Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
बिना कारण भाउ खायौ - [2016-12-31]
 Authorदीपक भट्टराई

बिना कारण भाउ खायौ के भने र मैले

आज बेग्लै ओछयान लायौ के भने र मैले



मेरी सानी रानी भन्दै कति न्यानो पार्थे,

यो जाडोमा दुख पायौ के भने र मैले



जुन जस्तो मुहारलाई पच्छयौरिले छोपी ,

सुक्क सुक्क गित गायौ के भने र मैले



बढेर पो हो कि जाडो घट्यो रिस तिम्रो ,

बल्ल बल्ल छेउमा आयौ के भने र मैले



मलाइ पनि रहर थियो अंगालोमा कस्ने ,

मध्यरातमा आफैँ धायौ के भने र मैले







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम