Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
सोध्न मन लाग्यो (भुवन सुनुवार भानु) - [2008-09-20]

कति माया गर्र्छौ सानु, सोध्न मन लाग्यो,

तिमी भित्र मलाई सानु, खोज्न मन लाग्यो



भमरा भई धेरै घुमे, मेरो दिलको वागमा,

किन किन तिम्लाई सानु, रोज्न मन लाग्यो



जादु टुना गरेयौ कि, मेरो मन मझेरीमा,

चोखो माया तिम्लाई सानु, पोख्न मन लाग्यो



ओइलिन्छ कि रहर कतै, डर लाग्छ मनमा,

तराजुमा यो मन्लाई सानु, जोख्न मन लाग्यो



माली बनि मल जलगर, मेरो चोखो प्रितमा,

तिम्रै दिलमा यौवन सानु, रोप्न मन लाग्यो ।।







भुवन सुनुवार भानु

रामेछाप, रामपुर- ८

हालः पो. ब. नं: ४८५१,दोहा, कतार







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम