Online Nepali Literature Forum
   

Users Online : 14
| More
अक्षरको आकार:   - | +
कविता
दसैं, ब्याँज र नरपिसाचहरु (हरीहर दाहाल) - [2009-09-18]

बालीनालीहरु थन्क्याउन थाले होलान गाउँघर तिर

मकैका थाङ्राहरुले बारीका पाटाहरु सजिएका हुनन्



सुने

काकी बितेर जुठो परेछ ठुलाघरेहरुलाई

मेरो समबेदना सुनाइदिनु |

कठै!कती रोए होलान् बिछोडमा आफन्तहरु !

दसैं तिहार सुन्ने भएछ यस पटक |



लिङ्गेपिंङ र रोटेपिंङ तयारी समिती बन्यो रे

रानीबनबाट दरिला खम्बाहरु ल्याउनु

भरपर्दा पिर्काहरु बनाउनु

भाँचिन सक्छन हुईकिदा |

डोरेपिंङका पोयाहरु कसेर बनाउनु

चुडिन सक्छन मच्चिदा |



थुप्रै साथीहरु फर्किदै छन गाँउघर तिर

धेरैले हबाइजहाजको टिकाट काटी सके |

हामि नभ्याउने र नसक्नेहरु

मनलाई गाँठो पारेर बसेका छौं |

दिउसै अँध्यारो भएको छ हाम्रा मनहरुमा !



अहँ बिदा दिएन बैरिले

पुरातन संस्कार नबुझ्नेहरुको भिडमा

जन्जिरमा बाँधिएको छ खुशी

गोरु झै जोत्छन रात दिन |

बिछोडको पिडाँले -भत्भती पोल्छ मुटु !



यस पटकको चाडमा

सपनाका ब्यापारिहरु

राजधानिबाट सजिलै गाउँघर तिर झर्न सक्छन

खबरदार !

हरेक गौंडामा रोकिनु पर्छ ती नरपिसाचहरु !



हल्ला छ यता

चाडको मौका पारेर

तस्कारहरु गोरखपुर हुँदै गाउँ छिर्दै छन

होसियार! माटो टेक्लान ति भस्मासुरहरुले !

सतर्क रहुन चेलीहरु |



तथाकथित परिबर्तनका संबाहकहरु

आधुनिकताका नाममा

बिक्रितीको खेती गर्दै

नाङ्गै बस्ती छिर्न सक्छन

सँस्कार सिकाई दिनु लबस्तराहरुलाई |



अरु खै के लेखौ र !

हजुरवा र हजुरआमा सँग बिन्ती छ

अर्को साल जागिर छोडेरै भएपनी आउछु बरु

मलाई "पराधिन जिबनबाट मुक्त" हुने आशिर्बाद दिनुहोस्

मेरा नाममा जमरा र टिका सेलाई दिनु |



ठुल्दिदी र बैनीबाट माफि होस्,

मेरो नामको सयपत्रीको माला

हिफाजत गरेर राखिदिनु |

निधारमा आँशु दल्छु यो साल

अर्को पटक सप्तरङ्गी टिका लाउनु पर्छ।

परदेशी भाईलाई

"दासत्वबाट मुक्ती मिलोस्" को कामना गरिदिनु !

गुन्यिउ चोली किनी लाउनु

भाग पठाइ दिएको छु,साथीको हात |



आमा

सधैं भाग्यले ठगिएकी तिमी

बुड्यौली अनुहारमा कहिल्यै हाँसो नआउने भो !

कती जोतिन्छौ सातुचामलका लागि |

जीबन भरी गरीबी र अभाबमा बाँचेर

दसैं तिहार आउनु र जानुले

के फरक पार्छ र तिमीलाई हगी ?



ए साँच्ची

साहुको ब्याज पठाएको छु

बिन्ती छ

बाँकी साँवामा चक्रबर्ती ब्याज नलगाएस्

ब्याँज तिरेर बित्ने भो जीबन |

चुस्नेहरु कती निर्लज्ज पिउँछन रगत पनि !



हाम्रो शुभेक्षा छ

दसैं-तिहार धुमधामले मनाउनु |

गाँउलेहरु सबैलाई

परदेशीको सँझना छ भनी दिनु !

हामा नाममा

टीका र जमराले निधार ढाकेर

लिङ्गेपिंङ र रोटेपिंङमा मच्चिनु |

दही, चिउरा, केरा र सेल रोटी खाँदै

मखमली र सयपत्रीका मालाले

सर्बत्र गलाहरु भरिदिनु |





तपाईंको प्रतिकृया

good vawana....... gatilo kabita.......

Thanks for liking it Ganesh jee.

Samay saandarbhik kavita chotilo, saarthak ra utkristha chha. very much apprecisted.........thanx a lots harihar jee.....keep it up.....



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम