Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
कोशी र कर्णाली (मिलन बगाले) - [2008-09-21]

पानीको रङ्ग

उस्तै उस्तै हो,

वषामा अलिकति फेरियो होला,

वधुवा मजदुर र वेचिएकाहरुको

दुःख पीडा उस्तै उस्तै हो

तैपनि

भिरपाखामा वजारिनेको के भाउ ?

फाटैफाट पसारिनेको

थोपा थोपालाई

पैसामा जोखेर हेरियो होला,



अनि

अनायसै हुत्तिएको

त्रि्रो जोडतोडको भेल र

मेरो निरन्तरको भलमा पनि

खासै ठूलो फरक देख्दिन,

न त

वगरभरि पसारिएका

असरल्ल माछाजस्ता मान्छेहरु

र दाम्लाकिलामा ठोकिएका

रित्ता भोका पेटहरुमा !

फरक यत्ति हो,

पानी भएर पोखिएको

ति म्रो उच्याटलाग्दो भेलले

माटो मात्र होइन,

ढुंगो पनि भित्रै सम्म भिज्यो ।

आसँुभएर पोखिएको,

मेरो विना गर्जनको भलले

ढुंगा माटाका कुरै छाडौ,

आफ्नो परेला आफैलाई बिझयो !







मिलन बगाले

तनहुँ







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम