Online Nepali Literature Forum
   

Users Online : 10
| More
अक्षरको आकार:   - | +
कविता
एक पाना कागजसँग (सुर्य तामाङ) - [2009-10-29]

पिरतीको पोको सँगालेर राखेको थिए

तिमी आई टुक्राइदियौ

जुनबेला एक्लो हुन्थे

त्यही पोको फूकाएर हेर्र्ने गर्थे

र त्यहाँ देख्थे

म अनि मेरी मायालु

एकपटक चुम्बन गर्थे

एकपटक हाँस्थे

अनि फेरि हेर्र्थे

रित्तो कागजको पानासँग

बहुला झैँ खेलिराख्थे ।

अब त रित्तो पानापनि छैन खेल्नलाई

हेरेर रुन अनि हाँस्नलाई

उनले च्यातिन आवेशमा

महिलेपनि टुक्र्याइदिए

त्यहाँ सुरुवात थियो, ठट्टा थियो

झगडा थियो अनि गहिरो प्रेम पनि

बिचरा,

के को दोष

त्यो निर्दोष पानालाई टुक्राउनु पर्ने

अनि मैले च्यात्नु पर्ने

किन पापी भए म.....

तिमीलाई मात्र हैन मलाई पनि त

धुजाधुजा बनाएर च्यातिन्

मेरो जीवन पनि त लथालिङ्ग पारिन्

कठै तिमी,

मेरो एक्लो हुँदाको साथी

मनभरिको बह म तिमीमाथि बिसाउँथे

उनिले पनि सायद त्यस्तै गर्थिन होला

हाम्रो प्रेम झगडामा तिमीले बलिदान दियौ

तिमी टुक्रियौं च्यातियौ

फोहरको रुपमा फालियौ

उनले च्यातिन् भनेर

महिले पनि च्यात्नु हुन्नथियो

मलाई क्षमा गर

म कति क्रूर रहेछु

म कति पापी





- काभ्रे भुम्लु

हाल : दोह, कतार





तपाईंको प्रतिकृया

ekdam ramro lagyo dai keep it up
39B9

aati mann chhni poim very fantastic surya ji next kahilay ta

howpas aafulai parerai lekheko ho bhane ki fursadma kalam chalayeko.kundin yesto ghatana vayo ho?yo kabita molai pani ruwayo ho.thanx bro besh wishes..

it was geat poem keep on write more and more....the words dhuja dhuja banayera chyaten was really touch in heart....thanks

dherai ramro kavita .......surya jeeeeee ! thanx



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम