Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
जीवनको अन्तिम हरफ (प्रतीक चाम्लिङ्ग) - [2008-09-23]

मेरो जीवनको अन्तिम कथाका

अन्तिम हरफहरु पढेपछि

पक्कै तिमीलाई थाहा हुनेछ

मेरा रातहरुका

जर्जर नियतीहरु

पीरको लप्कामा हृवार हृवार्ती जली

म मूर्दा भएर

सिरानीको चीत्तामा पल्टिरहेको

मेरो जिउदो लाशको कथाको

अन्तिम हरफ म कोरीरहेको छु ।

खोई कहां छन् मेरा प्रिय दिनहरु ?



तिमीले त लगेर गयौ

मेरा सिमलको भुवा जस्तै सपनाहरु

मसंग अरु केही रहेन

मसंग बांकी छ

शून्यताको बेला तिम्रो यादमा

गुन्गुनाउने अन्तराहरु

मनको किनारलाई

छोएर बग्ने सम्झनाका लहरहरु

मलाई नै उदाशीनता पोखीरहन्छ

खोसेर लगेका

मेरा रङ्गहरु

कहां पोखायौ ?



भो म माग्दिन तिमीसंग फिर्ता

त्यो मेरो खुशी

त्यो मेरो रङ्ग

निर्लज हत्या गरिसकेको छौ

मलाई चाहन्दैन खुनीभएको

मेरा खुशीहरु

मेरा रङ्गहरु

म रंगविहीन मनहरुमा

पोखीएका बेखुशीका छिटाहरु

यतै कतै गल्लीहरु तीर

कुनै घुम्तीहरु तीर

आत्माहत्या गर्यो कि ?

खोजिरहेछु कतै शून्यताभित्र ।



त्यो निर्दयी सांझ

ल्याम्पोष्टको उज्यालोमा

भएको असम्झौता

चोईटिएका मनका छेस्काहरुले

र्सजमिन भएको तिम्रो जाली बाचाको कथा

एउटा अधुरो जिन्दगीको पानामा

कथाको अन्तिम हरफ कोर्दै

घृणित पात्र भएर बांचिरहेछु

जीवनको अन्तिम दिन पर्खेर ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम