Online Nepali Literature Forum
   

Users Online : 10
| More
अक्षरको आकार:   - | +
कविता
तिहार खुसि साथ मनाउ है बुनु (चकेन्द्र राई) - [2009-10-14]

रंगी चङ्गी फुलहरु



थरि थरिका बत्तिहरु



सिनिक्कै सिंगारिएका घरहरु



ग्रुप ग्रुप देउसे भैलो खेल्नेहरु



कोहि रोटे पिङ र लिङ्गे पिङमा मस्तछन् ।



कोहि जुवातास र डाईसहरुमा ब्यस्तछन् ।



आज मेरो यस्तै झझल्को आखाँ भरि भरि छन् ।



अनि



पोहोर सालको मिठो यादहरु………



बुनु ! तिमिले जानी नजानी



मेरो निधारमा टिका लगाई दिएकी थियौ ।



टपरि भरी मिठो मिठो खाने कुरा दिएकी थियौ ।



सयपत्रि र मखमली फुलको माला गला भरी



लगाई दिएकी थियौ …………



हो बुनु मलाई बेहुला जस्तै बनएकी थियौ……॥



तिमी चाँहि मेरो स्वास्थ्य र दिर्घायुको लागी



भोक भोकै बसेर कामना गरेकी थियौ ।



कठोर तपस्य गरेकी थियौ…………



मेरो लागी यो भन्दा ठुलो उपाहार के हुन सक्छ र बुनु



मैले तिमीलाई एक मुठी चानचुने पैसा दिएको थिएँ ।



तिमी त्यति बेला धेरै खुसि भएकी थियौ ।



यसपालीको तिहार पनि खुसि साथ मनाउनु है बुनु ।



साथीहरु मिलेर



पिङहरु खेल्नु



देउसि भैलो खेल्नु



राम्रो राम्रो लुगा लगाउनु



मिठो मिठो खानेकुरा खानु



नांच्नु , गाउनु र पटक्क पड्कानु



दाजुहरुलाई भाई टिका लगाई दिनु



यसरि भाई टिका मनाउनु ल बुनु……॥



यसपालीको तिहारमा तिम्रो हातको



टिका लगाउन पाईन नरिसाउ है बुनु……॥



यो तिहारमा तिम्रो लागी उपासना बस्ने छु ।



तिम्रो स्वास्थ्यको लागी समृद्धिको लागी र दिर्घायुको लागी ।



म आउन नपाए पनि तिमीलाई



एक मुठी चानचुने पैसा पठाई दिएको छु ।



आमाबाबाहरु सँग दाजुहरु सँग र दिदीहरु सँग



यसपालीको तिहार खुसि सँग मनाउ है बुनु ॥











तिमीलाई मायाँ गर्ने दाजु

"कैदी"





तपाईंको प्रतिकृया

nice poem thanx.........!



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम