Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
स्वीट्जरल्याण्डमा प्रथम नेपाली भाषासाहित्य सम्मेलन - [2008-09-22]

स्वीट्जरल्याण्डबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका 'नमस्कार' परिवारको ग्रसरतामा स्वीट्जरल्याण्डमा प्रथम नेपाली भाषा-साहित्या सम्मेलन सम्पन्न भएको छ। नेपाली भाषाप्रति चिन्तनशील एवं सक्रिय व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम स्वीट्जरल्याण्डभित्र एउटा नयाँ संस्कृतिको विजारोपण गर्न केहि हदसम्म सफल रहेको थियो ।



साहित्यिक गोष्ठी, नेपाली भाषा-साहित्य संग सम्बन्धित अनलाइन साइट उद्दघाटन, अभिनन्दन तथा विदाइ जस्ता कार्यक्रमहरु रहेको सो सम्मेलनको सभापतित्व कवयत्री श्रीमती विजया भट्टले गर्नुभएको थियोभने पानसमा बत्ती बालेर कार्यक्रमको समुद्दघाटन गर्दै प्रमुख अतिथि स्वीट्जरल्याण्डवासी प्रथम नेपाली श्रीमती विन्दु स्टाइनमानले नेपाली नमस्कारका पुराना अंकहरु संकलित संगालोको विमोचन गर्नुभयो। साहित्यिक गोष्ठी अन्तर्गत विभिन्न व्यक्तिहरुले आ-आफ्ना रचनाहरु- कथा, कविता, मुक्तक- वाचन गरेर सुनाउनुभएको थियो।



त्यसैगरी आपसी सहकार्यतामा चारजना मित्रहरुको सक्रियतामा स्वीट्जरल्याण्ड भित्रबाट संचालन गरिएको नेपाली अनलाइन पत्रिका (स्वीस नेपाल डट्कम्) www.swissnepal.com प्रमुख अतिथि श्रीमती विन्दु स्टाइनमान तथा स्वीसनेपाली समाजका निवर्तमान अध्यक्ष श्री माधव आचार्यले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो।



नेपाल फर्कन लाग्नुभएका कलाकार प्रकाश तिवारीलाई स्वीट्जरल्याण्डमा बसेर नेपाली कला संस्कृति र पत्रकारीता क्षेत्रमा पु-याउँदै आउनुभएको योगदानको कदर गर्दै स्वीट्जरल्याण्डबासी नेपालीहरुको तर्फबाट सम्मान स्वरूप कदर पत्रु प्रदान गरियो। नेपाली 'नमस्कार' का सम्पादक डा. विनय श्रेष्ठ, स्वीस-नेपाली समाजका कोषाध्यक्ष सुजन मल्ल तथा निवर्तमान अध्यक्ष माधव आचार्यले संयुक्त रुपमा प्रदान गर्नुभयो।



स्वीटजरल्याण्ड भित्र नेपाली भाषामा पत्रिका शुरूवात् गर्दाका परिस्थितिहरुको स्मरण गर्दै नमस्कार पत्रिका मा नेपाली पृष्ठको उद्देश्य भूमिकाका सन्दर्भमा सम्पादक डा. विनय श्रेष्ठले चर्चा गर्दै प्रथम नपाली भाषा-साहित्य सम्मेलानका बारेमा व्याख्या गर्नुभयो त्यसैगरी स्वीस नागरीकहरुलाई नेपाली भाषाको शिक्षा दिंदै आउनुभएकी प्रमुख अतिथि श्रीमती विन्दुस्टाइनमानले यहाँ भाषा साहित्य संग सम्बन्धित रहेर प्रथम पटक पृथक कार्यक्रम आयोजना भएकोमा आफूलाई खुशी लागेको बताउनुभयो।



साथै अतिथिहरु माधव आचार्य, सुजन मल्ल, अन्तराष्ट्रियतावादी नेपाली ऐक्यबद्धता मञ्चका प्रतिनिधि कमल के. सी., नेपाली जनसम्पर्क समिति स्वीट्जरल्यान्डका महामन्त्रि मेदन गौली तथा कार्यक्रमकी सभापति श्रीमती विजया भट्टले आ-आफ्ना कविता तथा मन्तव्यहरु व्यक्त गर्नुभएको थियो।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम