Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
हास्यव्यङ्ग्य सुगरकोटेड ट्याब्लेटजस्तो हुनुपर्छ (र्सूयबहादुर पिवा) - [2005-11-30]

नेपाली र नेपालभाषा साहित्यमा हास्यव्यङ्ग्यमा मात्रै स्थापित हुनुहुन्छ हास्यव्यङ्ग्यकार र्सूयबहादुर पिवा । राणाकालमा नागरिक अधिकारको आन्दोलनमा जेल पर्नुभएका र्सूयबहादुर प्रधानाङ्ग जेलबाट निस्कँदा र्सूयबहादुर पिवा -कुरुवा) बन्नुभएको थियो ।

वि.सं. १९८४ असोजमा भक्तपुरमा जन्मनुभएका साहित्यकार पिवाले वि.सं. २००२ देखि साहित्यको सिर्जना गर्न थाल्नुभएको थियो । उहाँको पहिलो रचना वि.सं. २००४ मा नेपालभाषाको साहित्यिक पत्रिका मतः -बत्ती) हातले लेखेर निकाल्नुभएको थियो । उहाँको लेखनमा मानवीय दर्ुवलता, राजनीतिक विकृति, सामाजिक र आर्थिक असमानतामाथि व्यङ्ग्य प्रहार हुने गर्दछन् । सरल र रोचक भाषा शैलीद्वारा व्यक्तिभन्दा प्रवृत्तिमाथि प्रहार गर्नुहुन्छ उहाँ ।



वि.सं. २०६२ वैशाखमा भीमरथारोहण गर्नुभएका वरिष्�� हास्यव्यङ्ग्यकार जति नेपाल भाषामा लोकप्रिय हुनुहुन्छ त्यति नै नेपालीमा पनि हुनुहुन्छ । उहाँका हालसम्म हास्यव्यङ्ग्यसङ्ग्रहहरूमा मास्टरसाहेब, घुयेँत्रो, झटारो र जिउँदोमान्छेको फेला र नेपाल भाषामा पाँचवटा सङ्ग्रह प्रकाशित छन् । नेपाली र नेपालभाषा साहित्यमा विगत ६ दशकदेखि उटै विधामा समर्पित भएर साहित्यिक साधना गरिरहनुभएका भए पनि र्सर्ूयबहादुर पिवाले वि.सं. २०४७ मा भैरव अर्याल पुरस्कारबाहेक अरू कुनै पुरस्कार-सम्मान पाउनुभएको छैन ।



¯ "साहित्य लेखनमा कहिलेदेखि कसरी आकषिर्त हुनुभएको थियो -"

- विद्यार्थी भएर स्कुलमा पढ्दा कहिले पनि अनुपस्थित हुन्नथेँ म । सधैं गृहकार्यहरू पनि गरेर लान्थेँ म । अतः स्कुलका अधिकांश शिक्षकहरू मलाई माया गर्थे । म नेवारको बच्चा थिएँ । तर मेरो नेपालीको लेखाइ अरू विद्यार्थीहरूको भन्दा अलि बढी शुद्ध हुन्थ्यो । दर्ुइ हजार दर्ुइ/तीन सालतिरको कुरो हो, भक्तपुरको श्री पद्म हाईस्कुलमा संस्कृत पढाउनु हुने गुरु श्री यदुनाथ आचार्यले एक दिन हाफ टाइममा बोलाएर मलाई भन्नुभयो- "र्सर्ूयबहादुर ! त्रि्रो नेपाली राम्रो छ । फर्ुसदमा नेपालीमा निबन्ध र कविताहरू पनि लेख्ने गर है । भविष्यमा तिमी लेखक बन्ने छौ ।" यसो भनेर उहाँले अनुस्टुप छन्द कस्तो हुन्छ भनेर सिकाउनुभयो ।

अनि मैले भोलिपल्टै अनुस्टप छन्दमा एउटा श्लोक बनाएर गुरुलाई देखाएँ । पहिलोपल्ट छन्दमा लेखेको कविता हुँदा अहिलेसम्म कन्�� आउँछ मलाई । सो कविता हो-

"थर मेरो प्रधानाङ्ग नाम र्सर्ूयबहादुर

नेपाल भक्तको अङ्ग, खौमाकुटूबहाल घर"

छन्द मिलाउनलाई मैले "कुटुबहाल" लाई

कुटूबहाल भानुभक्तले झैं हलन्त बनाएर लगेँ ।

गुरुले भन्नुभयो- "छन्द ब्रि्रेको छैन । सबै अक्षर मिलेका छन् ।"



मेरो निकै हौसला बढ्यो । त्यसबेलादेखि म लेखनतिर आकषिर्त हुँदै गएँ । मीनपचासको बिदामा र लामो बिदामा निबन्ध र छन्दमा कविताहरू लेख्ने गर्न संस्कृतका श्लोकहरूको नेपाली छन्दमा नै अर्थ लेख्ने गर्थेँ म । साथै मीन-पचासको बिदामा र लामो बिदामा कुशवाहा कान्तका हिन्दीका उपन्यासहरू पढ्थेँ म । त्यसबेला आजभोलि जस्तो छ्याप्छ्याप्ती पुस्तकालयहरू थिएनन् र पुस्तक पसलमा पा�� ्यपुस्तकबाहेक अरू किन्न पाइन्दैनथ्यो । पुस्तक पसलमा पाइने लक्ष्मीप्रसाद देवकोटाका मुनामदन, बालकृष्ण समका नाटकहरू, लेखनाथद्वारा छन्दमा लेखिएका कविताहरू, हृदयचन्द्रसिंहका व्यङ्ग्यात्मक निबन्धहरू किनेर पढ्थेँ । विद्यार्थी जीवनमा पा�� ्यपुस्तकहरू मात्र विद्यार्थीले पढ्ने होइन, अन्य पुस्तकहरू पनि पढ्ने गर्नुपर्दोरहेछ । अन्य पुस्तकहरू पढ्ने भएकाले पनि मेरो लेखनतिर ध्यान बढ्दै गएको होजस्तो लाग्दछ ।



¯ हास्यव्यङ्ग्य लेखनलाई किन विच्छीपालन र र्सपपालनसरह हो भन्नु भएको -- वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्र आउनुभन्दा पहिले जहानियाँ निरङ्कुश राणा शासन थियो । निरङकुश शासन भएकाले राणाजीहरूको समयमा साहित्यको जुनसुकै विधामा कलम चलाउनु पनि अति डरलाग्दो थियो बिच्छीपालन र र्सपपालनजस्तै । साहित्यको मुख्य कार्य हो जनताको हित हुने कुरा बताउनु । "साहित्य" भन्ने के हो भन्ने विषयमा भनिएको छ- "साहित्य" भन्ने शब्द नै हित भन्ने शब्दबाट आएको हो । त्यसैले लेखिएको छ- "हित सम्पादयति इति साहित्यम् ।" यसबाट र्छलङ्ग छ- "कथा, कविता, निबन्ध, नाटक, उपन्यास आदि लेख्दा जनताको हित चिताएर लेख्ने गर्नुपर्दछ । तर राणाकालमा जनताको हित हुने साहित्य रच्ने साहित्यकारहरू जस्तै सिद्धिचरण, चित्तधर, हृदय आदि जेल परे । भन्नुको तार्त्पर्य हो- प्रजातन्त्र नभएका देशहरूमा जनताको हित हुने खालका साहित्य रच्नु पनि बिच्छीपालन र र्सपपालन सरह थियो । अचेल हाम्रो देशमा प्रजातन्त्र त छ तर मानिसहरूको सोचाइ र व्यवहार उही पुरानै खालको छ । अतः हास्यव्यङ्ग्य रचना रच्ने रचनाकारहरूदेखि माथिल्लो तहमा बस्ने �� ूल�� ूला व्यक्तिहरू मर्ुर्मुरिन थाल्दछन् । त्यसैले अहिले पनि अधिकांश हास्यव्यङ्ग्य लेख्ने लेखकहरू छद्मनामबाट रचना लेखेर प्रकाशित गर्ने गर्दछन् । यसरी छद्मनामबाट हास्यव्यङ्ग्य लेख्नुपर्ने कारण हो हास्यव्यङ्ग्य रचना लेख्नु बिच्छीपालन र र्सपपालनसरह भएर । घोचपेचको साहित्य माथिल्लो तहमा बसेर शासन गर्ने मानिसहरूलाई अपच हुँदो रहेछ । त्यसैले हास्यव्यङ्ग्य लेखनलाई विच्छीपालन र र्सपपालनसरह हो भनेको हुँ मैले ।"

¯ साहित्यका अन्य विधामा नलागी हास्यव्यङ्ग्य मात्रै लेख्नुको कुनै कारण छन् कि -- हास्यव्यङ्ग्यात्मक पाराले लेख्दा धेरै मानिसहरूले पढ्लान्जस्तो लागेर साहित्यको अन्य विधामा नलागी हास्यव्यङ्ग्य मात्रै लेख्ने गरेको हुँ मैले । मलाई लाग्दछ - हास्यव्यङ्ग्यात्मक रचनाहरूले सुगरकोटेड ट्याब्लेटजस्तै काम गर्दछन् । व्यङ्ग्यमा हास्य रसको पुट हुनु अति अनिवार्य छ । व्यङ्ग्यात्मकढङ्गले मात्र भनियो भने जो मान्छेलाई ताकेर भनिएको हो त्यस मानिसको मनमा क्रोध उ�� ्न सक्दछ । मैले लेखेको हास्यव्यङ्ग्य लेखहरू पा�� कलाई कति मन पर्दछ त्यो म भन्न सक्दिन । तर हास्यव्यङ्ग्यात्मक रचनाभो भनेदेखि अधिकांश पा�� कले नछाडिकन पढ्छन् कि जस्तो लाग्दछ । अतः साहित्यको अन्य विधामा नलागी हास्यव्यङ्ग्यमा मात्र लागेको हुँ म ।

¯ सफल हास्यव्यङ्ग्य लेखनका महत्वपर्ूण्ा र अनिवार्य तत्व के हुन् -- सफल हास्यव्यङ्ग्य लेखनमा वाक्यहरू सामान्य मान्छेले बुझने हुनर्ुपर्दछ र भाषा पनि बोलीचालीको हुनु पनि पर्दछ जस्तो लाग्दछ । क�� िन र अप्रचलित शब्दहरू प्रयोग गरिएन भने हास्यव्यङ्ग्य रचना बढी प्रभावकारी होलाझैँ लाग्दछ । हास्यव्यङ्ग्यात्मक रचना उपदेशात्मक पटक्कै हुनुहुन्न । व्यङ्ग्य रचना लेख्दा हास्य रस राख्न प्रयास गर्नुपर्दछ । व्यङ्ग्यात्मक रचना सामयिक पनि हुनर्ुपर्दछ । हरेक वर्षगाईजात्रामा देखाइने प्रहसनहरू मान्छेलाई मन पर्नुको मुख्य कारण सामयिक भएर नै हो जस्तो लाग्दछ । व्यङ्ग्य सामयिक र हास्य रस भएको छ भने त्यो अति प्रभावकारी हुन पुग्दछ ।



¯ हास्यव्यङ्ग्यले समाजमा कस्तो प्रभाव पार्नु पर्छ र कस्तो परिरहेको �� ान्नुहुन्छ -

- हास्यव्यङ्ग्य रचना लेख्दा कुनै व्यक्तिलाई किटान गरेर भन्न हुँदैन । हास्यव्यङ्ग्यले समाजमा सुधार ल्याउनर्ुपर्दछ । त्यसैले म भन्ने गर्दछु- हास्यव्यङ्ग्यमा आधा यथार्थको कुरा र आधा ख्याल�� ट्टाको कुरा हुनर्ुपर्दछ । तब आफूले भन्न खोजेका कुराहरू आफ्नो हास्यव्यङ्ग्यले पूरा गर्दछ । हास्यव्यङ्ग्यात्मकढङ्गले लेखिएका नाटक, कविता, निबन्ध आदिले मानिसलाई अति प्रभाव पार्दछ ।

¯ हास्यव्यङ्ग्य लेखन बढी सामयिक हुने भएकोले यसको चिरकालिक साहित्यिक महत्व हुन्छ कि हुँदैन, कसरी -

- मैले अघि नै भनिसकेँ- अधिकांश हास्यव्यङ्ग्यात्मक रचनाहरू सामयिक भइराखेका हुन्छन् । हुन त सारा साहित्यिक रचनाहरू नै सामयिक हुन्छन् । हास्यव्यङ्ग्य साहित्य बढी नै सामयिक हुन्छ । हास्यव्यङ्ग्य साहित्य लेखे धेरै कालसम्म आफ्नो नाम रहँदैन कि भन्ने �� ानेर हास्यव्यङ्ग्य लेख लेख्नेहरू साहै्र नै कम छन् । हास्यव्यङ्ग्य मात्रै लेख्ने लेखकलाई उच्चकोटिको लेखकको रूपमा हेरिने चलन पनि छैन ।

¯ नेपालभाषा र नेपाली भाषामध्ये कुन भाषामा लेख्दा सजिलो हुन्छ, किन -

- जुन भाषा घरमा परिवारहरूसित बोलिन्छ त्यही भाषामा लेख्ने जोकोहीलाई पनि सजिलो हुन्छ । मेरो मातृभाषा नेपालभाषा अर्थात् नेवारी हो । नेपाली भाषा स्कुलमा सिकेर मात्र जानेको भाषा हो । कुनै लेखकले आफ्नो मातृभाषामा लेखेको रचनाहरू नै बढी सफल र उत्कृष्ट हुन्छन् ।

¯ आमसञ्चारको विकास र विस्तारले हास्यव्यङ्ग्य विधाले जुन रूपमा स्थान पाएको छ त्यहीरूपमा विकास हुन सकेको छ - कसरी -

- जति आमसञ्चारको विकास र विस्तारले हास्यव्यङ्ग्य विधाले स्थान पाएको छ, त्यही रूपमा विकास हुन नसकेको कुराचाहिँ पक्कै हो । हास्यव्यङ्ग्य विधाको पूरा विकास हुनलाई पर्ूण्ा प्रजातान्त्रिक वातावरण हुनर्ुपर्दछ । हामीकहाँ अधकल्चो प्रजातन्त्र छ । त्यसैले आमसञ्चारको विकास र विस्तारले जुन स्थान पाएको छ त्यही रूपमा हास्यव्यङ्ग्य विधाको विकास हुन नसकेको हो झैँ लाग्दछ ।

¯ हास्यव्यङ्ग्य लेखनलाई कुन रूपमा लिनु भएको छ -

- हास्यव्यङ्ग्य लेखनलाई मैले समाजमा सुधार ल्याउने साधनको रूपमा पनि लिएको छु । साथै मनोरञ्जन दिने साधनको रूपमा पनि लिएको छु । तर मूलतः हास्यव्यङ्ग्य लेखनले समाजमा सुधार ल्याउन नै कोसिस गर्नुपर्दछ । हास्यव्यङ्ग्य लेखनले मनोरञ्जन दिन खोज्नुचाहिँ प्राथमिक उद्देश्य हुनुहुँदैन ।

¯ साहित्यिक क्षेत्रमा धेरै सम्मान/पुरस्कारहरू भए पनि नेपालभाषा र नेपाली दुवै क्षेत्रमा खासै मूल्याङ्कन हुन सकेको देखिँदैन । किन होला भन्ने �� ान्नुहुन्छ -

- नेपाली र नेपालभाषामा साहित्यिक क्षेत्रमा धेरै सम्मान र पुरस्कारहरू छन् । जुन कुरा तपाईंले भन्नु भो त्यो कुरा �� ीक साँचो हो । भन्नचाहिँ नहुने कुरा तर भन्नुचाहिँ पर्ने नै कुरा के छ भने अधिकांश संस्थाहरूले साहित्यिक क्षेत्रमा सम्मान तथा पुरस्कारहरू पक्षपात गरेर दिने गर्दछन् । बर्से त्यो पक्षपात कम हुँदै गइराखेको छ । मलाई लाग्दछ, साहित्यिक पुरस्कार र सम्मान दिने संस्थामा काम गर्नेहरू पनि साहित्यिक व्यक्तिहरू छन् । अब नेपाली र नेपालभाषाका साहित्यकारहरूले पनि सम्मान र पुरस्कार समानुपातिक रूपमा पाउँदै जानेछन् कि झैँ लाग्दछ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम