Online Nepali Literature Forum
   

Users Online : 12
| More
अक्षरको आकार:   - | +
विचार, लेख
'काछुप-गजल':प्रस्तावित नयाँ ढाँचाको गजल लेखन - - [2010-05-21]

'काछुप-गजल':यो एउटा सोच, खोज, बिचार, ....समर्थन असमर्थन तपाँइको जिम्मामा...
यसलाई काछुप-गजल किन को सन्दर्भ:

... संरचनात्मक ढाँचाले यो गजलमा शुरुको हरफमा एउटा मात्र काफिया (पुर्ण) लेखिएको हुन्छ र बाकी काफिया सबै लुकाइएका हुन्छन वा काफियाको ठाउँमा ब्ल्यांक स्पेश वा काफियाको पहिलो अक्षर पाठकलाइ सजिलोको लागी राखिएको हुन्छ। काफिया लुकाइएको कारणले नै का=काफिया, छुप=छुपाइएको भन्न खोजिएको हो । सम्मपुर्ण रुपले गजल नै आयातित वा गजलका हरेक अंगहरु अरवी हिन्दी उर्दु बाट लिइएको हुँदा 'छुप' आयातित शब्द समायोजन गर्न खोजिएको छ।

काछुप-गजल को प्रकृती:
...गजल गाउन र बाचन गर्नको लागी मात्र होईन, पढ्नको लागी पनि हो। हामीले लेखेका सबै गजल हरु वाचन गर्न र गाउन कै लागी लेखिएका छैनन् यी पत्रपत्रिकामा पब्लिश हुन्छन, पाठक द्धारा पढिन्छन।यो गजल पढ्य मात्र हो त्यो पनि मनमनै, वाचन गर्न र गाउनको लागी होईन, यसमा सबै काफिया नै नलेखिने हुनाले वाचन गर्नु र गाउनु संभबै छैन।

काछुप-गजल को उपयोगीता:
...सर्ब प्रथम त यसले पाठकलाइ एउटा चुनौति दिन्छ बाँकि काफिया आफैं पत्तालगाउने। यसले अलिकति पाठकलाइ बौद्धिक अभ्यासको फाइदा को अपेक्षा गर्न सकिन्छ। र कुनै ठाउँमा ब्याबहारिक भएर हेर्दा, कतिपय शब्दहरु हामी समय, ठाउ, वाताबरण, परिस्थीती अनुसार स्वतन्त्रताका साथ प्रयोग गर्न सक्दैनौ भने उहि शब्द अनुकुल ठाउँमा मज्जाले निर्धक्क बोलीरहेका हुन्छौं, जस्तो की केहि अश्लिल शब्दहरु, हाम्रा गुप्तांगका नामहरु। र यी शब्दहरु हामीलाइ कुनै पाठशालामा सिकाइएका हुँदैनौ न त अभिभावक बाट नै तर आफैं सिक्छौं। जुन शब्दहरु हामीले र्सार्बजनकि रुपमा लेख्न र बोल्न हाम्रो नैतिकताले दिदैन। त्यस्ता शब्दहरु सिधै लेख्दा अशोभनिय देखिन्छन त्यसैले यी शब्दहरुलाइ यसरी लुकाएर काछुप-गजल मा प्रयोग गर्न सकिन्छ,।

प्रस्तुत छ उदाहरण स्वरुप एक काछुप-गजल :

काछुप-गजल

ऋषि म त प्रेमको मेरो, भत्काइदिईन कुटी उनले
त्यतिले नि नभएर, त्यहि हगी .... उनले

पबित्र त्यो आँगन थियो, उस्तै राखें उनलाइ पनि
आज सुन्छु उत्तिखेरै, कति संग .... उनले

मेरो कुटी भत्काउँदा, घुर्की लाएँ मैले पनि
सरम बेगर उघारेर, देखाई दिइन .... उनले

तिमी बिना मर्छु भन्थी, चोखो दिलले राम्रै साचें
त्यहि फाइदा उठाएर, लुट्न सम्म .... उनले

अथवा यसरि काफियाको पहिलो अक्षर उल्लेख गर्न सकिन्छ

ऋषि म त प्रेमको मेरो, भत्काइदिईन कुटी उनले
त्यतिले नि नभएर, त्यहि हगी, मु... उनले

पबित्र त्यो आँगन थियो, उस्तै राखें उनलाइ पनि
आज सुन्छु उत्तिखेरै, कति संग सु... उनले

मेरो कुटी भत्काउँदा, घुर्की लाएँ मैले पनि
सरम बेगर उघारेर, देखाई दिइन पू...उनले

तिमी बिना मर्छु भन्थी, चोखो दिलले राम्रै साचें
त्यहि फाइदा उठाएर, लुट्न सम्म लु...उनले

गजलप्रेमी मित्रहरु मैले गजल लाई अपमान गरेको नठान्नु होला, म पनि गजल लाइ अति नै माया गर्छु। र मेरो नैतिकता माथी शंका गर्नु भएमा त्यो मेरो दुर्भाग्य हुनेछ। समग्रमा यो एउटा सोच हो, खोज हो बिचार हो बश।

****तपाँइहरुमा पर्न गएको अप्ठ्यारोपनाको लागी हदैसम्म क्षमा प्रार्थी छु।*****


- परिहास





तपाईंको प्रतिकृया

B4 sahi 6 sir.tara herau prayogatmak rupma....

ramro lagyo prastav,tara ajha kehi udaharan dinu vayeko vaye ajha spasta hunethiyo ki

Tapai-ko prastab anusar pathak-le Kafiya rakhna paune hunale ekai Gazal pani Kafiya anusar dherai Gazal banne chhan, tara tapai-le namuna-ko lagi dinu bhayeko Gazal-ko dosro (second) Ser-ma Kafiya SUTI UNLE grammer-ko hisab-le asudda hunchha. Testai gari chautho (forth) Ser-ma pani LUTI UNLE kafiya assudda hunchha. Gazal-ma saundrayata, saralta, geyakmta mahattopurna hunchha. Tapai-ko namuna gazal-ma yi kura-haru-ko abhav chha.
Dibya Giri

बिषय एक्दमै गहन छ। खुशी लाग्यो गजलको तपाईंको नयाँ शोचका लागि, मेरो बाट पूर्ण समर्थन छ्, किनकी यस गजलमा साधारण गजलमा ब्याक्त गर्न नसकियका शब्दहरु प्रस्तुत गर्न पाइने रहेछ। नयाँ शोचका लागि धन्यवाद।।

RAMRO LAGYO



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम