Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
सङ्गीतको एउटा युगसाधक नारायणगोपाल हरेक सङ्गीत-पुस्ताका गुरु र श्रोताका मानक रहे...(रमण घिमिरे) - [2005-12-05]

यतिखेर नेपाली आधुनिक सङ्गीतमा मन्दी चलेका बेला मलाई नारायणगोपालको सम्झना हुन्छ । यद्यपि, नारायणगोपाल द्वापरका गोपाल थिएनन्, जसले बाँसुरी फुक्नासाथ समस्याको हल निस्कियोस् । तर, यी गोपालमा पनि ती गोपालका छेउछाउको बुद्धि, विवेक र कला थियो भन्ने कुरो उनले विभिन्न चरणमा गाएका गीतहरूबाट प्रमाणित हुन्छ ।



नारायणगोपालका अनन्य मित्र तथा उनकै गीतकार नगेन्द्र थापाले 'नारान' को गायकीको नालीबेली लगाउँदै उनको विशेषतालाई घामजस्तै छर्लङ्ग पारेका छन् । "नारान एउटा यस्तो गायक थियो, जसको स्वरले जस्तोसुकै गीतलाई पनि जीवन दिनसक्थ्यो, गति प्रदान गर्न सक्थ्यो," थापाले भनेका छन्, "उसको 'जादु' को स्वरले छोएपछि कमजोरभन्दा कमजोर गीतहरू सबल भएर बौरिन्थे । सङ्गीतकार र गीतकारको सिर्जनालाई 'जस्टिफाइ' गर्नसक्ने क्षमता थियो उसको स्वरमा । "



यसमा कुनै शङ्का छैन, नारायणगोपाल अद्वितीय स्वरका धनी थिए । यो कुरा सङ्गीतका सामान्य ज्ञाताले पनि बुझेका छन् । तर, यसबाहेक उनमा एउटा विलक्षण समयचेत पनि थियो । त्यसैले उनले हरेक कालमा गाएका गीतहरूमा त्यस काललाई मात्र होइन, अनन्त भविष्यलाई पनि हाँक्न सक्ने क्षमता थियो । पछिल्ला छिमलका नामी गायक दीपेशकिशोर भट्टराईले जमानामा नारायणगोपालले गाएको गीत 'मलाई माफ गरिदेऊ' गाएर लोकपि्रयता प्राप्त गरे । यो गीत छान्नुमा भट्टराईको पनि थोरबहुत विद्वता देखिन्छ । उनले जानेर त्यही गीत छाने, जुन गीतलाई उनको स्वरले पनि थोरबहुत मि ास भरेको छ । तर, नारायणगोपालले गाएका जुनसुकै गीतमा पनि यो शक्ति थियो । उनकै पुस्ताका कतिपय लोकपि्रय गायक-गायिकाका गीतहरू आज 'अर्काइब' भइसकेका छन्, केही कलाकारहरू जीवितै छन् तर यस पुस्ताका गायक-गायिकाले पनि चिन्दैनन्, श्रोताले त झन् बिर्सी नै सके । तर, नारायणगोपाल हरेक सङ्गीत-पुस्ताका गुरु र श्रोताका मानक रहे । हरेक पुस्ताका गायकले उनका गीत गाएरै आफ्नो स्वरमा धार लगाए, आफ्नो गायकीको पहिचान गरे र गन्तव्य पहिल्याए । हरेक पुस्ताका श्रोता उनको चुम्बकीय गायनमा एकनास तानिइरहे । त्यसैले आज पनि उनी हरेक रेडियोको श्रोता सर्वेक्षणमा अब्बल गायकमध्ये पर्छन् ।



उनको पुस्तामा सर्वाधिक सशक्त स्वरसाधकहरू थिए । हरेकको स्वरमा जादु थियो । हरेकमा आफ्नो मौलिक गायकीको रौनक थियो । र, हरेकले आ-आफ्नो उचाइ बनाएका थिए । तर, नारायणगोपाल ती सबै उचाइभन्दा माथि थिए । कालान्तरमा उनका समकालीनहरू र नारायणगोपाल, हिमाल र सगरमाथाजस्ता हुन पुगे । नेपाली समग्र गायनमा नारायणगोपाल सगरमाथा थिए । नगेन्द्र थापाले यस उचाइलाई एउटा मौलिक नाम दिए, 'स्वरसम्राट्' ।



थापाले २०२७ सालमै साहित्यिक पत्रिका धूपी मा उनका 'नारान' लाई 'स्वरसम्राट' बनाइसकेका थिए । स्वरले मात्र होइन, सङ्गतले पनि थापाले आफ्ना 'नारान' लाई अरूले भन्दा नजिकबाट चिन्थे । त्यसैले त थापाले घोषणा गरेको दुई दशकपछि नारायणगोपालको निधनउप्रान्त उनलाई जनस्तरमै सर्वमान्य 'स्वरसम्राट्' को उपाधि दिइयो । र, नारायणगोपालको देहावसानको डेढ दशक बितिसक्दा पनि र नयाँ गीत नहुँदा पनि उनी नेपाली गायनका सगरमाथामै स्थापित छन् ।



हट्टाकट्टा शरीरका धनी नारायणगोपाल स्वरमा मात्र होइन, अरू कुरामा पनि अब्बल थिए । उनको गीत छनोटको विशिष्टता, सङ्गीत बुझाइको मौलिकपन उनलाई उनको गायकीमा कालजयिता प्रदान गर्ने गुण थिए । उनी गायनबाहेकका कुरामा लागेनन्, यो बेग्लै कुरा हो । तर, उनी बुद्धि खियाएर चेस खेल्थे, पप्लु खेल्थे । फुटबलका अखण्ड दर्शक थिए र इतिहासलगायत विविध विषयहरूका अध्येता पनि । उनी चेसमा आफूलाई सितिमिति हार्न दिँदैनथे, फुटबल हेर्दा पहिल्यै जितहारको निर्णय गर्नसक्थे । नेपालको मात्र होइन, विश्वकै इतिहास उनलाई कण् थियो । त्यसैबेला पनि नेसनल ज्योग्राफी जस्तो अप्राप्य म्यागजिन उनी मगाएर पढ्थे ।



'नारान' का यी कुराहरूमाथि गीतकार थापाले मौलिक अनुमान गरेका छन् । थापाको अनुमानमा, "नारान गायक नभएको भए सङ्गीतकार हुन्थ्यो कि ? सङ्गीतकार पनि नभएको भए इतिहासको प्राध्यापक हुन्थ्यो कि ? इतिहासको प्राध्यापक पनि नभएको भए पहलमान हुन्थ्यो कि ?" आफूमा विविध आयाम र अनेकौँ विशेषताहरू समेटेका नारायणगोपालले आफूभित्रको यही अध्ययनशीलता र नौलोपनको खोजीले नै आफ्नो गायन र गाएका गीत-सङ्गीतको उमेर पहिल्याउन सके । नारायणगोपालमा रहेको यो कला उनका समकालीन र पछिल्ला विरलै कलाकारमा पाइन्थ्यो र पाइन्छ । उनी अध्ययनकै आधारमा विश्वसङ्गीतसँग नजिकिन चाहन्थे र धेरै मानेमा यसमा उनी सफल भए पनि । उनको 'ब्लु नोट्स' मा पश्चिमी 'ब्लुज' को पर्न खोजेको प्रभावको कारण पनि यही नै थियो । नारायणगोपालको 'ब्लुज' शैलीलाई नजिकबाट बुझेका र उनको 'ब्लु नोट्स' रेकर्डमा टिप्पणी पनि लेखिदिने अभि सुवेदीले नारायणगोपालको 'ब्लुज' बारे भनेका छन्, 'मलाई नसोध कहाँ दुख्छ घाउ...' लाई एक नेपाली ब्लुज भने हुन्छ तर यसमा कविताको भावना र सङ्गीतको अभिव्यञ्जनालाई समागम गराउन उनले पाएको सफलता सबभन्दा ूलो उपलब्धि मान्नुपर्छ । उनको स्वरले उनले चाहेजस्तो यस समागमलाई स्वरूप दिएको छ ।" नारायणगोपालले बुझेको सङ्गीत त्यसैबेला पनि विश्वजनीन थियो । उनी सङ्गीतमा आफ्नोपन त खोज्थे तर पहिचानका लागि साँघुरो घेराभित्र थुनेर राख्ने मान्यतामा थिएनन् । उनको 'ब्लुज' को अवधारणा सङ्गीतको सीमाहीन उडानको यात्रामोह थियो । थापा स्मरण गर्छन्, "...नारान भन्ने गथ्र्यो- सङ्गीतको कुनै देश हुँदैन, सीमा हुँदैन, कुनै खास भाषा हुँदैन- सङ्गीतको भाषा भनेको अन्तर्राष्ट्रिय भाषा हो- यसैले सङ्गीतलाई सङ्कुचित पार्नु हुँदैन । आज म यस कुरालाई यसभन्दा बढी नलम्बाई यति मात्र भन्न चाहन्छु- नारानले भन्ने गरेको 'अन्तर्राष्ट्रिय' सायद सङ्गीतप्रतिको उसको व्यापक दृष्टिको द्योतक हो ।"



उनको विचित्रको स्वभाव थियो । उनी आफूले चाहेका बेला सबैसँग नजिक हुन्थे । तर, अरू सबैले चाहेका बेला उनलाई नजिक पार्न असम्भव थियो । यसको कारण उनको यही स्वभाव थियो । सुरा र यसजन्य कुरामा उनी जोसँग जति पनि जानसक्थे, स्कच र र्रामा त्यति ूलो विभेद गर्दैनथे । तर, गीत गाउने कुरामा शुद्ध बाहुनले जनै लगाएर भोजन गरेजस्तै थियो, गीतका सारा विधिविधानहरू पूरा हुनुपथ्र्यो । नारायणगोपालका सुर र सुराका बराबर साथीहरू थिए । तर, उनले सुरलाई सुरामा र सुरालाई सुरमा कहिल्यै मिसिन दिएनन् । उनको स्वरमै यस्तो मादकता थियो, श्रोताहरू उनका हरेक गीतमा लट् िन्थे, सुरको नसाले । हो, उनका केही मित्रहरू नारायणगोपालको सुरको भन्दा सुराको प्रसङ्ग कोट्याएर साखुल्य हुने कोसिस आज पनि गर्छन् तर यसले उनीहरूकै मताहपनलाई उजागर गर्छ ।



उनी कसैका गीत छनोट गर्दा सङ्गतका आधारमा होइन, गीतका गेडा र सङ्गीतको विलक्षणताका जगमा उभिएर छान्थे । हुन त उनी आफैँले चाहिँ पछिल्लोचोटि '...कहिलेकाहीँ साथीभाइले कचकच गर्छन् र मन नपरेका गीत पनि गाउनुपर्छ' भन्ने 'स्वीकारोक्ति' गरेका छन् । तर, वास्तविकताचाहिँ उनले आफ्नो मनले नखाई चाँदनी शाहको गीत पनि गाएनन् । यस कुराको पुस्ट्याइँ गर्छन्, सङ्गीतविद् रामशरण दर्नालका यी पङ्क्तिहरूले । दर्नालले भनेका छन्, "उनलाई मन पर्ने गीत पाउन बडो गाह्रो थियो । आफूले सङ्गीत दिने गीत मन नपरुन्जेल उनी सङ्गीत नै भर्दैनथे । यस विषयमा उनलाई कसैले करकाप गर्न पनि सक्दैनथ्यो ।..." उनी गीत-सङ्गीतको निर्णयमा अडिग र एकल थिए ।



'ब्लुज' मा उनले प्रयोग गरेको हरिभक्त कटुवालको गीत 'मलाई नसोध कहाँ दुख्छ घाउ' पहिलोपल्ट फोनमा कवि भूपी शेरचनलाई सुनाउँदा भूपीले यसको धुन परिवर्तन गर्न सल्लाह दिएथे । यसको संस्मरण उनकी धर्मपत्नी स्वर्गीय पेमालाले वागीना को 'नारायणगोपाल स्मृति अङ्क' मा सुनाएकी थिइन्, "उहाँ कसैलाई नयाँ गीत टेलिफोनमा सुनाउनुहुन्थ्यो भने एक जना भूपी दाइलाई मात्र । म टेलिफोनको रिसिभर समाएर बसिरहन्थेँ अनि उहाँचाहिँ हार्मोनियम बजाएर फोनमा गीत सुनाउनुहुन्थ्यो । ... त्यस दिन पनि उहाँले मलाई रिसिभर समाउन लगाएर 'मलाई नसोध' सुनाउनुभयो तर त्यो लय भूपी दाइलाई पटक्कै मन परेन, उहाँले अर्को बदल्न भन्नुभयो । पछि शान्ति टालले पनि यस लयलाई राम्रो मान्नुभएन । तर, रेकर्ड गर्दा उहाँले कसैको सल्लाह सुन्नुभएन- आपै“mलाई मन परेकै लयलाई रेकर्ड गर्नुभयो । ... उहाँ आफ्नो निर्णयमा कहिल्यै नडग्ने स्वभावको हुनुहुन्थ्यो ।" यो नारायणगोपालभित्रको समयचेत थियो र उनको यही चेतका कारण यो गीत त्यस एल्बमकै सर्वाधिक चर्चित गीत हुन पुग्यो ।



डा वानीरा गिरिका यी शब्दहरू सापटी लिएर यस प्रसङ्गको बिट मार्न चाहन्छु । उनले भनेकी छन्, "नारायणगोपालका बारेमा जुन नोटेसन प्रयोग गरे पनि त्यसबाट केवल आवाज लहराउँछ । सङ्गीत जन्मन्छ । स्वर झङ्कृत हुन्छ । त्यो आवाज, त्यो सङ्गीत, त्यो स्वरलहरीलाई नै नारायणगोपाल भने हुन्छ । विश्वचित्रमा एक स्वतन्त्र देश नेपाल अवस्थित छ । नारायणगोपाल त्यही नेपालको एक स्वतन्त्र नेपाली भएर बाँचेका छन् । नेपालको कुरा गर्दा वर्तमान कालको कुरा गरेझैँ नारायणगोपालको कुरा गर्दा पनि वर्तमानकालकै कुरा गर्दा फरक पर्दैन । उनी विगत हुनै सक्तैनन् ।"



हो, नारायणगोपाल आज आफ्नो निधनको डेढ दशकपछि पनि नेपाली सङ्गीतको वर्तमानमै छन् । आज पनि उनी त्यही उचाइमा छन्, जहाँ उनी आफ्नो जीवनकालमा थिए । र, त्यही स्नेह, मोह र श्रद्धा बटुलेर श्रोताहरूको हृदय जिती नै रहेका छन् । आज मङ्सिर १९ गते, उनको पन्ध्रौँ स्मृति दिवस, स्वरसम्राट्प्रति हार्दिक शब्द-श्रद्धाञ्जली । र, अन्त्यमा, नारायणगोपालको सुरापानको होइन, सुरपहिचान र प्रस्तुतिकलाको विलक्षणताको सिको गर्न सम्पूर्ण सुरसाधकहरूमा हार्दिक शुभेच्छा ।





तपाईंको प्रतिकृया

Raman Jee !
Please do not conclude as Nepali modern song is lagging behind as Narayan Gopal Era. Another Narayan Gopal and Gopal Yonjan are already born and they are waiting for their success in time. You need to wear another spectacles to see them instead of looking through Narayan Gopal's glass. Be optimistic. Thank you.
Kaushal, Nepal



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम