Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
'पेन' युकेमा (होमनाथ सुवेदी) - [2008-09-20]



संस्थापक थिए खास पोषेन्द्र र लताहरू

देवकोटा तथा मल्ल योगी गुरुङ्ग हुन् अरु ।





भने जस्तो सदा हुन्न प्रतीक्षा सेतुको गरे

तिगेला जातिका मान्छे युकेमा आउँछन् भरे ।





रिमोटको भरोसामा कविगोष्टी गराउने

अनेसास महान् मानी शाखा दर्ता गराउने ।





यहाँ संस्था भए धेरै विश्वास कविले भने

अन्तर्राष्टिय नै हुन्थ्यो अनेसास खुल्यो भने ।





सूचना टाँसियो पैले जुलाई तेह्रमा हुने

नव निर्वाचनैबाट नयाँ 'बोर्ड' बनाउने ।





भए घरघरै संस्था, अन्तर्राष्टिय छैन है,

नभएको हुनाले नै अनेसास बढाउँ है ।





जयन्ती भानुको पारी निर्वाचन गराउने

भित्र सञ्जाल नै खोली शक्ति आफ्नो बढाउने ।





उद्देश्य सूचना-माथि दृष्टिगोचर भो अनि

घुम्नलाई गएँ सुम्न 'पेन' हुँ सबको भनी ।





नेपाली 'पेन'को लागि डिसी लण्डन एक छन्

मुरारिराजले बोले एक लक्ष्य समान छन् ।



१०

तेइसै कविको यौटा काकास गण नै बन्यो

न लेखेर चुने प्रेम भाषाको कविता बन्यो ।



११

अध्यक्षता सिवाकोटी उपमा श्रीमती निला,

दोश्रा उप थिए गोपी तेश्रा र्राई चढाइमा ।



१२

महासचिव बिश्वास सचिवै नवराज हुन्

र्राईमा भट्ट जोडेमा उनी नै सह बन्दछन् ।



१३

थर आफ्नै बनाएछन् खजान्ची खान पो ह कि !

आकाशको बन्यो खेती ठट्टा यो 'पेन'को ह कि !



१४

दूत टंक दया र्राई गुरुङ्ग योगराजको

सुनुवार तथा श्रेष्ठ सदस्य हुन्छ काजको ।



१५

सत्याल मन्जु केदार चेम्जोङ र नवोदित

मिजासैले बने काका, पदका योग्य छन् सुत ।



१६

मुरारीराजको स्थान संरक्षक बनाउँदा

राखे कानुनको लागि सल्लाहकार चण्डिका ।



१७

झविन्द्र, चन्द्र गोपाल, सुरेश जङ्ग शाह हुन्

नरेन्द्र धनको साथ सल्लाहकार मुख्य हुन् ।



१८

सबै संस्था समेटेर पदेन राखियो गुरु

हरिसिंह विनोदै हे ! श्रेष्ठ, किसन छन् तरु ।



१९

सिवाकोटी पुराना हुन् अनेसास बनाउँदा

चाहेको गर्न खोजेको गर्न थाले त्यहाँ हुँदा ।



२०

चिन्तनै न गरी हुन्न अग्रगामी हुने भए

चिन्तनैले बढोस् संस्था बेलायत-भरी भए ।



२१

यायावर बनी माझ बसेको पेन हुँ चिनें

सभाको ताली खाएर कविता सबको सुनें ।



२२

लुकी लुकी बसेको हुँ न देखुन् अरुले भनी

चोपें चुच्चो खरानीमा पीडा ओकल्न नै भनी ।



२३

परे अक्षर युकेमा अनेसास नयाँ बन्यो,

धन्यवाद लतालाई तिगेला वृक्ष नै बन्यो ।



२४

लताले लाजका साथ 'ओ! यहाँ !' मान राख्नुभो,

तिगेलाले भने 'ऐले किन यो लुकी हेर्नुभो -'



२५

दुबै हात मिलाएर भनें मैले म 'पेन' हुँ

बोल्न सक्तिन चुच्चोले लेख्छु मै लेखनी न हुँ ।



२६

अन्तर्ध्यान भएँ बोल्दै सभामा छैन झैं गरी

थिएन भूतको रुप आत्मा र्सवत्र नै मरि !



२७

नयाँ नौलो छटा ल्याई उदाएको विमर्शमा

अनेसास भयो दोश्रो भेला युके अगस्तमा ।



२८

साहित्यकार हुन् योगी दर्शनैले गृहस्थमा

गोविन्दराज आएका सम्मान भो समस्तमा



२९

स्रष्टा चिन्तक द्रष्टा हुन् पूर्वापार समाजको

भाग्य भन्ने कुनै छैन निर्माण हो तमामको



३०

शिक्षाप्रद थियो गोष्ठी भनेको सुन्न पाइयो,

विश्वास तिगेलालाई धन्यवाद सुनाइयो ।



३१

बिबिसी यतिका मान्छे परिषद भए पनि

अनेसास बनी आई काम गर्छन् बिदा लिई ।



३२

सहकार्य सहयोग संस्था संस्था मिलीवरि,

गरेको काम यो देख्दा नमूना बन्नगो चरी ।



३३

दोश्रोपटक झुल्केको झल्यास्स देख्न लायक

मेरो चुच्चो समातेर लेख्दछन् क-वि-नायक ।



३४

युकेको युनिटी देख्दा र्‍याल टप्केर आउँछ

भाषा साहित्यको लागि सबले जय गाउँछ ।







होमनाथ सुवेदी

वुडब्रिज, भर्जिनिया







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम