Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अतिरिक्त जानकारी
अनलाइन नेपाली साहित्य मंच www.sahityaGhar.com को सम्बन्धमा समसामयिक प्रश्नोत्तर - [2008-09-22]

मेरो आफ्नो सिर्जना यस वेभ साइटमा प्रकाशन गर्न मैले के गर्नु पर्छ ?

इमेलको माध्याम वा हूलाक मार्फत हामीलाई तपाइको कथा, कविता, गीत, गजल, निबन्ध आदी पठाउनुहोस हामी प्रकाशन गर्नेछौ ।



कस्तो सामाग्रि चाडो प्रकाशन हुन्छ ?

प्राय: सबै सामाग्रिहरु तत्कालै प्रकाशन हुन्छ यद्यपी समय सर्न्दर्भ तथा हामी संग कम भएका विधाका सिर्जनाहरु जस्तै हाइकू तांका, चुटकिला आदी चाडो प्रकाशन हुन्छ ।



मेरो कतिवटा लेखरचना प्रकाशित हुन्छ ?

तपाइको सबै लेखरचना प्रकाशित हुन्छ तर १ वा २ भन्दा बढि सामाग्रि पठाउन चहानु हुन्छ भने तपाइ स्वयंले यूनिकोड नेपालीमा रुपान्तर गरेर, शुद्धाशुद्धि मिलाइ एउटै फाइल बनाएर पठाउनु पर्नेछ ।



मेरो पुस्तक पनि यस साइटमा राख्न मिल्छ ?

अवश्य, तपाइको पुस्तक जति र्सवसुलभ भयो त्यति नै पाठक संख्या बढ्ने भएकोले स्रष्टाहरुको पुस्तक पि डि एफ फाइलमा राख्ने सुविधा राखिएको छ । यो सुविधा स्रष्टा सबैको लागि हो ।



के मेरो सिर्जना प्रत्यक दिन पठाउन सक्छु ?

सक्नुहुन्छ तर एकै ब्यक्तिको सधै अपलोड गर्न गाह्रो र सबै पाठकलाई प्रत्येक दिन एकै ब्यक्तिको रचना पढ्न रुचि नहून सक्ने भएकोले प्रत्येक दुइ हप्तामा एउटा सिर्जना निरन्तर पठाउनु भएमा प्राप्त हुने वित्तिकै राख्न सजिलो हुनेछ । अर्थात तपाइ संग ६० वटा कविता छन भने यूनिकोडमा रुपान्तर गरेर एकै पटक एउटै फाइलमा पठाउनुहोस त्यसो गरे एकै पेजमा सबै तपाइको सिर्जनाहरु रहनेछ सधैसधैलाई ।



मेरो सिर्जना मुख्य पृष्ठमा कसरी आउछ ?

जसको रचनाको साथमा फोटो स्पष्ट ठेगाना छ त्यसलाई मात्र घुम्दै अगाडी आउनेमा राखिने भएकोले यदि तपाइले पनि आफ्नो फोटो सहित सिर्जना सम्प्रेषण गर्नु भएमा मुख्य पृष्ठमा पटकपटक आइरशने छ ।



तुरुन्तै प्रकाशन हुनेगरि सामाग्रि कसरी पठाउन सक्छु ?

यूनिकोड नेपालीमा रुपान्तर गरेर पूरै शुद्धाशुद्धि मिलाएर यस साइटको सम्प्रेषण पेजमा रुपान्तरित यूनिकोडमा भएको -कथा, कविता आदी) सामाग्रि राखेर पठाउनु भएमा तुरुन्तै प्रकाशन हुन्छ । किन भने एप्रोभलाई एक किल्क गर्ने वित्तिकै प्रकाशन हुन्छ । यथासक्दो सबैलाई यो माध्याम चलाउन अनुरोध गरिन्छ ।



यो साइटको लागि कुन प्रकारको नेपाली अक्षरमा टाइप गर्नुपर्छ ?

प्रिर्ति वा कान्तिपुरमा टाइप गर्नुहोस यद्यपी साइटमा राख्नको लागि यूनिकोडमा रुपान्तर गर्नुपर्ने भएकोले यूनिकोडमा रुपान्तर हुने कुनै पनि जातको फन्टमा टाइप गरेर पठाउन सक्नुहुनेछ । सिधै यूनिकोडमा टाइप भएको भए झनै राम्रो हुनेछ ।



मेरो सिर्जना कति समय सम्म रहिरहन्छ ?

हाम्रो योजना सधैभरी बर्षौबर्षरहोस भन्ने हो । प्रविधिको भर हो त्यसको लागि हामी सधै खटि रहेका हुन्छौ । तपाइको सिर्जना सधैभरि रहिरहने छ ।



कस्तो समाचार पठाउदा प्रकाशित हुन्छ ?

हामीलाई विशुद्ध साहित्यका गतिविधि समेट्ने समाचार पठाउन अनुरोध गर्र्छौ । विशेष परिस्थती र अनुरोधमा मात्र हामी अन्य समाचार प्रकाशित गर्र्छौ ।



यो साइटमा राखेको मेरो सामाग्रि कतिले हेर्छन ?

गत महिनाको तथ्याङ्क अनुसार हाल सम्म ८३ देशहरुमा यो साइट नियमित हेर्ने गरेको रेकर्ड छ यो क्रम प्रतिदिन बढ्दो छ । सम्भवत सबैभन्दा बढि साहित्यको भिजिटर भएको वेभसाइट यहि हो र रहिरहने प्रयत्न गर्दछ ।



यो साहित्यघर र अरु साइटमा के अन्तर छ ?

यो साइट नेपाली साहित्य, भाषाभाषि साहित्यमा समर्पित एउटा साइट, संस्था हो । यसका सयौ पाठक सदस्य र लाखौ पाठकहरु छन् । यसको स्थापना विक्रम संवत २०६२ भाद्र ३ गते भएको हो । यस साइटले नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्‍याए वापत अनेसास नारायण तथा जयन्ता प्रसाइ वेभ पत्रकारिता पुरस्कार २००७ प्राप्त गरि सकेको छ ।



गत बर्षमात्र विश्व वेभ क्याम कविता प्रतियोगिता २०६४ सम्पन्न गर्‍यो । यस अनलाइन नेपाली साहित्य मंचले अर्थात यस मंच मार्फ मिलन देवान स्मृति साहित्य पुरस्कार पनि स्थापना गरि सकेको छ ।



यस साहित्यघरको सदस्य बन्न सक्छु ?

अवश्य, निरन्तर सिर्जना र प्रतिक्रिया पठाउनु नै सदस्यताको न्यूनतम मापदण्ड हो ।



म आर्थिक सहयोग गर्न सक्छु ?

हामी आर्थिक सहयोगको लागि अनुरोध गर्दैनौ । हुन त यो वेभ साइट सबैको सरसहयोगबाट नै चलेको हो यद्यपी सुधार निर्माणको वेला बाहेक हामी आर्थिक सहयोग लिदैनौ । जसले जति सहयोग गर्नुभएको छ हामीले वहाहरुको नाम सहयोगदाता अन्तर्गत सधैलाई राख्दै आएका छौ ।



म कसरी र कहा मेरो रचना पठाउन सक्छु अर्थात सम्पर्क गर्न सक्छु ?

रचना पठाउन यस www.sahityaGhar.com को सम्प्रेषण पेजबाट पठाउनुहोस । इमेलबाट पठाउन परेमा direct.letter@gmail.com मा पठाउन सक्नुहुन्छ । यदि हूलाकबाट पठाउनु परेमा वा सम्पर्क गर्नुपरेमा निम्न ठेगानामा पठाउन सक्नु हुन्छ ।



Editor 69520

sahityaGhar.com

S J M Bks, 2RGR, Education Dept

Folkestone

Kent, United Kingdom

CT20 3LR



 Download QA.doc




तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम