Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
रेडियोमा कार्यक्रम चलाउँदा-चलाउँदै कसरी गीतकार हुनुभयो ? (प्रतिमा श्रेष् /गीतकार) - [2005-12-13]

कान्तिपुर एफएम की आरजे श्रेष् द्वारा रचित गीतहरूको एकल एल्बम फेरि तिम्रो याद आयो भर्खरै बजारमा आएको छ ।



तपाईं आरजे, रेडियोमा कार्यक्रम चलाउँदा-चलाउँदै कसरी गीतकार हुनुभयो ?



यसको रोचक प्रसङ्ग छ । मैले कान्तिपुर एफएम मा एउटा कार्यक्रम चलाउनु थियो, 'फेरि तिम्रो याद आयो' । यसमा मैले केही बोलेर यी पङ्क्ति उद्घोष गरेपछि यिनै पङ्क्ति सस्वर बज्नुपथ्र्यो । सङ्गीतकार शान्तिराम राईले एक हरफमै यति राम्रो धुन बनाउनुभयो, मैले लोभ लागेर पूरै गीत नै लेखिदिएँ ।



त्यसपछि एउटा एल्बमै कसरी तयार भयो त ?



शान्तिरामजीकै कारणले । उहाँले तिमी यति राम्रो गीत लेख्दिरहिछौ, अरू पनि लेख न भन्नुभयो । म गीत लेख्न हौसिएँ, लेख्तै गएँ । दोस्रो गीतमा राजु सिंहले सङ्गीत दिनुभयो, प्रतिष् ित गायक दीपक खरेलले गाइदिनुभयो । अनि, यसरी नै अरू-अरू गीतहरू जन्मिँदै गए र एउटा एल्बम नै तयार भयो ।



यस एल्बमका गीत कस्ता श्रोताहरूका लागि हुन् ?



सुगम सङ्गीतका हिमायतीहरूका लागि ।



श्रोताले चाहिँ कस्तो माने त ?



मजाले मन पराइ नै सके नि !



कति गीत रेकर्ड भए अहिलेसम्म ?



९० पुगिसकेछन् ।



तपाईं आरजे, आफ्नो कार्यक्रममा आफ्ना गीत पनि त मनग्य बजाउनुहुन्छ होला नि !



त्यस्तो हुँदैन । म एक जिम्मेवार आरजे पनि हुँ । कार्यक्रमको प्रसङ्गमा मेरा गीत परे भने कहिलेकाहीँ बज्छन् । नत्र म आफ्ना गीत नै बजाउन कार्यक्रम चलाउदिनँ ।



यो त सब भन्ने कुरा न हो, हैन र ?



एक जना वरिष् साहित्यकारले भन्नुभएको थियो, एउटा मास्टरले आफ्ना छोराछोरी पढाउँदैन र ? हो, यस्तै हो यो कुरा पनि । आफूले चलाएको कार्यक्रममा आफ्ना गीत बजाउनै नहुने त होइन नि !







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम