Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
टीका लामिछानेलाई चापागाईं स्मृति साहित्य पुरस्कार प्रदान गरिने - [2017-04-02]

डा. नरेन्द्र चापागाईं स्मृति प्रतिस्ठान बिराटनगरले यस बर्षका पुरस्कारहरुको घोषणा गरेको जानकारी भएको छ ।

प्रा.डा.बद्री बिशाल पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले भाषा र साहित्यका जानकार तथा त्यसै क्षेत्रको उन्न्यनका लागी आफुलाई परिचय गराउन सफल धनकुटा निवासी श्री टीका लामिछानेलाई डा. नरेन्द्र चापागाईं स्मृति भाषा साहित्य पुरस्कार २०७३ प्रदान गरिने भएको छ ।उक्त पुरस्कारको राशी रु.२१०००/- को रहेको जानकारी त्यस संस्थाका महासचिव दिङ्लाली कान्छोले गराएका छन् । सोही संस्थाद्वारा डा. नरेन्द्र चापागाईं स्मृति युवा प्रतिभा साहित्य पुरस्कार कवि शुभलक्ष्मी लम्साललाई प्रदान गरिने भएको छ भने यसको राशि रु.७०००/- रहेको छ।

यि दुबै पुरस्कारहरु आगामी बैशाख १६ गते एक विशेष कार्यक्रमका साथ बिराटनगरमा बितरण गरिने भएको छ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम