Online Nepali Literature Forum
   

Users Online : 10
| More
अक्षरको आकार:   - | +
कविता
होली: हाम्रो मस्तको चाहाड (अनन्तगोपाल रिसाल) - [2010-02-27]

बसन्तको चाड आहा,बसन्तनै जस्तो!

खेलुँ-खेलुँ,हेरुँ-हेरुँ,लाग्छ किन यस्तो?

बुढा-बुढी,केटा-केटी,तन्नेरीको चर्को!

होली भन्ने रमाइलो,चाड हामी-हरुको!



साथीभाई मिली खेल्दा पानी चिसियो,

खानेपानी छैन बरै!फोहोर मिसियो!

लोला-रँग हाल्दा सोच,दिल नघोचोस्!

अनूशासन् भित्र बस,दुख नपरोस्!







रंगीएका,भिजिएका,रँग-अँग भरी!

आपसमा प्रेम-वार्ता,दिल-खुस गरी

प्रक्रितीको मिठाशमा,शान्ति वरिपरि!

केटा-केटी उफ्रन्छन् र हाँस्छन् मरीमरी!



हुरी चल्छ चैत झरी,मन्द-बैशाखमा!

मौसमले होली खेल्छ,घर आँगनमा!

तेरो-मेरो छैन त्यहाँ,फुल्छन् साना फूल!

माहुरीले मह काड्छ,पूतलीको हूल!







आपसको रीस-राग हटी जाने होकी?

राजनीति,धर्मनीति सबै मिल्ने छ की?

देशै यौटा मँगलमा जान्छ होली खेली,

मुस्कुराँउछन् हिमाल त,लच्की नदी-वेली!



खेतिपाती उब्जनीको,शुरु हुन्छ वेग,

डाँडा-पाखा सँगीतले गुँजने छ भेग!

मस्ती मस्ती फाँटमा छ,धन्य वशुन्धरा!

उल्लाश र उमँगले नाच्छन् गरै-गरा!







नदि-नाला तन्नेरी झैँ मस्की,मस्की बोल्छन्!

अर्ध-नग्न,लाजै-मारी हिमाल-चोली खोल्छन्!

पहाडमा झर्ना-झरी सुस्काउन थाल्छन्,

बसन्तमा देव-देवी सिँन्दूर्-टीका हाल्छन्!







रुख-हरु नाङैँ नाँगा,लाजै छैन हेर!

दुइचार मैना लूगा हेर्छन्,फेर्छन् उत्निखेर!

धान-बाला लहलह खेत सुत्केरी झैँ,

अनाज र अन्न पस्की,ढल्छन् बरी लै!



प्रेम-लीला,माधुर्यता परम्परा गाथा!

नेपाल र नेपालीको,अमूल्य छ नाता!

ईश्वरीय देवभुमी प्रक्रितिको साथ,

बुद्ध-हाम्रो मुटुभित्र-शिव हाम्रो माथ!



धर्ती पनि होली खेल्छे गर्मी-वर्षा-हिँउ,

जाडो निक्कै कठाँग्रिने,तूसारो नै दिउँ?

पानी पर्छ नरोकिने, कैले?मीठो घाम,

फुमि-फिरी नथाक्ने यो धर्ती चारै-धाम!



भावना र आत्मियता समाजमा आउन्,

मुलुकमा शान्ति-प्रेम,विकाशले छाउन्!

स्वस्थ-रँग,सुरक्षा र शिक्षा अब जागुन्,

अन्ध-अज्ञान्,अविश्वाश,डाँडा-काटी भागुन्!







रँगै-रँग,छाउँ हामी,दिल-खुशी-ज्योति!

बत्ती-बालौँ झल-मल्ल घर-दैलो पोती!

जन-जाति,तेरो मेरो,किन तानातान?

जाति मान्छे छान तिमी,बन भाग्यवान!



शुद्ध-मन्त्र शान्ति हाम्रो,अशुरको नाश

आत्म-शुद्धी सँस्कारले गरी रहोश् बाश!

विलाशको जीवनमा-सेवा भाव आओश्,

बाडी-चुँडी,नियममा,प्रेम भाव छावोस्!



दैवी-होली खेलेका छौँ,ईस्वरीय-लीला,

सत्व-रज-तम मिल्यो,मान्छे रुप-चोला!

दुई-चार दिन रमाईलो,बोकी थोत्रो झोला!

हिमाल्-बाट समुद्रमा बग्यौँ खोलै-खोला!



रँगी-विरँगी होली खेल्छ्न् साधा-निष्ठ-त्यागी!

समताको बाटो उस्को सत्य-शान्त-योगी!

आकाशैले होली खेल्छ तारा खस्छन् कैले!

व्रह्माण्डै यो घट्ने-बढ्ने,पुग्ने को हो पैले?







कालो-सेतो-खैरो रँग खेल्दै छौँ है हामी,

सँसारमै समानता,देखौँ,बनौँ,ज्ञानी!

गरीव र धनी-रँग,सबै एक हो कि?

उदारले बाचौँ अब धन-मन खोली!







होली खेल्छन् कोही लूगा,गेरु-स्वेतधारी!

कोही रौँ-का होली खेल्छन्,फाल्छन्,पाल्छन् दारी!

चट्ट,सारी टाईट-जिन्स -मा सोल्टिनीको कूर्था!

मौसम-मौसमका फरक् नाना,पुग्यो-लायो-फिर्ता!







झण्डाको कोही होली खेल्छन् पार्टी घेर्छन् कोही!

छेपारो झैँ कुरा फेर्छन्,देख्ने-हाँसो-गोही!

जनताको होली खेल्छन्,दानवै झैँ त्राश!

मूसो जस्तो धुत्ने-चोरी,पर्दा छैन आश!







नैतिक-को होली खेल्छन्?धर्म-अर्थ गुरु!

राजनीति योटै-आँखा भन्छन् अन्धाहरु!

आफैँ-खाँउ,आफैँ-लाँउ स्वार्थी रोग लाग्यो!

सँयम र चरित्रता किन पाखा लाग्यो?



धर्मै गर्ने गुरु पनि छ्यापाछाप गर्छन्,

म नै ठूलो-मेरै राम्रो,किन होला भन्छन्?

अर्थ-गुरु,शिक्षा-गुरु डा.-मै हाँ हाँ गर्छन्!

शिँह,गिद्ध,ब्वाँसो जस्तै, डाँकु-चोरी गर्छन्!



कु-शिक्षा र सँपत्ती चैँ,सूचनाले खायो!

सज्जनको-सँस्कारको,कसले गुण गायो?

बाबु-नानी खेलुन्,पढुन्-हाम्रै आँगनमा!

पिचकारी,पुस्ठकारी मिठो भावनामा!



वासनाको होली खेल्छन्,बुज्रुकहरु पनि!

आउने-जाने चौरासी यो छैन केही भनि!

प्रकृति र पुरुषमा देखि,बुझि,जानी!

तप,साधनामा रत,सद्गुरु ज्ञानी!



ढुँगा किन मूर्ति बन्छ?रुप-सीप खोली!

जडलाई चैत्यन्नता दिन्छ कला-होली!

भावना जो बस्दै जान्छ,संस्कारको विज!

पहाडको ढुँगा पनि-बन्छ देव,जीव!



सन्देश यो आँफैलाई,भोलि-हिजो-आज,

हिमालमा पग्ल्यो-पानी,समुद्रमा छाल!

गरिबीले रँगिएको सँस्क्रितीको गर्व!

सौगात यो विश्वलाई,हाम्रो होली पर्व !








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम