Online Nepali Literature Forum
   

Users Online : 13
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
सात हाइकु (ऋषि बस्ताकोटी) - [2010-03-29]

१. देशको माया

नबिर्सेको कथा हो

प्रबसीलाई !



२. फेरिन्छ र के

नानीसंगै बानी त

पानी फेरे नि' !



३. आंखैमा देखें

तिम्रो मनको व्यथा

बादल जस्तै !



४. पात झर्दैमा

सुक्य रुख नठान्नु

फूल फुल्छ कि !



५. तिम्रो आँखामा

मलाई त देखिन

डेरा सर्यौ कि !



६. शहिद खेति

कौवालाई टौवा भो

दुनिया फेर्नु !



७. छारेकै उम्र्यो

अनौठो के भयो र

छर्न नजान्दा !







- लायन्स गेट हस्पिटल, नर्थ भ्यानकुभर

२७ मार्च ,२०१०





तपाईंको प्रतिकृया

मिठा लागे
मलाई पनि
तपाईंको हाइकु!



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम