Online Nepali Literature Forum
   

Users Online : 14
| More
अक्षरको आकार:   - | +
सूचना/संन्देश
नेपाली भाषा साहित्यका धरोहर आदीकवी भानुको जन्मस्थल संरक्षणलाई सहयोग गरौ - [2009-07-13]

नेपाली भाषा साहित्यका धरोहर आदीकवी भानुको जन्मस्थल संरक्षणलाई सहयोग गरौ

हामी नेपालीहरु विभिन्न आफ्नो मातृभाषाहरु बोल्दछौ यद्यपी देशविदेशमा रहेका हामी सवै नेपालीहरुलाई एकैशुत्रमा बाँध्ने काम चाहि नेपाली भाषाले नै गर्दै आएको छ। नेपाली भाषा, साहित्यको लागि विश्वभरका नेपालीहरुले भानुलाई एकताको प्रतिकको रुपमा मान्दै आएका छौ।

घरदेश नेपाल भन्दा बाहिर परदेशमा भानु जयन्ति विशेष रुपमा अर्थात नेपाली भाषीहरुको एकताको रुपमा मान्दै आएका छौ। नेपाली भाषाको लागि यतिविध्न योगदान पुर्‍याउनुहुने आदीकवी भानुको जन्मघर भत्किएको र संरक्षण नभएको खबरले जो कसैको मन दुख्नु स्वभाविकै हो। सरकारको ध्यान नजानु अर्को दुखद पक्ष हो। हाम्रो ठम्याइमा भानुको जन्मघरको वेवास्त हुनुभनेको नेपाली भाषा साहित्यको पनि वेवास्त हुनु हो त्यसैले देशविदेशमा रहेका हामी (स्रष्टा) हरुले जे सम्म सकिन्छ आवाज उठाऔ, भानुको जन्मस्थललाई संरक्षण गरौ। अरु कसैले संरक्षण, सम्बर्द्धन गर्न नभ्याए पनि हामी (स्रष्टा) हरु जसले नेपाली साहित्यको लागि रातदिन सोचिरहेका छौ। हामी आफैले अवश्य केही गर्नुपर्दछ भन्ने उद्देश्यले यथासक्दो आर्थिक संकलन गर्ने निर्णय गरिएको छ। सहयोग दाताहरुको सहयोग रासी, नाम र ठेगाना यहि वेभसाइटमा प्रकाशन गरिने छ। गतिविधिहरु पनि यहि वेभसाइटमा राखिने छ साथै अनलाइन नेपाली साहित्य मंचको स्मारिकामा समेटिने छ।

यस मंचका सल्लाहकार सम्पादक रमेश पौडेल स्वयं पनि सोहि जिल्लाको हुनुहुन्छ र जेजति सहयोग संकलन हुन्छ हामी भानुको जन्मस्थान संरक्षणमा लगाउने छौ भनी आत्मा विश्वास लिएका छौ।

नेपाल, नेपाली र हाम्रो पहिचान – नेपाली भाषा साहित्यको लागि यथासक्दो सहयोग गर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ। तपाईको सानो सहयोगले महत्वपूर्ण र ठूलो काम बन्न सक्दछ। नेपाली हुनुमा गर्व गरौ र आत्मा गौरव, आत्मा सन्तुष्टिको लागि यथासक्दो सहयोग गरौ।

सहयोगको लागि इमेल सम्पर्कः direct.letter@gmail.com

देशविदेशमा उत्साहप्रद ढङ्गले नेपाली साहित्यका संघसंगठनहरु बनेका छन्, बनाएका छौ। सबैबाट सल्लाह, सुझाव, सद्भाव र सहयोगको आस गर्दछौ।

- भानुको जन्मघरको अवस्था बारे दुःख लाग्दो समाचार पढ्न यहाँ थिच्नुहोस ।>>>




वेलायतबाट भानुको जन्मस्थल संरक्षणलाई सहयोगको शुरुवात

१. सुरेन्द्र इङनाम (www.kalasahitya.com सम्पादक) तेह्रथुम इवा, हाल: वेलायत/ब्रुनाई £50
२. चिरन शर्मा (www.nepalBritain.com सम्पादक) हाल: लण्डन £20
३. भिष्मराज निरौला (2RGR धार्मिक शिक्षक), हाल: वेलायत £20
४. किशोर सापकोटा, (समाजसेवी तथा उद्यमी) बाग्लुङ, हाल: फक्स्टोन वेलायत £50
५. गोपीकृष्ण प्रसाइ, (उपाध्यक्ष अनेसास), झापा, हाल: युके £10
६. टेक लोक्ताम (सचिव - किरात धर्म तथा साहित्य उत्थान संघ, युके) £20
६. डम्बर खजुम (प्रोपाइटर खजुम ट्राभल्स), हाल: युके £20
७. रामकृष्ण सुनुवार, सल्लाहकार - प्रवासी नेपाली साहित्य समाज (प्रभात) वेलायत £10
....>>>>

अर्थिक सहयोग जेजति भए पनि सबैभन्दा ठूलो चाहि सद्भाव पठाउनु हो । जेजति संकलन हुन्छ त्यसको प्रयोग यथासक्दो प्रत्येक्ष प्रवासी नेपालीहरुको निगरानीमा हुने गरि कोसिस गरिएको छ । यो अभियानको लागि अन्तर्राष्ट्रिय स्तरको संजाल बन्नेक्रम पनि चल्दैछ । नेपालमा पनि सम्बन्धित निकाय तथा गाँउवासीहरु संग सम्पर्कको लागि प्रयास भईरहेको छ । यसवेला हामीलाई सल्लाह सुझावको आवश्यक छ र सहयोग गर्न सबैलाई आग्रह गर्दछौ । सहयोगि दाताहरुलाई धन्यवाद ।





तपाईंको प्रतिकृया

मित?र तिगेला जि,
हाम?रा आदरणिय बिभ?ती भान?भक?तको जन?मस?थलो द?राबस?था र प?नर?निरमाण सम?बन?धमा सम?बन?धित निकाय सित संपर?क ह??दैछ र नेपाल स?थित डा. त?लसी भट?टराई प?रम?ख रहन? भ?को भान?भक?त प?रतिस? ान मार?फत नै योजनालाई कार?यन?वनमा लैजान? पर?ने ह?न?छ किनकी यो ?ैतिहासिक स?थल सम?बन?धी बिज?ञ?यहर?को सहयोग बिना काम गर?न सजिले र उपय?क?त पनि ह?न?न । त?यसैले यो बिषयलाई अहिले ?न आर ?न?, आइ. ?न. ?ल. यसका अधिकारिहर? गम?भिर र?पमा लाग?न? भ?को छ र ?न? आर ?न का मान?डौ कार?यालयका सचिब जि ले आउदो सम?मेलन ३ अक?टोबर २००९ मा राख?दै ह?न?ह?न?छ । नेपालका प?रतिष? ित ब?यक?तित?व लगायत अमेरिका र तपाईंहर? समेत? सम?मिलित ?उटा सो स?थल निर?माण समिती यो महिना भित?र मै तयार गर?न हामी लागि परेका छौ । आइ ?न ?ल यस का ट?रस?टी स?मन तिमल?सिना जि ले ?लो सहयोग प?र?याइ राख?न? भ?को छ । छिट?टै नै भान?भक?त प?रतिस? ानबाट योजनाको बिस?त?रित विवरण (DPR ) प?राप?त गरी आउदो हिउदको स?र?बाट नै काम स?र? गर?ने तयारी गर?दैछौ । तसर?थ मित?र तपाईंको प?रयासको धन?यवाद शाहीत प?रससा गर?दछौ र तपाईं लगायत बेलायतमा रहन? भ?का साहित?य प?रेमी र सहयोगिहर? सित संपर?क र सहयात?राको लागि अन?रोध गर?दछौ
शेखर ढ?ङेल
क?यालिफोर?निया य? यस ?
५१०-२०७-३७९१



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम