Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
तीन सेदोका (विष्णुबहादुर सिंह) - [2008-09-22]

१. लहरासंग

पहराको साइनो

कति सजिव चित्र

आँखाहरुमा

घुमिरहेको मित्र

कसैलाई विचित्र ।



२. फूलेको फूल

बगैचाको माझमा

झुलिरहेको राम्रो

यो मन भरि

चम्किरहेको ताँज

मुस्कान र्छछ हाम्रो ।



३. कर्के नजर

तिम्रो अंग अंगमा

नाचिरहेको जस्तो

यो नानी भित्र

तिम्रो मिठो मुस्कान

नहोस कतै सस्तो ।



४. साउने भेल

मेरो कल्पना संग

प्रश्न गर्दैछ आज

दुःखका दिन

मेरो सोचाई संग

विदाईमा छ दंग ।

-------------------------------







नयाँ नेपाल

समानताको कडि

स्वतन्त्रताको छडि

निर्भिकताको

आत्म सम्मानसंग

विकासको तरंङ्ग ।





विष्णुबहादुर सिंह

जुकेना-६, अर्घाखाँची







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम