Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
नेपाल फेयर लण्डन २००८ पहिलो दिन सफलता पूर्वक सम्पन्न - [2008-09-21]

नेपाली दुताबासको तत्वावधान र ब्रिटेन नेपाल च्याम्बर्स अफ कमर्सको सहयोगमा आयोजित नेपाल फेयर २००८ को पहिलो दिन अर्थात २१ सेप्टेम्बरका दिन कार्यक्रम सन्तोष जनक रुपमा जनसहभागीता र बिबिध कार्यक्रमहरूका साथ सफलता पूर्वक सम्पन्न भयो ।



गणतान्त्रिक नेपालकी पर्यटन तथा नागरिक उड्ययन मन्त्री हिशिला यमी प्रमुख अतिथी रहनु भएको छ । बिभिन्न सास्कृतिक कार्यक्रमहरु,पर्यटन प्रबर्दनका लागि जानकारी,भेष भुसा,बिदेशी लगानीकर्ताहरुलाई आकर्शित गर्नको निम्ती जानकारी,नेपाली खाना,नेपालमा उत्पादित बिभिन्न सामाग्रीहरु,गलैचा,मुर्ती,चित्रकला आदिको प्रदर्शन गरिएको उक्त कार्यक्रमको,कार्यक्रम स्थल लिम्कोक्विङ युनिभर्सिटी सानो ठाउँ भएकोले सोचे जस्तो आकर्षक र सुबिधा जनक रुपमा कार्यक्रम हेर्न र मनोरन्जन लिन नसकिएको गुनासो सहभागिहरुको रहेको थियो।



"कार्यक्रम उत्क्रिष्ठ हुँदा हुँदै पनि स्थान सानो,कोचेप्रो भैइदिनाले सबैले सबै कुराको अवलोकन र सहभागिता जनाउन सफलता पाईएन",एक सहभागिको टिप्पणी ।"एत्रो धेरै नेपाली संघ संस्था र नेपालीहरु रहेको बेलायत जस्तो ठाउँमा दुताबासले आयोजना गरेको नेपालको पर्यटन र लागानीकर्ताहरुको ध्यान आकर्षणको निम्ती आयोजित कार्यक्रमको प्रबन्ध निक्कै ब्यबस्थित हुने मेरो आशा उल्टो भईदियो!,बिशेष गरी स्थान ,बरु खुल्ला मैदान भएको भए उत्तम हुने थियो ",अर्का सहभागि आफ्नो असन्तुष्टी पोख्दै थिए । बिशेष गरी बिदेशीहरु; बेलायतीहरुलाई नेपाल देखाउने,चिनाउने,र लोभ्याउने कार्यक्रमको प्रमुख उद्देस्य रहे पनि उल्लेख्य रुपमा बिदेशी अनुहार भने देखिएन । बिभिन्न ठाउँबाट उपस्थित नेपाली सहभागिहरु भने उल्लेख्य रुपमा उपस्थित रहेका थिए ।



बिभिन्न जात जातिका आ-आफ्नै संस्क्रिती झल्कने न्रित्य,लाखे नाच,चण्डी लगायत थुप्रै प्रस्तुतिहरु देखाइएका थिए । प्रमुख आकर्षण बिभिन्न जात,जातिका भेष,भुषा लगाएर भेष,भुषा प्रदर्शन गरिएको थियो । कार्यक्रम हल सानो भएकोले थोरै सहभागिहरुले मात्रै ति कार्यक्रमहरु हेर्ने अवसर पाएका थिए।



सयौको हाराहारिमा युकेमा रहेका संघ,संस्थाका पदाधिकारीहरुको सहभागिता नदेखिनुमा अघोषित रुपमा कार्यक्रम बहिस्कार होकी?भन्ने कुराको संकेत प्रबाह गरेको छ । कार्यक्रम हुने घोषणा हुँदा नै धेरैले असन्तुष्टी भने जाहेर गरेको सर्ब बिदितै रहेको कुरा हो ।



"नेपाल फेयर लण्डन २००८"भनेर तुल लगायत फ्लेक्स अनी नेपाली चन्द्र सुर्य अंकित झन्डाले सजिएको प्रबेश द्वार कै अगाडि नेपालको लाज (NEPAL'S SHAME) भनेर लेखिएको प्ले कार्डमा बांदरको टाउको चिरिएको फोटो सहित "स्टोप मंकी सेलिङ टु यु एस् ए"भन्दै नेपालले अमेरिकालाई परिक्षणको निम्ती बेचिरहेको कुरालाई एथा सिघ्र रोक्नु पर्ने र प्रकृतिका सिर्जना निर्दोष बांदरहरुलाई यातना दिन रोक लगाउनु पर्ने माग सहित दक्षिण अफ्रिका,फ्रान्स,न्युजिल्याण्ड,इजरायल र बेलायती जनावर अधिकार बादिहरुको समुहले सबैको ध्यान आकर्षित गरे ।



पर्चा दिदै नेपाल सरकार र सबै नेपालीहरु मिलेर नेपालको बांदरहरुको रक्षाको निम्ती सचेत हुन उनिहरुले आग्रह गरेका थिए । यो बिरोध प्रदर्शनहरु फ्रान्स,न्युजिल्याण्ड,बेलायत लगायत अन्य ठाउँहरुमा समेत आयोजना गर्ने जानकारी गराए । अन्य जानकारीको लागि www.stopmonkeybusiness.org मा सम्पूर्ण विवरण प्राप्त गर्न सकिने छ ।



नेपाल फेयर लण्डन् २००८,२१ सेप्टेम्बर र २२ गरी दुईदिन सम्म चल्ने छ । हिन्दूजा ग्रुप र लिम्कोक्विङ युनिभर्सिटिले समेत कार्यक्रमा सहायता गरेको I





from: ajambari.com








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम