तिमीले बाटो बद्ल्यौ भने म एक्लै हुन्छु होला
तिमी बिना जीउनु परे दिन रातै रुन्छु होला ।
तिम्रै न्यानो साथ पाउदा अझ धेरै बाचु लाग्छ
तिम्रो मन बसाई सरे मेरो सपना माटो हुन्छ
हाम्रो नाता टुट्यो भने पागल सरी बन्छु होला
बेसहारा भै जीउनु परे पीरै पीरले जल्छु होला ।
मेरो खुशी मेरो साहास बाच्ने आधार पनि तिमी
मलाई छाडी भाग्यौ भने सक्दिन म जीउन पनि
तिम्रो साथ खोज्दा खोज्दै बेहोस भै ढल्छु होला
तिमी पराई भयौ भने विष पिएर मर्छु होला ।।
तपाईंको प्रतिकृया
तारा जी, केदार जी कमेन्टको लागि धन्यवाद । मायामा नै त अडेको छ नि यो संसार होइन र? त्यसैले चोखो मायाको लागि आफ्नो ज्यानको बलिदान दिनु सकिन्छ भन्ने मेरो मान्याता हो । तारा जीको कमेन्ट बुझिन खै के भन्नु भयको थियो कुन्नि?
हाहा तपाइपनी जाबो ?उटीका लागि ?ती साहारो गर?ने हत?तेरिका नेपालमा केटीहर?को सख?या धेरै भ?र ?कजना केटा लाई ५ जना सममा भित?र?यौन प?ग?छ रे भनेपछि अब बिश खाना छोडेर अरको खोज?ने प?र?यास गर?न? होला यदि उसले पराइहातको सिन?द?र लगाइन भने ....anyway the poem is i like ..keep it up ...............
geet mitho chha tara bish vane piiunu hunna buwan ji. email garnu hola