Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
डा. पवन चामलिङ, मुख्यमन्त्री, सिक्किम, भारत - [2005-11-25]

डा. पवन चामलिङ भारतको सिक्किम राज्यका मुख्यमन्त्री हुनुहुन्छ । नेपाली भाषीहरुको राज्य मानिने सिक्किममा ७५ प्रतिशत नेपाली र बांकी भोटियो र लेप्चा जाति रहेका छन् । लेप्चा, भोटिया र नेपालीको किपटभूमि मानिने सिक्किम राज्यमा मुख्यमन्त्री पवन चामलिङले १२ डिसेम्बर १९९४ मा शासनसत्ताको बागडोर सम्हालेपछि सिक्किमे जनताहरु स्वर्ण्र्ाागको सुरुवात भएको सहर्षपमा स्वीकार गर्छन् । जनतालाई र्सवशक्तिमान ान्नुहुने डा. चामलिङ दोस्रो प्रजातान्त्रिक आन्दोलनका महानायक हुनुहुन्छ । दोस्रो कार्यकाल पूरा गरी तेस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहनुभएका डा. चामलिङ ा२१ औं शताब्दी नेपाली जातिको बनाउनर्ैपर्छ भनेर लागिपर्नुभएको छ । विश्वका नेपालीहरुलाई भाषागत र जातिगत आधारमा एकताको सूत्रमा बांधेर नेपाली जातिलाई संसारमा सर्वोत्कृष्ट जातिका रुपमा चिनाउनर्ुपर्छ भन्ने मान्यतामा चामलिङ हुुनुहुन्छ । त्यस्तै, उहां भारतका १ करोड बीस लाखभन्दा बढी संख्यामा रहेका भारतीय नेपालीहरुलाई अल्पसंख्यक समुदायका रुपमा मान्यता दिलाउन पनि दिलोज्यानले लागिपर्नुभएको छ । उहांको महाअभियानलाई आमभारतीय नेपालीले सकारात्मकरुपमा लिएका छन् भने अर्कोतिर उहांलाई सिक्किमको मात्र नभएर समस्त भारतीय नेपालीका राजनेता पनि मान्ने गरिन्छ । साथै, उहां २००४ जुलाई १३ देखि १५ सम्म "सिक्किम सम्मान सम्मिलन'' को आयोजना गरेर नेपाली भाषीहरुलाई सम्मान गरेपछि उहांको लोकप्रियता अझ चुलिएको छ । आफूलाई जनताको सच्चा सेवक ान्नुहुने सम्माननीय मुख्यमन्त्री डा. पवन चामलिङसंग नेपाल जापान डट कमका लागि वरिष् पत्रकार डम्बरकुमार गिरीले विविध विषयलाई लिएर गर्नुभएको कुराकानीको सरासंक्षेप यहां प्रस्तुत गरिएको छः ।



सम्माननीय मुख्यमन्त्री डा. पवन चामलिङज्यू, तपाईको नेतृत्वमा सिक्किम प्रजातान्त्रिक मोर्चाले तेस्रो कार्यकालका लागि पनि ऐतिहासिक विजय प्राप्त गर्‍यो, त्यसको कारण के ान्नुहुन्छ - कृपया प्रष्ट पारिदिनुहुन्छ कि ?



हामीले अहिलेसम्म जे-जति काम गरेका छौं, ती सबै जनमुखी र सही काम थिए । हामीले जनमुखी र सही दिशातर्फकाम गरेका थियौं । हामीले विगत साढे नौ वर्षा सिक्किमको पर्ूण्ा क्रिर्याकल्प गरेको ोकुवा त गर्दैनौं तर सिक्किमको इतिहासमा कहिल्यै नभएका र नगरिएका ऐतिहासिक र युगान्तकारी विकास र परिवर्तनहरु ल्याएका छौं । गरिबवादी, पर्ूण्ा मानवतावादी र पर्ूण्ा प्रजातन्त्रवादी मूल आदर्शलाई सर्वोपरी मान्यता दिएर जनताको काम गरेका थियौं । पुरानो रुढीवादी र प्रतिगामी राजनीतिक परिपाटीलाई समाप्त गरेर विचार अभिव्यक्ति र कार्य स्वतन्त्रता भएको प्रजातन्त्रवादी समाज निर्माण गर्न सफल भयौं । आलोचना र विरोधलाई सहने, नैतिकता र सच्चरित्रतालाई कायम राखेर राजनीति गर्ने, आफ्नो पक्षलाई पारदर्शी राख्ने, अवसरवादी प्रवृत्तिबाट मुक्त रहने र जनताको चाहना र आकांक्षालाई पूरा गर्ने राजनीतितर्फमात्र हामी उन्मुख भयौं । त्यसैको बावजुद नै हामीले ऐतिहासिक विजय प्राप्त गर्न सफल भयौं ।



तेस्रो कार्यकालको चुनौती र समस्याहरु के-के हुन् त ?



जनताले हामीमाथि जे विश्वास गरेका छन्, जनताले हामीमाथि जे आस्था व्यक्त गरेका छन्, त्यही जनताको विश्वास र आस्थालाई आकार दिने काम अबको पांच वर्षभत्र गर्नेछौं । हामी सिक्किमेली धर्तीबाट सबैखाले भ्रष्टाचारहरुको अन्त्य गर्न चाहन्छौं । आर्थिक भ्रष्टाचारले नैतिक भ्रष्टाचारलाई बढाउने गर्दछ र नैतिक भ्रष्टाचारले समाजलाई बर्वाद पार्दछ । समाज बर्वाद भएमा जनताका अधिकारहरु असुरक्षित हुन्छन् र जनता कमजोर बन्दछन् भन्ने हाम्रो मान्यता रहिआएको छ । नैतिक र चारित्रिकरुपले कमजोर मानिसहरुबाट सबल, सक्षम र समृद्ध समाजको परिकल्पना सम्भव छैन । नैतिक र चारित्रिक रुपले स्वस्थ र सबल सिक्किमेली पिढीको विकास हाम्रो चाहना र लक्ष्य हो । कानुनी वा व्यवस्थागत अधिकारले मात्र वर्तमान पर्रि्रक्ष्यमा जनताका सबै हितहरुको सम्पर्ूण्ारुपले सुरक्षा प्रदान गर्न सक्दैन । आजको सर्न्दर्भमा सशक्तिकरणको अधिकार, रोजगारीको अधिकार तथा साहचर्यको अधिकारलाई सुनिश्चित गरिनर्ुपर्छ भन्ने हाम्रो मूलभूत लक्ष्य रहेको छ ।



यहांले चुनावताका यो चुनाव शोषक र सामन्तीहरुका लागि अन्तिम चुनाव हुनेछ भनेर र्सार्वजनिकरुपमै दावी गर्नुभएको थियो । के सिक्किमबाट अब शोषक र सामन्तीहरु म्ाासिने नै भए त ?



शोषक र समान्तीहरु श्ाारीरिक तौरमा त मासिने छैनन् । वैचारिक र प्रवृत्तिको तौरमा पनि मासिने छैनन् । विगतमा एउटा शक्तिको रुपमा थिए, शोषक र समान्तीहरु । आजसम्म सिक्किमको शासन पद्धतिलाई आफ्नो हैकमद्वारा चलाउने भरमग्दुर प्रयास गर्थे, शासनबाहिर बसेर होस् वा शासनसंग सां गां गरेर । तर, चुनावपछि त्यो स्थिति अब विल्कुलै रहेन । अब शोषक र सामन्तीहरुको हैकम र एकाधिकार चल्ने छैन । सिक्किममा अब जनताले सांचो अर्थमा आफ्नो इच्छाले सञ्चालन गर्नेछन् । सोको लागि हामीले जनमत पाएका छौं । मलाई लागेको छ, एउटा नयां युगकै सुरुवात भएको छ, सांचो र सुदुढ प्रजातन्त्रका लागि । हामी अहिले त्यसको लागि दु्रतगतिले अगाडि बढिसकेका छौं ।



सम्माननीय मुख्यमन्त्रीज्यू, तपाई अझै भनिरहनुभएको छ, सिक्किममा एउटा क्रान्ति गर्न बांकी छ । नढांटी भन्नुहोस् त तपाईले परिकल्पना गर्नुभएको क्रान्ति कसरी सफल होला ?



मेरो क्रान्तिको केन्द्रबिन्दु न्यायप्रेमी सिक्किमेली जनता हुन् । सिक्किमेली जनता आफ्नो हक, अधिकार र उत्तरदायित्व लिएर जिउनर्ुपर्दछ । सिक्किमेली जनताले आफूमा भएको क्षमताअनुसार अथवा क्षमतालाई बढाएर सिक्किमका प्राकृतिक संसाधनलाई उचित काममा लगाएर सिक्किममा विकासका कामहरु ग्ानर्ुपर्दछ भन्ने मेरो लक्ष्य र मान्यता हो । मैले चाहेको क्रान्ति र अबको क्रान्ति विशेष गरेर आर्थिक समानताको क्रान्ति हो । समग्ररुपमा मानवजीवनलाई विकासको चरमचुलीमा पुर्‍याउने क्रान्ति हो । र, त्यसको लागि प्रत्येक सिक्किमे जनताको जीवनस्तर राम्रो हुुनुपर्‍यो । समग्ररुपमा समस्त सिक्किमे जनताको जीवन नै सम्पन्न बन्नुपर्‍यो । यो एउटा लक्ष्य र योजनासहितको विचार हो, जुन प्रत्येक जनताको सहभागिताद्वारा सफल बन्ने कुरा हो । तर, यो क्रान्ति कुनै व्यक्तिको विरोधमा, कुनै शासन र पद्धतिको विरोधमा चाहिं होइन । म यसलाई एउटा गलत प्रवृत्तिको विरोधमा भन्न सक्छु । यो एउटा जनताप्रतिको प्रतिबद्धता हो । सिक्किममा सबैले सुख र शान्तिसंग बांच्न पाउनर्ुपर्छ भन्ने पक्षमा हामी छौ । सिक्किममा सबैले सुख र शान्तिले बांच्न पाउने अवस्था नबनेसम्म हामीले थालेको यो क्रान्ति रोक्ने पनि छैनांै । यसलाई जारी राख्नेछौं ।



केन्द्रमा सरकार परिर्वतन भएको छ । विगतमा भाजपाको ग नबन्धनको सरकारलाई यहांले र्समर्थन गर्नुभएको थियो, अहिले कांग्रेस ग बन्धनको सरकारलाई र्समर्थन गर्नुभएको छ । यस्तो स्थितिमा तपाईको क्रान्तिमा बाधा त पुग्दैन ?



क्रान्तिको आफ्नै रुप र आफ्नै शैली हुन्छ । हामीले थालेको क्रान्ति बन्दुक समाउने क्रान्ति होइन । हाम्रो क्रान्ति अहिंसात्मक र आर्थिक क्षेत्रमा आधारित छ । म सिक्किम र सिक्किमे जनताको पक्षमा काम गर्छर्ुु मेरो पार्टर्ीीोत्रीय पार्टर्ीीो । मेरो कुनै राष्ट्रिय पार्टर्ीीग ग बन्धन छैन । तर, सिक्किम प्रजातान्त्रिक मोर्चा राष्ट्रिय विचारधारा भएको पार्टर्ीीो, त्यसकारण केन्द्रमा जुन सरकार आउछ, हामी मिलेर काम गछौर्ं । मिलेर काम गर्नु भनेको राष्ट्रको हितमा काम गर्नु हो । अर्कोतिर सिक्किम र सिक्किमे जनताको हितमा काम गर्नु हो । हामी कुनै सिद्धान्त, विचार र वादभन्दा माथि उ ेर जनताको पक्षमा काम गछौं । केन्द्रप्रतिको हाम्रो निर्ःशर्त र्समर्थन कुनै राजनीतिक ग बन्धन होइन । यो त राष्ट्र र जनताको पक्षमा केही गरौ भनेर गरिएको सरकार र सरकारबीचको ग बन्धन मात्र हो । यस्तो स्थितिमा हाम्रो क्रान्ति र हामीले थालेको अभियानमा कुनै बाधा, अड्चन उत्पन्न हुने प्रश्न नै उ ्दैन ।



सम्माननीय मुख्यमन्त्रीज्यू तपाई र तपाईको पार्टर्ीीएस.डी.एफ.) का शत्रुहरु को-को हुन् त - प्रष्ट पारिदिनुहुन्छ कि



व्यक्तिगत रुपमा मेरा शत्रु कोही पनि छैनन् । राजनीतिक रुपमा पनि म कसैलाई शत्रु ान्दिन । गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार, अशिक्षा, जातीय भेदभाव, जनता हेप्ने, शोषण गर्ने, कमजोर र निरीह ान्ने शोषक, सामन्त र जनविरोधीहरु हाम्रा शत्रु हुन् । म जनताका दुश्मन र प्रतिगामी शक्तिहरुसामु कदापि झुक्ने छैन ।



तपाईलाई को-कोसंग डर लाग्छ



संसारका सबैभन्दा शक्तिशाली भनेका नै जनता हुन् । जनताभन्दा शक्तिशाली कोही पनि हुन सक्दैन । त्यसैले मलाई जनतासंग डर लाग्छ । म जनताको एउटा सेवक हुं । जनताको सेवा गर्न नै राजनीतिमा म आकषिर्त भएको हंु । जनताको शक्तिको अगाडि कुनै तानाशाहको केही चल्दैन । न त बन्दुकले जनतालाई पराजित गर्न सक्छ । राष्ट्रपति, प्रधामन्त्री, मन्त्री, सांसद, विधायक र नेताहरु नै किन नहु्न् ती सबै जनताका अगाडि केही होइनन् । मलाई लाग्छ, राजनीतिज्ञहरु सबै जनताका सेवक हुन् ।



मुख्यमन्त्रीज्यू, तपाई सिक्किमलाई रामराज्यका रुपमा चिनाउने अभियानमा हुनुहुन्छ । तर, तपाईको पार्टर्ीीस. डी.एफ.मा अझै पनि विकृति, विसंगति, पलायनवादी र अवसरवादी सोचहरुले जरा गाडेको सुन्नमा आएको छ । वास्तविकता के हो



हाम्रो पार्टर्ीी पनि केही प्रतिशत नेताहरु र कार्यकर्ताहरु शारीरिकरुपमा हामीसंग भए तापनि वैचारिकरुपमा उहांहरु हाम्रो दुश्मनका रुपमा देखा परेका छन् । अनि यस्तो हुनु स्वाभाविक पनि हो । यस्तो प्रवृत्ति विश्वका सबै राजनीतिक दलहरुमा हुन्छ । यसबाट कोही पनि अछुतो रहन सक्दैन । तर, हामी पार्टर्ीीत्रका दुश्मन र पार्टर्ीीहिरका दुश्मनसंग संर्घष्ा गर्दै अगाडि बढिरहेका छौ जनताको पक्षमा ।



लामो समयसम्म सत्तामा बस्यो भने जो सुकै पनि तानाशाह बन्ने सम्भावना हुन्छ भनिन्छ, तपाई यस भनाइप्रति सहमत हुनुहन्छ



म विल्कुलै सहमत छैन । मैले माथि नै भनिसकें, म जनताको सेवामा समर्पित भएको एउटा सिपाही हुं । "जनताको राजमा जनता नै राजा'' भन्ने अभियानमा लागेको राजनीतिकर्मी हंु । तानाशाहको कलंक बोकेर इतिहास नै कलंकित पार्ने कल्पना म कहिल्यै गर्न सक्दिन । जसले आफूलाई जनताभन्दा माथि ान्छ, उसमा तानाशाहको भूत सवार हुनसक्छ । म त जनताको अगाडि एउटा सानो मान्छे हुं । जनताको शक्तिलाई अपव्याख्या गर्ने वा निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई हामी जनविरोधी ान्छौ ।



तपाई राजनीतिलाई पेसा ान्नुहुन्छ कि जनसेवा



म राजनीतिलाई पेसा, जनसेवाभन्दा पनि राजनीतिलाई कर्तव्य ान्दछु । जो म जनताका लागि राजनीति गरिरहेको छु । यसलाई तपाईहरुले धर्म भन्नुहोस् वा कर्म भन्नुहोस्, जसो भने पनि हुन्छ । तर, यो चाहिं पक्का हो कि राजनीति मेरो पेसा चाहिं होइन ।



विश्वमा नै वंशवादको राजनीतिले प्रश्रय पाएको छ तर तपाईले आफ्ना परिवार र नातेदारहरुलाई राजनीतिमा सहभागी गराउनुभएन नि



यही नै पवन चामलिङ अरुभन्दा भिन्न हुनुको विशेषता हो । अर्कोतिर जनता र प्रजातन्त्रप्रति पवन चामलिङ कति बफादार छ भन्ने कुराको पनि प्रमाण हो यो । म तेस्रोपल्ट मुख्यमन्त्री पदमा विराजमान हुंदासम्म पनि मेरो घरमा मात्र होइनन्, मेरो वंशका कोही पनि राजनीतिमा आएका छैनन् । न त सरकारी जागिरमा नै आएका छन् । जबसम्म म एस. डी. एफ. पार्टर्ीीे अध्यक्षको रुपमा रहन्छु, तबसम्म मेरो घरबाट, परिवारबाट र वंशबाट कोही पनि सक्रिय राजनीतिमा आउने छैनन् । राजनीतिलाई धन्दा होइन, जनसेवाको माध्यम बनाएर जनतालाई सही दिशा र बाटोमा नेतृत्व दिनु मेरो पहिलो कर्तव्य र दायित्व हो ।



पर्ूव मुख्यमन्त्री नरबहादुर भण्डारीका केही र्समर्थकहरुले सम्माननीयज्यू र उहांलाई एउटै थलोमा ल्याउने अभियानमा लागेको सुन्नमा आएको छ । उहां तपाईको पार्टर्ीी आउनुभयो भने सम्मान गर्नुहुन्छ



उहांको जो विचार छ, म त्यसको आदर गर्छर्ुु कदर गर्छर्ुु सबैले आ-आफ्ना विचार निर्वाधरुपमा व्यक्त गर्न सक्छन् । भण्डारी साब भनेको ूलो नेता हुनुहुन्छ । वरिष् नेता हुनुहुन्छ । उहां एउटा राष्ट्रिय पार्टर्ीीे नेता हुनुहुन्छ, म एउटा क्षेत्रीय पार्टर्ीीे अध्यक्ष र मुख्यमन्त्री छु । त्यसकारणले यो एउटा मि ो कल्पना र मि ो सपना हुनसक्छ, जसले सोचेका छन् उहांहरुको सोचाइ सफल बनोस्, म शुभकामना दिन चाहन्छु ।



सम्माननीज्यू, अल्पसंख्यकरुपमा रहेका भारतीय नेपालीहरुलाई अल्पसंख्यक समुदायमा मान्यता दिलाउने अभियानमा पनि अघि बढ्नुभएको छ, के यो कार्य सम्भव छ ?



नेपाली भाषाले भारतीय संविधानको आ ौ अनुसुचीमा अर्न्तर्भूत भई संवैधानिक मान्यता प्राप्त भएपछि भारतीय नेपालीहरुका लागि सबैखालका ढोका खुलेका छन् । सम्पर्ूण्ा भारतीय नेपालीहरुलाई राष्ट्रियरुपमा अल्पसंख्यक समुदायको मान्यता दिनर्ुपर्छ भनेर केन्द्र सरकारसंग माग राखिसकेका छौ । हामीलाई विश्वास छ, भारतीय नेपालीहरुलाई अल्पसंख्यक समुदायको मान्यता प्राप्त हुने नै छ ।



नेपाली भाषी भारतीय नेताहरुमा एकताको अभाव छ भनिन्छ नि ?



मलाई त्यस्तो लाग्दैन । सैद्धान्तिक र वैचारिकरुपमा पृथक् हुनु स्वाभाविक हो । भाषागतरुपमा र जातिगतरुपमा हामीमा त्यस्तो भतभिन्नता छैन । भारतीय नेपालीहरुलाई अल्पसंख्यक समुदायमा मान्यता दिलाउने हाम्रो अभियान भनेको नेपाली जातिलाई एकताको सूत्रमा आबद्ध गर्ने अभियान हो । आमभारतीय नेपालीहरुको धारणा राजनीतिकरुपले भन्दा पनि जातिगत र भाषागतरुपमा एकता हुनर्ुपर्छ भन्ने रहेको छ । यद्यपि हामी कही नेपाली र कही गोर्खाली भएर बांचेका छौ । अहिलेसम्म हामी एकमत भएर आफ्नो भाग्यको निर्माण गर्न सकेका छैनौ । हामी कसरी पक्का भारतीय नेपाली भएर सुरक्षित भएर बांच्न सक्छौ । त्यसबारे चिन्तन गर्नुपर्छ, हामी छरिएर रहनु दर्ुभाग्य हो । हाम्रो नेपाली जाति भवन र अथाह धनराशीले मात्र बांच्दैन तर भाषा, कला, संस्कृति र साहित्यले बांच्छ । हामीले मौलिकतालाई लुकाएर होइन प्रदर्शित भएर अघि बढ्नर्ुपर्छ ।



यहांको नेतृत्वमा र परिकल्पनाअनुसार राजनीतिभन्दा माथि उ ेर सिक्किम राज्य सरकारको तर्फाट "सिक्किम सम्मान सम्मेलन" को आयोजना गरेर भारतका विभिन्न राज्यमा रहेका नेपाली भाषीहरुलाई सम्मान त गर्नुभयो । तर, कतिपयले सम्माननीयज्यूको अभियानलाई फजुल खर्चको संज्ञा दिएका छन् नि ?



मान्छेले आफ्नो स्तरबाट सोच्ने गर्दछ र त्यहीअनुसार प्रतिक्रिया व्यक्त गर्ने पनि गर्दछन् । हामीले सिक्किम राज्य सरकारको तर्फाट नेपाली भाषीहरुलाई सम्मान दिने काम गर्‍यौ । सम्मान दिने काम भनेको हाम्रै नेपाली भाषीहरुको सम्मान गर्नु हो । र, उहांहरुले गरेको काम र पुर्‍याएको योगदानको मूल्यांकन गर्नु हो । म त्योभन्दा बढी सोच्ने गर्छर्ुुक नेपाली भाषीहरुलाई नेपालीले नै कदर गरेनन् अरु भाषीले गर्ने प्रश्न नै उ ्दैन । त्यसकारण हामीले यो पनि प्रमाणित गर्न चाहन्छौ कि हामी नेपालीहरु संसारमा केवल दर्बान मात्र छैनौ, हामी केवल मजदुर मात्र छैनौ, हामी नेपालीहरु सबै क्षेत्रमा अग्रपंक्तिमा छौ । कला, राजनीति, साहित्य, उद्योग व्यवसाय, सुचना प्रविधिलगायत विविध क्षेत्रमा उच्च स्थान बनाएका छौ । उच्च स्थान बनाएका विविध विधाका नेपालीहरुलाई मूल्याकन गर्ने र सम्मान गर्ने काम हामीले एउटा अभियानकै रुपमा चलाएका छौ । त्यसो गर्दा विश्वमा छरिएर रहेका नेपालीहरुमा एउटा सकारात्मक सन्देश जानेछ । उहांहरुलाई प्रेरणा लिएर अन्य नेपालीहरु पनि अगाडि बढ्नेछन् भन्न्ो मलाई लागेको छ । तर, यस विषयमा कसैले मिथ्या अफवाह फैलाउछन् भने त्यो उनीहरुको दर्रि्र सोचको उपज हो ।



सम्माननीयज्यूले २१औ शताब्दी नेपाली जातिको हुनर्ुपर्छ भनेर अभियान नै सुरु गर्नुभएको सुनिएको छ । यस अभियानमा के-कसरी अगाडि बढ्नुपर्ला ?



२१औ शताब्दी ज्ञानको शताब्दी हो । अहिलेको विश्व सूचनाको युगबाट ज्ञानको युगमा अगाडि बढिरहेको छ । तर्सथ, नेपालीहरुले र्सवप्रथम आफ्नो मानसिक विचार, सोचाइलाई असीमित, व्यापक र समयसापेक्ष बनाउनर्ुपर्छ । र, त्यहीअुरुप जिउन सक्नर्ुपर्दछ । नेपालीहरुले आफूमा भएको ज्ञानको अपार शक्ति र क्षमतालाई चिन्न सक्नर्ुपर्छ । नेपालीहरुले जुनसुकै क्षेत्रमा पनि काम गरेर देखाउन सक्ने अवस्था छ र सफल हुन पनि सकिन्छ । मुख्यतः हामीमा प्रतिबद्धता, लगनशीलता, आंट र साहस चाहिन्छ । नयां तकनिकी र नयां क्षेत्रहरुमा हामी जानर्ैपर्छ । विश्व निकै अगाडि बढिसकेको छ । विश्वले अब हामीलाई पर्खेर बस्दैन । आज संसारमा ज्ञानबर्द्धक समाज र नलेज इकोनोमी भन्ने कुराहरु आइरहेका छन् । अब हामी पनि एकाकार भएर त्यसतर्फकेन्द्रित हुनर्ैपर्छ । यो समयको माग हो । त्यो दिशातर्फहामी नेपालीहरु पनि जुट्यौं भने निश्चय नै २१औ शताब्दी नेपालीहरुको बन्नेछ । र, नेपालीहरुको शताब्दी बनाउनर्ैपर्छ ।



सम्माननीयज्यूको विचारमा २१औ शताब्दी नेपाली जातिको शताब्दी हुने सम्भावना छ त ?



म नेपालीहरुको क्षमतामाथि विश्वस्त छु । नेपालीहरुसंग अपार क्षमता छ । उनीहरु जस्तोसुकै काम गर्न पनि सक्छन् । मलाई लाग्छ, नेपालीहरु हरेक क्षेत्रमा संसारमा अगाडि आउन सक्छन् । त्यसैले हामी नेपालीहरुले सबैभन्दा पहिला आफ्नो क्षमता चिन्न सक्नर्ुपर्छ ।



प्रसंग बदलौ, सम्माननीयज्यूले नेपालको वर्तमान अवस्थालाई कसरी हेरिरहनुभएको छ ?



नेपालमा भइरहेको दर्दनाक अवस्था नेपालको आफ्नै समस्या हो । नेपाली जनताको साझा समस्या हो । नेपालीहरुले आफ्नो समस्याको समाधान आफै गर्नुपर्दछ । कुनै पनि समस्या आउन सक्छ र त्यसको समाधान पनि हुन्छ । केवल ढिलोचांडो मात्र हो । त्यसकारण नेपाली जनता समस्या समाधान गर्नेतर्फसफल हुन्छन् भन्ने मलाई विश्वास छ ।



सम्माननीयज्यूलाई त तपाईका विपक्षी पार्टर्ीीले नेकपा माओवादीसंग जोड्ने गर्दछन् नि ?



त्यो आरोप यहांका विपक्षी पार्टर्ीीको हतासाको पराकाष् ा हो । उनीहरुले मलाई आरोप लगाउने कुनै मुद्दा नभएपछि बेलाबखत अनेकआरोप लगाउने गर्छन् । पहिले-पहिले मलाई नेकपा एमालेसंग जोड्ने गर्दथे । अहिले नेकपा माओवादीसंग जोड्दैछन् । र, अब मलाई हुनसक्छ, विन लादेनसंग पनि जोड्न सक्छन् । विपक्षी मित्रहरुले कुनै दिन भन्न सक्छन् संसारमा जति-जति ूला घटनाहरु घट्छन्, त्यसमा पनि पवन चामलिङको हात छ । म त खुसी छु, किनकि एउटा क्षेत्रीय नेताबाट अन्तर्रर्ााट्रय नेता बनाउन मेरा विपक्षी मित्रहरु च्ााहन्छन् र लागिपरेका पनि छन् ।



सम्माननीज्यू, इराकमा मारिएका १२ जना नेपालीहरुको क्रुर हत्याप्रति यहांको धारणा के छ ?



उक्त हत्या न्यायप्रेमी जनताले सहन नसक्ने कुरा र जघन्य अपराध हो । म त्यसको घोर भर्त्सना गर्दछु । संस्ाारको कुनै पनि मुलुकमा किन नहोस्, जहां अत्याचार हुन्छ, त्यसको विरोध गर्नु मानवीय धर्म हो । म राजनीतिकर्मी नेता भएकोले भर्त्सना गर्नु मेरो कर्तव्य हो । नेपालीहरुको हत्या भएकोमा म ज्यादै विक्षिप्त बनेको छु । संसारका सारा नेपाली मिलेर यस्तो अन्याय, अत्याचारको विरुद्धमा लड्नर्ुपर्छ र यस्तो अन्याय, अत्याचारबाट मुक्त हुनर्ुपर्छ भन्ने आजको समयको मागलाई हामी सबैले बुझ्नर्ुपर्दछ ।



अन्त्यमा, सम्माननीय मुख्यमन्त्रीज्यू, नेपाली भाषी भारतीय राजनेताको नाताले विश्वभर छरिएर रहेका नेपालीहरुलाई नेपाल जापान डट कममार्फ के सन्देश दिन चाहनुहुन्छ ?



हामी नेपालीहरु संसारभर बल र बहादुरको उपाधिले होइन, विवेक र क्षमताको आधारमा चिनिनर्ुपर्छ । नेपालीहरुले पनि संसार हांक्न सक्छन् भन्ने मान्यतालाई मध्यनजर राख्दै अगाडि बढ्नर्ुपर्छ । हत्या र हिंसाबाट हामी टाढा रहनर्ैपर्छ । नेपाली-नेपालीबीचको रक्तपातपर्ूण्ा संर्घष्ा बन्द गरेर २१ औं शताब्दी नेपाली जातिको बनाउनेतर्फहामी अगाडि बढ्नर्ैपर्छ । नत्र नेपाली जाति विश्वकै पछौटे जाति बन्न सक्छन् । २१ औं शताब्दी नेपाली जातिको बनाउने कि नबनाउने त्यो हामी नेपाली जातिकै हातमा छ । त्यसैले हामीमा भएको अपार क्षमतालाई खेर नफालौं । हामी उपभोक्ता संस्कृतिबाट मुक्त हुनर्ुपर्छ । हामी उपभोक्ता होइन, उत्पादक बन्नर्ुपर्छ । परिश्रम गर्नुपर्छ । कमिला जस्तो होइन मौरी जस्तो । यही मेरो सोच र मान्यता छ ।



१४ डिसेम्बर २००४, प्रकाशन

नेपालजापान डटकमबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम