरमा हुन्छ र चिसोका कारण यहाा यसको धेरै प्रयोग गर्ने गरिन्छ ।



त्यसो त पाहुनालाई स्वागत गर्ने यस्तै संस्कार जिल्लाका याङ्मा र धुन्सामा पनि छ तर यो मौलिक संस्कार भने होइन ।



पाहुना आउादा धुञ्ज्याङ् नाच्न युवतवीहरूले सेर्पा पोषाक नै बढी प्रयोग गर्छन् । महिला पाहुना भए पुरुष र पुरुष भए महिलाले स्वागत गर्ने चलन ओलाङ्चुङ्गोलामा छ । ओलाङ्चुगोलामा भुटानका नागरिक एर्साद दोर्जेलामाले आजभन्दा एकहजार वर्ष अघि दिकीछ्योलिङ् गुम्वा निर्माण गरेपछि मानव बस्ती बसेको स्थानीय बासिन्दा बताउाछन् ।



चिसो हावापानी । तङ्वाले रन्कीएका युवतीलाई आˆनो मातृभाषा बाहेकको ज्ञान छैन कि जस्तो भान पाहुनालाई पर्छ तर देश विदेशबाट ओलाङ्चुङ्गोला जाने आन्तरिक तथा वाहृय पर्यटकसागको सामिप्यताले तिब्बती, नेपाली, अङ्ग्रेजी, हिन्दी र भुटानी भाषामा निकै राम्रो दख्खल छ उनीहरूको ।



धेरै भाषाको ज्ञानसागै बाहिरबाट आउने पाहुनासागको बसउठले ओलाङ्चुङ्ेको अतिथि सत्कार गर्ने यो चलन विकृत बन्दै गएको स्थानीय बुढापाका बताउाछन् । पहिला सेर्पा भाषामा नै गीत गाइन्थ्यो तर आजकाल हिन्दी, अङ्ग्रेजी तथा फिल्मी गीतले धुञ्जाङमा प्रवेश गरिसकेको छ । त्यसैले यो अलि विकृत हुादैछ स्थानीय पेमा लामा बताउनुहुन्छ ।



तपाईंलाई पनि ओलाङ्चुङ्गोलाका युवतीहरूको न्यानो अतिथ्यता ग्रहण गर्ने रहर छ ? छ भने ताप्लेजुङको सदरमुकामबाट उत्तरतर्फ २२ कोषको यात्रा तयार गर्नुपर्छ ।





-शम्भु प्रसाईं

from: Gorkhapatra






तपाईंको प्रतिकृया

lado muji, mero coment kina delet gareko ?



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम