Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
मेरी पत्नी (सकु थापा) - [2008-09-23]

मेरी पत्नी,

कहिल्यै मेरी हुनै पाइनन्

सधैँ मेरो लागि हुन्छिन् उनी

भोकमा पनि उनी

प्यासमा पनि उनी

दुखाइमा पनि उनी

तर पनि उनी म भित्र हुनै पाइनन्

निदमा पनि उनी

पीडामा पनि उनी

हरेक आवश्यकतामा उनी



छोरा चाहियो त्यो पनि पाइदिन्छिन्

छोरी चाहिए पनि पाइदिन्छिन्

न्यानो अंगालो पनि दिन्छिन्

जति थाकेर आएपनि

जति मातेर आएपनि

सबै टाढा गरिदिन्छिन्

तर पनि म भित्रको स्थान पाउनै सक्दिनन्

घर त केवल बासको लागि

छोराछोरी त उनकै माया हुन्

मेरो माया त छरपस्ट बजार भरी

म उनको पति हुँ

तर पनि

उनी मेरी पत्नी हुनै पाइनन् ।





-सकु थापा

चरखण्डी, भक्तपुर ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम