Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
आगामी अक्टोवर २५ का दिन यु.के.का साहित्यप्रेमिलाई विदा लिन आग्रह - [2008-09-22]

अन्तराष्ट्रिय नेपाली साहित्य समाज वेलायतको गत २१ सेप्टेम्बरका दिन लण्डनमा बसेको बैठकले आगामी अक्टोबर २५ तारिखका दिन वेलायतवासी सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमीहरुलाई छुटि्ट लिन आग्रह गरेको छ ।



यस बर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९९ औ जन्म जयन्तिको अवसरमा वेलायतब्यापी कविता महोत्सव सम्पन्न हुने भएकोले सबै साहित्यकार तथा साहित्यप्रेमीहरुलाई उक्त दिनको कार्यक्रममा सहभागि बन्नको लागि छुटि्ट लिन अग्रिम जानकारी स्वरुप अनुरोध गरेको छ ।



वेलायतको राजधानी लण्डन शहरमा आयोजना हुने उक्त कार्यक्रममा सहभागि बन्न वेलायतका सम्पूर्ण साहित्यिक संघसंस्था लगायत साहित्यप्रेमी महानुभावहरुलाई आब्हान गरिएको छ । महोत्सवको अन्तमा साहित्यिक अन्तरक्रिया पनि हुने भएकोले इच्छुक सबै दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ ।



कविता महोत्सवमा वाल कविता पनि समावेस हुनेछन भने प्रतियोगी र अप्रत्योगी सिर्जनाहरु तुरुन्तै प्रकाशित हुने स्मारिकामा समावेस गरिने भएको छ । कार्यक्रम सम्पन्न गराउन सहयोग गर्नुहुने दाता तथा महानुभावहरुको नाम पनि स्मारिका समेटिने निर्णय भयो । सहभागि बन्न चाहने कवि तथा कवयित्रिहरुले अक्टोवर २० तारिख भित्र आफ्नो नाम दर्ता गराइ सक्न आग्रह गरेको छ । सम्पर्कको लागि इमेल inlsuk@ymail.com र फोन 07533712066 उपलब्ध गराइएको छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम