कास्की हेम्जाकोट, २४ जेठ
ढुङ्गै ढुङ्गाले बनेका घर । वाटोमा पनि ढुङ्गै छापिएको । घरधुरी जम्मा ८५ । कास्कीको उत्तरी भेग धिताला गाविस वडा नं। ७ मा रहेको हेम्जाकोट गाउँको चिनारी हो यो । जम्मा घरधुरीमध्ये ३५ घर गुरुङका छन् भने बाँकी कामिदमाइब्राह्मणहरुका छन् । पर्यटनको निकै संभावना बोकेको यो गाउँ पोखरादेखि नजिकै रहेको भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
समुद्री सहतहदेखि झण्डै १ हजार २ सय मिटर उचाईमा रहेको यो गाउँमा पर्यटकलाई स्वागत गर्न त्यहाँका युवा क्लब आमा समूहबाबा समूह मात्र हैन धिताल पर्यटन विकास समितिका सदस्यहरु सँधै तम्तयार रहेका हुँन्छन् । उनीहरु हेम्जाकोट घुम्न जाने जो कोहीलाई पनि होमस्टेको अवधारण पारिवारिक मायाँ दिएर बसाउने गरेका छन् ।
पाहुना आउने वित्तिकै यहाँका युवा र आमा समूहका सदस्य स्वागत गर्न सँधै तयार हुन्छन् हेम्जाकोटमा सबैभन्दा पहिले होमस्टेको अवधारण अनुसार पर्यटका राख्न सुरु गरेको स्थानीय ईश्वर गुरुङ भन्छन्ुयो हेम्जाकोट गाउँको विशेषता हो । करिब ७ वर्ष वैदेशिक रोजगारीमा समय विताएका उनी कुशल ट्रेकिङ्ग गाइड पनि हुन् ।
ट्रेकिङ्गका बेला विभिन्न स्थानमा पुग्दा होमस्टेको बारेमा जानकरी पाएका ईश्वरले त्यही अवधारणालाइ पहिलोपटक हेम्जाकोटमा एकल रुपमा िवं सं।२०६५ सालमा भित्र्याएको बताए । हेम्जाको जाने पाहुनालाई स्व्ागत गर्न त्यहाँका युवा युवतिआमा समूहबाबा समूह धिताल पर्यटन विकास समितिका सदस्यहरु म्ात्र हैन उमेरले नेटो काटीसकेका बुढाबुढी र भर्खरका केटाकेटी पनि थालीमा अविरहात हातमा माला र खादा ल्याएर गाउँको पुछारामा आईपुगेका हुन्छन् । त्यति मात्र हैन उनीहरु जसरी स्वागत गर्छन् त्यसरी नै बाजागाजा बजाउँदै पाहुनलाइ विदाई गर्न पनि त्यही गाउँको पुछारसम्म पुग्छन् । पहिलो पटक हेम्जाकोट पुगेका कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोइरालाले त्यहाँका गाउँलेहरुले गरॆको अतिथिहरुको सत्कारलाइ निकै प्रशंसा गरे । हेम्जाकोटको अतिथि सत्कार देखेर म दंग परेको छुउनले भनेुपारिवारिक मायाँ र सद्भावका साथ बसाउनुका साथै गाउँमै उब्जेका खाने कुरा खान पाउँदा म निकै खुसी भएको छु ।
गाउँमा पुगेका पाहुनाहरुलाइ स्थानीय वासिन्दाले होमस्टेको अवधारण अनुसार भागबण्डा गरेर आआफ्नो घरमा लैजाने गरेका छन् । त्यहाँ पुग्ने पाहुनाले सेलरोटीभटमासलोकल कुखुरागुन्द्रुक हरियो सागसब्जी लगायतका परिकारहरु मजाले खान पाउँछन् ।
साँझाको समयमा गाउँमा पुगेका पाहुनालाइ विभिन्न साँस्कृतिक कार्यक्रम गरेर मनोराजन प्रदान गर्ने उनीहरुको विशेषता बनेको छ ।
६० औं अन्नपूर्ण दिवसको अवसर पारेर हम्जाकॊ पुगेकी ट्रेकिङ्ग एजेन्सी एशोसियन नेपाल पोखराका कार्यबहाक अध्यक्ष सोम थापामगरले गाउँले प्रशस्त ग्रामिण पर्यटनको संभावना बोकेको भए पनि न्यूनतम पूर्वाधारहरु निर्माण गर्नुपर्ने सुझाव दिए । उनले सबै घरहरुमा शौचालय निर्माणगाउँको सरसफाईमा ध्यान दिएमा हेम्जाकोटमा पर्यटक भित्रने संभावना धेरै भएको बताए । होमस्टे भने पनि पाहनालाइ आरामदायी तरिककाले राख्ने थोरै घर छन्सरसफाइलाइ अझै महत्व दिनुपर्छुउनले भने ।
हेम्जाकोट जान पोखराबाट करिब १५ मिनेको बस अथवा अन्य सवारी साधनबाट यात्रा गरेपछि हेम्जाको फेदि पुगीन्छ । फेदिबाट करिब ३० मिनेटमा मोटरसाईकलमा हेम्जाकोट पुग्न सकिन्छ भने हिड्ने रहर गर्नेहरु एक घण्टादेखि सवा एक घण्टाको उकोलो हिडेपछि हेम्जाकोट पुगिन्छ । त्यहाँबाट आँखै अगाडी माछापुछ्रे अन्नपूर्णहिमचुली लगायतका हिमश्रृङ्खला देख्न सकिने हुँदा पर्यटकहरु आनन्दित हुने गरेका छन् ।
धिताल पर्यटन विका समितिका अध्यक्ष छविरमण पौडेलले धिताल गाविसका सम्पूर्ण वडाहरुले उत्तिकै पर्यटकिय संभावना बॊकेको दावी गर्दै एक पटक धितालका गाउँहरुमा पुगिदिन आग्रह गरे । आमा समूहकी सदस्य उमा गुरुङले प्रचार प्रसारको अभावमा हेम्जाकोट गाउँ अझेलमा परेको गुनसो गर्दै प्रचारमा सहयोग गरिदिन आग्रह गरिन् । विदेशी पर्यटकहरु उल्लेख्य मात्रमा हेम्जाकोटमा पुग्ने गरे पनि आन्तरिक पर्यटकहरु भने खासै जाने गरेका छैनन् ।
फोटो क्याप्पसन
१. हेम्जाकोट पुगेका पर्यटकलाई स्वागत गाउँको पुछारमा अविर र खाद लिएर लामबद्ध स्थानीयवासीहरु: तस्वीर भूपाल गुरुङ
तपाईंको प्रतिकृया
nice thanks ho