Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
अस्वीकृत बिचार साहित्यबाट श्रेष्ठ, डा. लामा र लिम्बु पुरस्कृत तथा सम्मानित - [2017-02-22]


फाल्गुन ७, २०७३ को दिन स्वर्ण शिक्षा इ स्कूलको प्रांगणमा यसै स्कूलको २१ सौं वार्षिक उत्सवमाझ शताब्दी पुरुष वरिष्ठ साहित्यकार तथा संस्कृतिबीद श्री सत्यमोहन जोशीज्यूको प्रमूख़ आतिथ्यसाथ अस्वीकृत बिचार साहित्य गूठी र कविताराम बालसाहित्य प्रवर्द्धन अनुष्ठानका २१ सौं पुरस्कार तथा सम्मान समारोहको आयोजना भयो।

यसपाली सिक्किम विश्वविद्यालयका नेपाली विभाग प्रमूख़ प्रा डा कविता लामा, रुसका वरिष्ठ साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ र लख़नौ भारतका साहित्यकार सुरेन्द्र लिम्बू अस्वीकृत विचार साहित्य पुरस्कार गुठीबाट र शैलेंदुप्रकाश नेपाल र नेपाल बालसाहित्य समाज़ कवितराम बालसाहित्य अनुष्ठानबाट सम्मानित हुनुभयो। रुसका वरिष्ठ साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ र लखनौ भरतका साहित्यकार सुरेन्द्र लिम्बू सम्मान ग्रहण गर्न आउन नसक्नु भाएकोले उहाँहरूले आफ्ना प्रतिनिधि पठाऊनु भएक़ो थियो। कार्यक्रममा विद्यार्थीहरूका रोचक सांस्कृतिक कार्यक्रमहरू पनि समावेश थिए।

संस्थापक डा कवितराम श्रेष्ठले संस्थाको परिचय र भविष्यको कार्ययोजनाबारे बताउनु भयो कि सिमान्तिकृत सर्जकहरूलाई प्रोत्साहन गर्ने अस्वीकृत बिचार साहित्य पुरस्कार गुठीको स्थापना ०५४ सालमा भएको थियो। तर यसको बिज़ारोपन पंचायतकालमा तत्कालीन राज्यसत्ताको अग्रगामी साहित्यकारहरूलाई गरिने दमन बिरुद्धको अस्वीकृत जमातको साहित्यिक आन्दोलनले गरेको थियो। पंचायत कालको अवसान पछि पनि स्थापित सबैखाले राज्यसत्ताले आफ्ना सत्तासम्मत विचारहरूकै मात्र पक्षपोषण गर्ने र यथास्थिति विरूद्ध भिड़ने साहित्य रचनलाई सिमान्तिकरण गरिरहेको सन्दर्भमा यस आन्दोलनले नयाँ परिपेक्षमा निरन्तरता पाएको हो। सवै सत्ताको नियतनै प्रतिपक्षका विचारलाई अस्वीकार वा समांतिकृत नै गर्ने रहन्छ नै। यो ढ़ुङगे युगदेखि आजसम्म अनवरत निरन्तरित छ र मान्छे जाति रहुन्जेल निरन्तरित नै हुनेछ। प्रतिपक्षको विचार सदा अस्वीकृत रहने तर ती समाजको अग्रगमनको लागि आगुवा हुनसक्ने मान्यतासाथ त्यसको पक्षपोषण गर्न २०५४ सालमा अस्वीकृत बिचार साहित्य पुरस्कार गुठीको स्थापना भएक़ो हो। यसरी यो पूर्ववत अस्वीकृत आंदोलनकै निरन्तरता हो। वरिष्ठ समालोचक़ कृष्णचंद्रसिंह प्रधान संस्थापक अध्यक्ष रहनुभएको यस गुठीका संस्थापक सदस्यहरू गोविन्द भट्ट, प्राडा अभी सूबेदी, नगेंद्रराज़ शर्मा, नारायण ढकाल, सोमनाथ घिमिरे र बालकुमारी श्रेष्ठ हूनुहुन्थ्यो।

त्यस्तै कबिताराम वालसाहित्य प्रवर्द्धन अनुष्ठानको स्थापना पनि २०५४ सालमा नै भएको हो। त्यो बेलासम्म पनि नेपाली बालसाहित्यको मूल धार परम्परागत सनातनि नैतिक शिक्षाको स्वरूपमा निस्रित थियो। बालकहरूको लागि जे लेखेर दिए पनि साहित्य हुने र राम्रा साहित्यकार हुन नसक्नेले मात्र बालसाहित्यकार हुन् भन्ने मान्यता त्यस बखत व्याप्त थियो । यही मान्यतालाई हनन गर्न केही अग्रगामी मूर्द्धन्य साहित्यकारहरू लागि परेका अवस्था त्यसबखत बन्न्दै थियो र केही संघसंस्था र विद्यालयहरूले त्यस सकारात्मक अनुष्ठानलाइ साथ दिंदै गरेको झिनो अवस्था पनि थियो। त्यही सकारात्मकलाई साथ दिन बालमंच नेपालले कविताराम बालसाहित्य प्रवर्द्धन अनुष्ठान स्थापना गर्यो।

अस्वीकृत बिचार साहित्य पुरस्कार गुठी र कविताराम बाल साहित्य प्रवर्द्धन अनुष्ठान दुबैको लागि डा कविताराम श्रेष्ठ स्वयम् संस्थापक संरक्षक रही आएको र दुबैको लागि उहाँले आफूले आर्ज़न गरेका समस्त लेखकश्व र पुरस्कारका रकमहरू अक्षयकोषमा राख्दै आऊनु भएको थियो। अब आएर मरणोप्रान्त पनि सवै लेखकश्व यीनै कोषमा जम्मा हुने व्यवस्था गर्दै हुनुहुंछ।

हालसम्म यी दुबै संस्था र कोषको संचालन डा कवितराम श्रेष्ठ आफैले प्रत्यक्ष रूपमा गर्दै आउनु भएको थ्यो। तर आफ्नो बसाई विदेशमा भएको र स्वास्थ्य पनि प्रतिकूल हुन लागेकाले भविष्यकोलागि उहाँले सर्वश्री रामदेव पाण्डे, प्रा. अमरकुमार प्रधान र श्री श्रीकुमार श्रेष्ठसमेत त्री सदस्यीय संचालक रहेको कविताराम वांगमय प्रतिष्ठान खड़ा गर्नुभएको छ। अब उपरान्त ड़ा कविताराम श्रेष्ठ स्वयं संस्थापक रहेको स्वर्ण शिक्षा इ स्कूल, गोकर्णले यस बांगमय प्रतिष्ठानका पुरस्कार वितरण कार्यक्रममा सहयोग पूर्याउने व्यवस्था समेत भएको कुरा ड़ा कविताराम श्रेष्ठले बताउनु भयो।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम