Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गीत
म धेरै-धेरै रोई दिउला (लोकेश यक्थुङ्बा) - [2008-09-23]

म धेरै-धेरै रोई दिउला तिमी सधैं हासी रहनु

म मरेर गए पनि तिमी जूनि-जुनी बाची रहनु



खहरेको पानी न हुँ समुन्द्र नपुग्दै सुक्न सक्छु

आधा आकाश चुमेर फेरी पनि झुक्न सक्छु

त्यसैले त बिन्ती छ मेरो सधैं भरी नाची रहनु

म मरेर गए पनि तिमि जूनि-जुनी बाची रहनु



जानु छ तिमी कुन शहर नसोधी गए हुन्छ

झुपडीमै बसौला म तिमी नरोइ गए हुन्छ

म धेरै-धेरै रुइ दिउला तिमी सधैं हासी रहनु

म मरेर गए पनि तिमी जूनि-जुनी बाची रहनु







लोकेश यक्थुङ्बा

फाखोङमा,लिम्बुवान







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम