Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
ज्ञान र बुद्धि-विवेकका सन्देशहरू....... - [2005-12-05]

लालदेउसा राई/सहप्राध्यापक



राई त्रिवि, रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख हुनुहुन्छ ।



पुस्तक किन पढ्नुहुन्छ ?

ज्ञान र बुद्धि-विवेकका सन्देशहरू आफ्नो चेतनाको प्रवाहमा सदा सञ्चारित भइरहोस् भन्नका लागि ।



अहिले के पढ्दै हुनुहुन्छ ?

सिग्मन्ड प|mायडको ग्रुप साइक्लोजी एन्ड द एनालाइसिस अफ द इगो ।



पढ्नलाई कुनै निश्चित समय वा स्थान छ ?

छैन ।



मनपर्ने लेखक/कवि ?

खास नाम उल्लेख गर्न सक्दिनँ ।



सबभन्दा दोहोर्‍याएर कुन पुस्तक पढ्नुभएको छ ?

हान सुइनको द माउन्टेन इज यङ् ।



तपाईंको जीवनमा साह्रै प्रभाव पारेको पुस्तक ?

जवाहरलाल नेहरुको ग्लिम्पसेस् अफ वल्र्ड हिस्टोरी ।



एकदिन बिताउनुपर्दा कुन पुस्तक-पात्रलाई छान्नुहुन्छ ?

बालकृष्ण सम रचित चिसो चुल्हो को सन्ते ।



आवश्यकताभन्दा बढी चर्चा पाएको पुस्तक ?

सल्मान रुस्दीको सटारिक भर्सेज ।



पढेकामध्ये सबभन्दा हाँसो उ ्दो पुस्तक ?

पीजी उडहाउसका सबै पुस्तक ।



पढेकामध्ये सबभन्दा कामोत्तेजक पुस्तक ?

कामसूत्र ।



पढ्दा साह्रै अल्छी लागेको पुस्तक ?

यु क्लिड्सका थिअरम वा ज्यामेट्री ।



तपाईंलाई पढ्न मन लागेको तर नपाएका कुनै पुस्तक छन् कि ?

आरके मेर्ट्रनका सोसल थ्योरी एन्ड सोसल स्ट्रक्यर र थ्योरिटिकल सोसोलोजी ।



आफ्नो आयको कति भाग -प्रतिशत) पुस्तक खरिदमा खर्च गर्नुहुन्छ ?

वाषिर्क आयको ३.५ प्रतिशतजति ।



विश्वसाहित्यको हाराहारीमा हाम्रा कुन लेखक वा कृति छन् ?

मूल्याङ्कन गर्ने मापदण्ड थाहा छैन ।



तपाईंको विचारमा पढ्नैपर्ने केही पुस्तकहरू ?

महाभारत र त्रिपिटक ।





नेपाल साप्ताहिकबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम