Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
कवि बन्ने लहडमा (आर. सी. रिजाल) - [2005-11-14]

साहित्यिक जमघटमा अरुले कविता वाचन गरेको, अझ लय र छन्दमा बन्द गरेको कविता श्रवण गर्न पाउँदा रमाइलो मान्थेँ । यस्ता कार्यक्रमको श्रोता हुँदाहुँदा मलाई पनि कविमा नाम दर्ता गराउने लहड लाग्यो ।





एकदिन कलम र कपी लिएर पलेटी कसेँ । तर कसरी < कुन शब्दबाट कविता सुरु गर्ने < धेरै समय खर्चिंदा पनि केही फुरेन । बेलाबेलामा भुइँमा मसी छर्कें, केही लागेन अनि आफैसँग झर्केर उ ेँ ।





मेरो कक्षामा पढ्ने एकजना कवि साथी जो भलीभाँति कविता लेख्थ्यो उसलाई सोधेँ "ए कविता कसरी लेख्ने < धेरैपटक आँट गरेँ कविता फुर्दैफुरेन ।" साथीले भट्भटयायो - कविता फुर्न पूर्ण चन्द्रमा, खोलाको कलकल, झरनाको झरझर, कोइलीको कुहूँकुहूँ, सुन्दर बगैंचा, एकान्तपन र ण्डा दिमाग साथै संवेदनशील एवम् भावुक हृदय पनि हुनुपर्छ । त्यस्तै अरुका कविता सुन्ने र पढ्ने पनि गर्नुपर्छ । अनि मथिङ्गलबाट तप्तप् कविता कागजमा झर्छ । अझ केही लेखक वा कविहरूले आफू सफल हुनुको पछाडि मदिराको साथ र नारीको हात पनि भनेका छन् ।





साथीसँग कुरा भएपछि सातदिन पर्खेर पूणिर्माको चन्द्र हेरि कविता कोर्न चकटी ओछ्याएर, झ्याल खोलेर, लाटाले पापा हेरेझैँ एकटकले चन्द्रमालाई हेरेर कवितालाई कुरेँ । आँखा टट्याए, बरु चन्द्रमामा दाग देखेँ - कविताका भाग देखिनँ ।





अर्कोदिन कोइलीको कुहूँकुहूँ सुमधुर स्वर सुन्न जङ्गल पसेँ । कोइलीकै स्वर सुनेर महाकवि देवकोटाले तुरुन्त कविता रचेको कक्षामा गुरुले पढाउँदा भनेको पनि सम्झेँ । तपाईँहरूलाई किन ढाँट्नु, मैले कोइलीको स्वर गन्न नसक्ने गरी सुनेँ । त्यो स्वरले त मलाई "अरुको कविता चोर् चोर्" भनेझैँ लाग्यो । कापिमा कलमको दाग नलगाई दुरुस्त फिर्ता ल्याएँ । त्योदिन जङ्गलबाट ओइलिएर फर्कन परे पनि दुइटा जङ्गली जुकालाई थाहै नपाई रक्तदान गर्ने मौका पाएकोमा ूलै परोपकार गरेको ानेँ ।





मान्छेले जस्तो पंक्षीले फट्याईँ गर्दैन भन्ने चरीविश्वास लागेर कविता चोर् जाँगर चलाएँ । 'खान परेपछि मुसाको लिँड किन, हात्तीकै लिँड खानूँ' भन्ने उखानलाई मूलपथ मानेर मैले पनि कविता चोर्नै परेपछि लर्तरोको कविता किन अछूत पार्नु भनि महाकवि देवकोटाको, 'शून्यमा शून्य सरी' शीर्षकको कवितामाथि यसरी हमला गरेँ M



भन्साररूपी चुक र्स्वर्गभित्र



जमे जामाए लिइ भित्रभित्र



भाइले भाइ मारे ानेर सान



आउँदै आएन दुवैलाइ ज्ञान



नेपाल भएछ मरुभूमितुल्य



अन्धकार छा'को अब बुझेँ बल्ल



संस्कार नेताले सब नै गुमाए



ती ० मा ० सरी बिलाए ।





कवि साथी अब तीनछक पर्ने भो - "कसरी रच्न सकिस् यस्तो स्तरीय र क्लिष्ट कविता <" भन्छ भन्ने तर्कना गर्दै उसलाई कविता देखाएँ ।





मेरो कविता उसले दोहोर्‍याएर पढ्यो र कवितालाई जुत्ताले कुल्चेर "हूबहू महाकविले अन्तिम अवस्थामा लेखेको कवितालाई लछारपछार पारेर बटार्दै सारिस् हैन Û हेर साथी, कविहरू भावुक मात्र हैन अर्काको कवितामाथि बलात्कार गर्नेलाई चाबुक दिन पनि पछि पर्दैनन् । तेरो अनुहारको ढाँचा बदल्नु छ भने यस्ता कविता सुना । जबर्जस्ती कलमलाई सास्ति दिएर कवि बन्ने धोकोलाई भोको राखेमा तेरो कल्याण होला !" भन्ने चेतावनी दिएर हिँड्यो ।





साथीको चेतावनीले मलाई निक्कै गहिरिएर सोच्न वाध्य पार्‍यो । अब कविता नचोर्ने, सके आफैं कोर्ने एक्लै निधो गरेँ । अर्कोदिन खोलाको कलकल ध्वनि श्रवण गर्न पुगेँ । के को फुर्थ्यो कविता Û कलम र कापी च्यापेर बस्दाबस्दा यस्तो अल्छी लाग्यो बरु बल्छी लगेर थापेको भए माछा त जुर्थे Û





कविताको लागि एकदिन म भावुक र संवेदनशील पनि भएँ । ज्यूँदा बाआमाको कष्टमय मृत्युको कल्पना गरेर आँखाबाट बलिन्द्र आँसु झारेँ । यस्तो मर्मान्त भएको नाजुक अवस्थामा पनि मेरो गजबको मगजले कविताको गर्जो टारेन ।





"रक्सीको मातले कसैकसैलाई कविता रच्न साथ दिन्छ" भनेको सुनेथेँ । एकरात भात लतारेपछि एक क्वाटर रक्सीमा अलिकति वाटर मिसाई पिउन सुरु गरेँ । रक्सीले घाँटी चहर्‍याउने मात्र हैन नाकै पोल्ने गन्ध पो फाल्दो रै'छ । के गर्नु < उही रोग लागेपछि औषधि नमि ो भनेर सुख पाइन्छ र ! भनेझैँ कवि बन्ने रहरले म बहरलाइ नछाडे पछि एउटा हातले नाक थुनेँ, अर्को हातले गिलास उ ाएर एकै सासमा घुट्काएँ । बिहान निद्राले छाडेपछि कपि हेरेँ- म त खुसीले गदगद् भएँ Û दुइपन्ना कविता कोरेछु । तर कुन भाषामा कविता लेखेको बुझ्न सकिनँ । अरुलाई "अनुवाद गर्दिनुस्" भन्न लाज लाग्यो । त्यसैले अब विदेशी भाषामा कविता नलेख्ने दृढ निश्चय गरेँ ।





'जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि' यो हिन्दी टुक्कामा भर परेर एकदिन सूर्यको प्रकाश छिर्न नसक्ने मुसाको दूलो कोदालोले खन्दै असिनपसिन भएँ । दुइटा मुसा मेरै घरतिर भागे, म पनि मुसाको पछिपछि लागेँ । तुरुन्त कलम र कापीलाई आक्रमण गरेँ । मेरो कलमले साह्रै यातना पाएछ क्यारे, एकथोपा मसी आँसु चुहेझैँ कापीमा चुहियो । नजन्मँदै कविता मेरो गिदीमा तुहियो ।





कविता मेरो पछाडि नलागे पनि म कविताको पछाडि लाग्न थाकेको थिइनँ । एकदिन आफ्नै टोलको बगैँचाप्रेमी उद्यानप्रसाद 'पराग' को घरमा पुगेँ । र उहाँको बगैँचामा आधाघण्टा बस्ने अनुमति मागेँ । मेरो रूपमा उद्यानप्रसादले के देखे कुन्नि फूल नटिप्ने र बिरुवा नचोर्ने शर्तमा मेरो माग पूरा गरे । त्यहाँ रङ्गीविरङ्गी फूल देखेँ - मौरी, भमरा भुनभुनाएको सुनेँ । तर मैले कविता गुनगुनाउन सकिनँ ।





अर्कोदिन झरनाको झरझर आवाज सुन्न फेरि जङ्गल पसेँ । एकस्थानमा धँगेराका राता फूलहरू देखेँ । गुलियो रस चुस्न जिब्रोको आदेशलाई दिमागले सही ान्यो । एउटा हाँगा भाँचेको मात्र थिएँ; नगिचै मौरीको घार रहेछ । झवाम्मै मेरो अनुहार छोप्न आए । अर्काको भाग खोसेकै कारण त होला मौरीले मलाई शोषक सम्झी चिलेका । कति गोटाले चिले गणना गर्न आवश्यक ानिनँ र भ्याइनँ पनि । के को झरनाको झरझर सुन्नु र दृश्यावलोकन गर्नु ! भीरबाट खुरमुरिएर झण्डै मेरो वंश सखाप भा'को ।





हनुमानको जस्तो गाला, परेली च्यातेर खोज्नपर्ने आँखाको नानीसहित घर पुगेँ । मलाई देख्दा मेरा जन्मदाताले समेत चिनेनन् । मेरो बोली र पहिरनले आफ्नै छोरा हो भन्ने सनाखत भएपछि गृहप्रवेश गराए र को ामा पस्दा भाइबहिनी पनि डराए ।





भोलिपल्ट भोगटे जस्ता गाला बोकेर टोलवासीलाई स्पष्टीकरण दिँदै हिँड्नु मैले उचित ानिनँ । घरमै बसेर कविता नफुरे गीत पो फुर्छ कि भन्ने सोचाइले गायिका मेलवादेवीदेखि तारादेवीसम्मको गीत सुनेँ । गीतले पनि मसँग मीत लगाउने हिम्मत गरेन ।





अर्कोदिनको प्रयास, एकान्तमा ण्डा दिमागले सोच्नुपर्ने साथीको भनाईलाई मनन् गरी को ाको ढोका बन्द गरी भुइँलाई पानीले भिजाएर तालुमा चिसो पानीले ताइताइ गरेँ । त्यसपछि टाउको तल खुट्टा माथि अर्थात् शीर्षासन गर्दा पनि कविताले मेरो दिमागमा आसन जमाउन सकेन । उल्टै गर्दन सड्क्यो र सड्केको गर्दन मर्दन गर्न हजाम बाध्य भयो ।





कविताले मलाई रमिता देखाउन नसकेतापनि मैले हरेस खा'छैन । कारण जीवनमा एकपटक हरेक व्यक्ति कवि हुन्छन् भनी महान् दार्शनिक प्लेटोले बोलेको मैले पोलेको छैन ।





अब म अन्तिम प्रयासमा छु । उही केही पुरुषको सफलताको पछाडि एउटी नारीको हातको साथ । शायद नारी नल्याएसम्म मेरो कविता नफुर्ने निक्र्यौलमा आइपुगेको छु । अर्कोतर्फ शङ्का पनि लाग्छ - विवाहपछि सन्तानमात्र जुर्ने र कविता नफुर्ने त हैन < पर्खन त पर्‍यो - मेरो कवि बन्ने धुनले कुन उमेरमा पुगेर गुन लाउने हो । म ऐले बोल्न सिकिस्त छु ।





तपाईंको प्रतिकृया

Dheri ramielo lagyo ra bastabik pani kabita lekhna sajilo chaina



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम