Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
नेपालमा संघीय राज्यः एक प्रारुप नामक पुस्तक सार्वजनिक - [2008-09-22]

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले निर्धारित समयभित्र नयाँ संविधान निर्माण गर्न राजनीतिक दलहरूबीच उच्चस्तरको समझदारी र समन्वयको खाँचो औँल्याउनुभएको छ ।



प्रा.डा. मङ्गलसिद्धि मानन्धर तथा उपप्राध्यापकद्वय शोभ श्रेष्ठ र पुष्पा शर्माद्वारा लिखित 'नेपालमा सङ्घीय राज्यः एक प्रारूप' नामक पुस्तकको आइतबार सार्वजनिक गर्दै उहाँले निर्धारित समयभित्र संविधान निर्माण भएमा मात्र जनआन्दोलनको भावना पूरा हुने बताउनुभयो ।



अध्यक्ष नेम्बाङले संविधानसभालाई सहमति र समझदारीको थलो बनाउन आफूले जोड दिइरहेको चर्चा गर्दै अहिले संविधानसभाले संविधानसभा नियमावली र व्यवस्थ्ाापिका-संसद नियमावली निर्माण गर्न लागिरहेको र सो अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।



अन्तरिम संविधानले मुलुक धेरै समयसम्म नचल्ने उल्लेख गर्दै अध्यक्ष नेम्बाङले भन्नुभयो- "मुलुक सङ्घीयताबाट पछि र्फकन सक्दैन ।"



नेपाल बुद्धिजीवी परिषद्द्वारा आयोजित सो कार्यक्रममा पुस्तकका लेखक डा. मानन्धरले सङ्घीयताका बारेमा बहस चलाउन र एउटा निष्कर्ष निकाल्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।





from: इ-जमाना डट कम







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम