Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
एक सॉंझ म तिमीलाई सम्झिएर - [2017-01-15]
 Authorसुमित्रा अश्रुधारा

एक सांझ म तिमीलाई

सम्झिएर क्षितिजमा उभिएर

आफ्नो आकृती मेटाउनु लागे

डुब्नै लागेको घाम

उदाउन लागेको थियो तिम्रो

उजाडिलो शहरमा

महसुस गरिरहे

तिमी झुल्किएको र

मैले अस्ताउदै गरेको

अनि हामी बिचको दुरि

पुर्ब र पश्चिम को

उभिरहे उभिरहे

डुब्दै गरेको घाम हेर्दै हेर्दै



त्यसो त

मेरो शहरमा भने

छायाले नि साथ छोड्ने बेला हो यो

दिनभरिको थकान मेटाउने

एक सांझको सुरुवात पनि

कयौं प्रेमी - प्रेमिका

एक अर्काको

अंगालोमा भरिने पल

हो यो डुब्दै गरेको घाम

अनि म तिमीलाई खोज्दै गरेको

तिम्रो प्रेमि

भोलि पुर्ब बाट झुल्किन्छ

त्यसैले पश्चिम लाग्यो

फेरि छर्नेछ उमंगको बिहानी

किशानको गैरिखेत बाट

अनि

धर्तीसंगको अन्तिम समागम

रातभरिमा भोलि जन्मिनेछ

र कतिको सपनाहरू पूरा गर्नेछन् ।



 Urlhttp://mohanrai.com.np




तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम