Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
रहेनन् साहित्यकार अग्निशिखा - [2008-09-22]

प्रगतिशील साहित्यकार तथा वरिष्ठ पत्रकार अग्निशिखाको आइतबार राति हृदयाघातबाट निधन भएको छ ।



राति १२ बजे अचानक मुटु दुखेपछि राजधानीको चावहिलस्थित मेडिकेयर अस्पताल पुग्नुभएका पत्रकार अग्निशिखालाई त्यहाँ उपचार नहुने भनिएपछि उहाँ आफैंले ट्याक्सी खोजेर सहिद गंगालाल हृदय केन्द्रमा जाँदै गर्दा अस्पताल पुगेलगत्तै उहाँ बेहोस हुनुभएको थियो।



त्यहाँ पुगेलगत्तै उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए। ५३ वर्षको उमेरमा निधन भएका उहाँको शव अहिले १२ बजेसम्म नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बल्खुमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।



सुकदेव नेपाल उहाँको नाम भए पनि अग्निशिखाका नामले धेरैले चिन्दछन्। नेकपा एमालेका प्रचार विभाग सदस्यसमेत रहेका उहाँका एक छोरी, एक छोरा र श्रीमती हुनुहुन्छ। उहाँ पछिल्लो समयमा विश्वका विभिन्न मुलुकमा कसरी गणतन्त्र आयो भन्ने विषयमा पुस्तक तयार गर्दै हुनुहुन्थ्यो। विश्व राजनीतिमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वको जीवनीबारे अनुवाद गरी विभिन्न पुस्तकसमेत तयार गर्नुभएको थियो।





from: इ-जमाना डट कम







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम