Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
यही आउँदो २४ तारिखबाट रेडियो बक्तृत्वकला प्रतियोगिता २००८ को प्रसारण शुरु हुने - [2008-09-22]

पहिलो पल्ट बृटिस फोर्सेस ब्रोड्काष्टिड र्सर्भिस (बि एफ बि एस्) गोरखा रेडियोले आयोजना गरेको विश्वब्यापी रेडियो बक्तृत्वकला प्रतियोगिता २००८ को सम्पूर्ण काम सकिएको छ । बक्तृत्वकला प्रतियोगितालाई विश्वभरी रहेका नेपालीहरुले सहभगिता जनाउन् र आफ्नो तर्क जनमानस अघी पुर्याउन् साथै सहभागिहरुको देश प्रतिको शोंचलाई सबैले सुन्न सकुन भन्ने अभिप्राय सहित् "देश प्रति प्रबाशिहरुको दायित्व"शिर्षकमा विश्वभरिका सहभागिहरुलाई समेटी तयार पारीएको कार्यक्रम यही आउँदो सेप्टेम्बर २४ र २५ तारिख साँझ ५:१० मा र अक्टोबर ४ र ५ तारिख साँझ ५:०३ मा बि. एफ. बि. एस्. द्वारा प्रसारण गर्ने कुरा कार्यक्रम संयोजक, प्रसारक योगराज राईले जानकारी दिएका छन ।



हङकङ, साउदी अरब, स्विजरल्याण्ड, दुबई ,स्कटल्याण्ड, वेल्स र इङ्ल्याण्ड लगायतका ठाउँहरुबाट सहभागिहरुले प्रतियोगितामा भाग लिएका छन । निष्पक्षताका लागि निर्णायकहरु गोप्य राखिएको छ I



बढी अंक प्राप्त गर्ने प्रतियोगी विजयी घोषित गरिने छ भने बिजेताले प्रायोजकहरु www.sahityaGhar.com र राबो जे एस् द्वारा प्रदान गरेको आकर्षक पुरस्कार र फ्री वेब होस्टिङ जित्ने छन ।



अनलाइनमा प्रत्यक्ष प्रसारण हुने नेपाली भाषाको पहिलो रेडियो वि एफ वि एस लाई www.sahityaGhar.com मा सुन्न सकिन्छ ।








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम